खराब पृष्ठभूमि र चरित्र भएका पात्र, जग्गा दलाल, कालोबजारी र भ्रष्टहरु पैसाको आडमा इमान्दार र पुराना कार्यकर्ताहरुमाथि हावी भईरहेका छन् ।
पोखरा, २६ असार । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले २०७९ मंसिरको चुनावमा अन्तरघात गरेको आरोपमा कास्कीका ३ जना नेतालाई कारवाही गरेको छ । २१ सय जनामाथि कारवाहीको उजुरी परेकोमा देशभरिमा १८ जनामाथि नियोजित रुपमा प्रतिशोध साँध्ने काम भएको काँग्रेस कार्यकर्ताहरुले आरोप लगाएका छन् ।
गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, नेपाली काँग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसी र पोखरा वडा नं. ९ का वडासदस्य भावना श्रेष्ठलाई अन्तरघातको आरोप लगाउँदैं समितिले कारवाही गरेको हो । २०८४ को चुनाव नजिकिँदैं गर्दा आफ्ना नेता तथा कार्यकर्तालाई सचेत गराउँदैं अघि बढ्नु पर्ने बेलामा उल्टै कारवाहीको डण्डा चलाएर कांग्रेसले आफ्नै घुँडामाथि बञ्चरो हान्ने काम गरेको छ ।
२१ सय जनामाथि कारवाहीको उजुरी परेकोमा देशभरिमा १८ जनामाथि नियोजित रुपमा प्रतिशोध साँध्ने काम भएको काँग्रेस कार्यकर्ताहरुले आरोप लगाएका छन् ।
पूर्वमन्त्री खड्कालाई एक वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निस्काशित गरेको छ । त्यसैगरी निवर्तमान सभापति केसीलाई ३ महिना र वडा नं. ९ की सदस्य श्रेष्ठलाई ६ महिनाका लागि निलम्बन गरिएको हो । वडासदस्य श्रेष्ठमाथि अनेकन् षडयन्त्र गरेका जग्गा कारोबारी थापाको गिरोहले तत्कालिन समयमा उल्टै कुटपिट गर्दै तर्साउँदैं धम्क्याएका थिए । एकजना महिला नैं प्रयोग गरेर आर्थिक अनियमितताको विषयमा समेत फसाउन सफल भएका थापाकाजीको समूहले पैसाको बलमा अन्ततः कारवाही समेत गराई छाडे ।
२०८४ को चुनाव नजिकिँदैं गर्दा आफ्ना नेता तथा कार्यकर्तालाई सचेत गराउँदैं अघि बढ्नु पर्ने बेलामा उल्टै कारवाहीको डण्डा चलाएर कांग्रेसले आफ्नै घुँडामाथि बञ्चरो हान्ने काम गरेको छ ।
जग्गा कारोबारी तथा नवप्रवेशी व्यापारी विन्दुकुमार थापालाई चुनावमा असहयोग गरेको भन्दैं पूर्वमन्त्री खड्का र वडा नं. ९ की सदस्य श्रेष्ठमाथि उजुरी परेको थियो । त्यसैगरी काँग्रेसका निवर्तमान सभापति केसीलाई पार्टी सभापति किशोरदत्त बराललाई असहयोग गरेको आरोप लागेको थियो ।
निवर्तमान सभापति केसी कास्की क्षेत्र नम्बर १ मा टिकटको आकांक्षी थिए । तर उनलाई उछिन्दै कास्की जिल्ल सभापति किशोरदत्त बरालले टिकट ल्याएपछि उनलाई हराउन सक्रिय भएको आरोप केसीमाथि थियो ।
निष्ठावान कार्यकर्ताको बेवास्ता, नवप्रवेशी जग्गादलालहरुलाई प्राथमिकता—गम्भीर राजनीतिक नोक्सानीको संकेत !
कास्की–१ मा केसीले असहयोग गरेको भन्दै आयोगमा उजुरी परेको थियो । निलम्वनमा परेपछि केसीले सामाजिक सञ्जालमार्फत खण्डन गरेका छन् । उनले आफू निरन्तर जनताको सेवामा लागिरहेको बताउँदै अब २०८४ को चुनावमा भेट हुने उल्लेख गरेका छन् ।
‘म जहाँ रहे पनि कास्की जिल्लाको सामाजिक विकास र राजनीतिमा रहने नै छु । मैदान छाडेर भाग्ने छैन । जो जसले म पार्टीमा नरहँदा आफु सुरक्षित ठान्नु भएको छ उहाँहरुसंँग ०८४ मा भेटौला,’ केसीले सामाजिक सञ्जाल फेसबुकमै लेखेका छन् ।
कास्कीमा कारवाहीमा परेका नेताहरु कार्यकर्ताहरुमाझ लोकप्रिय र प्रभावशाली व्यक्तिहरु हुन् । जसले गर्दा आगामी निर्वाचनमा यसको प्रत्यक्ष मार नेपाली काँग्रेसलाई नैं पर्ने निश्चित छ ।
यतिबेला कास्की काँग्रेस यस्तै हर्कत र जालझेलका कारण कमजोर बन्दैं गईरहेको छ । खराब पृष्ठभूमि र चरित्र भएका पात्र, जग्गा दलाल, कालोबजारी र भ्रष्टहरु पैसाको आडमा इमान्दार र पुराना कार्यकर्ताहरुमाथि हावी भईरहेका छन् । जसले गर्दा कार्यकर्ताहरुमा निराशा र पार्टीप्रति नैं वितृष्णा बढ्दै गईरहेको देखिन्छ ।
कास्कीमा कारवाहीमा परेका नेताहरु कार्यकर्ताहरुमाझ लोकप्रिय र प्रभावशाली व्यक्तिहरु हुन् । जसले गर्दा आगामी निर्वाचनमा यसको प्रत्यक्ष मार नेपाली काँग्रेसलाई नैं पर्ने निश्चित छ । पार्टी सिद्धान्त र कार्यकर्ताको योगदानभन्दा बढी पैसा र पहुँचलाई प्राथमिकतामा राख्दा नेपाली कांग्रेस ठूलो राजनीतिक नोक्सानीतर्फ उन्मुख भएको देखिन्छ ।
पूर्वसभापति केसीको आक्रोश
केसीले पार्टीभित्रको चरम गुटबन्दी र पूर्वाग्रहले आफूहरूलाई मात्र निशाना बनाइएको गुनासो गरे। उनको भनाइमा, “२१०० उजुरीहरुमध्ये हामीमात्र कारबाहीमा पर्यौं। पार्टी सुदृढ होइन, कमजोर बनाउने प्रयास भयो।”
उनले आफ्नो दीर्घ संघर्ष र बलिदान स्मरण गर्दै भने, “२०३६ देखि आन्दोलनमा छु, २०५६ मा माओवादीले खुट्टा भाँचिदियो, राजा ज्ञानेन्द्रको कालमा जेल बसें। आज पार्टीमा बोल्दा सजाय पाइयो।”
पार्टीको क्रियाशील सदस्यबाट ६ महिनाका लागि निलम्बनमा परेका केसीले २१०० उजुरीहरुमध्ये आफूहरूलाई मात्र कारबाही गरिएको भन्दै यो निर्णयमा चरम गुटबन्दी र पूर्वाग्रहको झल्को देखिएको आरोप लगाए।
“पार्टीभित्र चरम गुटबन्दीको पराकाष्ठा देखियो। यो कारबाहीले कांग्रेसलाई बलियो बनाउने होइन, अझै कमजोर बनाउने काम गर्यो,” उनले टिप्पणी गरे।
उनको भनाइ अनुसार, निर्वाचनका बेला उठाएका प्रश्नका कारण कारबाही गरिएको हो। २०७९ को आम निर्वाचनमा केसीमाथि कास्की–१ का उम्मेदवार किशोरदत्त बरालविरुद्ध मत मागेको आरोप छ। तर केसी भन्छन् -“हाम्रो उम्मेदवारले गठबन्धन विपरीत एमालेसँग मत साटासाटको रणनीति बनाएको सुनियो। गठबन्धनमा बेइमानी नगरौं भनेको हो। यति भन्दामात्र कारबाही हो भने फेरि पनि भन्छु।”
बराल उक्त निर्वाचनमा पराजित भएका थिए भने एमालेका मनबहादुर गुरूङ विजयी भएका थिए। त्यसपछि बरालले अन्तर्घातको उजुरी दिएका थिए। राजनीतिक जीवनभर कुनै नेताको चाकडी नगरेको दाबी गर्दै केसीले आगामी निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदवार बन्ने घोषणा गरे।
“अब म स्वतन्त्र नागरिक हुँ। २०८४ को चुनावमा मैदानमा हुन्छु। कोही नेता आएर जितेर देखाओस्,” उनले चुनौती दिए। “पार्टी नेतृत्व भन्दैमा जसलाई जतिखेर जे मन लाग्यो, त्यही गरेर हुर्मत लिन्छ। स्वाभिमान भन्ने कुरा छैन। म कहाँ चुकेँ, आँखा जुधाएर भनून्।”
उनले कारबाही फुकुवाका लागि कुनै नेताको शरणमा नजाने बताए। “नेता जे भन्छ मान्नुपर्ने हो भने कारबाही हुन्थेन। तर मैले देखेको, भोगेको कुरा भन्न छोड्दिन,” उनको भनाइ थियो।
कांग्रेस नेतृ भावना श्रेष्ठको आरोप :
६ महिना निलम्बनमा परेकी भावना श्रेष्ठले आफू गण्डकीका भौतिक मन्त्री कुमार खड्काको स्वकीय सचिव भएकै कारण विन्दुकुमार थापाको निशानामा परेको आरोप लगाइन्।
“थापाका छोराले मलाई धम्की दिए, पद खोस्ने चेतावनीसमेत दिए,” उनले भनिन्।
पोखरा महानगर–९ बाट वडा सदस्यसमेत रहेकी श्रेष्ठ १५ वर्षदेखि सक्रिय कांग्रेस नेतृ हुन्। कारबाहीबाट विचलित नभएको भन्दै भनिन्, “केहीको स्वार्थमा कारबाही भयो, तर म झन् सशक्त हुनेछु।”
पूर्वमन्त्री खड्काको राजनीतिक आरोह/अवरोहः
२०७४ मा अखण्ड नेपाल पार्टीलाई कांग्रेसमा विलय गराएका खड्का शेरबहादुर देउवाको पक्षधर मानिन्थे। एमालेको सरकार ढालेर कांग्रेस नेतृत्वको गण्डकी सरकारमा मन्त्री बने, तर पछि आफ्नै पार्टीका उम्मेदवार विन्दुकुमार थापालाई हराउन लागेको आरोपमा मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले बर्खास्त गरेका थिए।
कास्की–२ (ख) मा टिकट नपाएपछि असन्तुष्ट बनेका खड्काले चुनावमा विरोध गरेको भन्दै अनुशासनको कारबाहीमा परेका हुन् । पैसाका भरमा कांग्रेसको राजनीतिमा हावी भएका नवप्रवेशी जग्गाकारोबारी, विचौंलिया र भ्रष्टहरुले देशव्यापी रुपमा नैं कांग्रेस पार्टीलाई यसरी नै खोक्रो बनाईरहेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा पक्षकै नेता मानिने खड्का र जग्गा कारोबारीको पृष्ठभूमिबाट सांसद हुँदै मन्त्री बनेका विन्दुकुमार थापाबीच सुरुदेखि टक्कर थियो । उनै थापालाई असहयोग गरेको भन्दै १ वर्षका लागि पार्टीको साधारण सदस्यबाट समेत निस्काशनमा परेका खड्का पछिल्लो समय सक्रिय राजनीतिमा थिएनन् भने सार्वजनिक मञ्चहरुमा समेत कम देखिन्थे ।
पैसाको बलमा टिकट ल्याएर राजनीतिमा सटकट बाटोबाट उदाएका व्यापारीहरु भोलि कुरा नमिल्दा अर्को पार्टीमा यसरी नैं पैसा बुझाएर जाने निश्चित छ । पोखरा कैं सन्दर्भमा भन्ने हो भने भित्रभित्रैं नवप्रवेशी नेता विन्दु थापा मेयरको टिकटका लागि काँग्रेस र एमाले दुवैसँग समानान्तर वार्गेनिङमा रहेको चर्चा छ ।
केन्द्रीय अनुशासन आयोगले कारबाही गरेको पत्र आफूलाई ‘सरप्राइज’ भएको खड्काले प्रतिक्रिया दिए । ‘अनुशासन आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले पार्टीबाट निस्काशन गरिएको पत्र ह्वाट्सअपमा आइपुगेको छ,’ खड्काले भने, ‘मेरो दोष के हो, गल्ती के हो भन्ने केही पनि जानकारी छैन । प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारलाई असहयोग गरिएको भनिएको छ । यो पत्रले म आफैं सरप्राइज भएँ ।’
१/२ जनाको रहरले, भोलिको प्रतिस्पर्धाको डरले आफूलाई निस्काशित गरिएको खड्काको प्रतिक्रिया छ । निस्काशित नै गरिन्छ भनेर आफूले १ प्रतिशत पनि कल्पना नगरेको उनको भनाइ थियो ।
नेविसंघको विद्यार्थी राजनीति गरेर विदेशिएका नेता खड्का युरोप बसेर फर्किए पछि जातीय राज्यको विरोधमा खस–क्षेत्री एकता आन्दोलन सुरु गरे । उनले स्थापना गरेको अखण्ड नेपाल पार्टीबाट प्रचण्ड सरकारमा मन्त्री बनेका थिए । भाषणबाज नेताका रूपमा चिनिने खड्का पछिल्लो समय भने सक्रिय राजनीतिबाट टाढै थिए । विपक्षीहरुका लागि फलामको चिउरा चपाए सरी वाककलामा आछुआछु पार्ने नेता खड्कालाई काँग्रेसले यसरी पन्छाउनु पार्टीकैं लागि घातक निर्णय भएको कार्यकर्ताहरु बताउँछन् ।
विपक्षीहरुका लागि फलामको चिउरा चपाए सरी वाककलामा आछुआछु पार्ने नेता खड्कालाई काँग्रेसले यसरी पन्छाउनु पार्टीकैं लागि घातक निर्णय भएको कार्यकर्ताहरु बताउँछन् ।
पछिल्ला दिनमा राजनीतिमा पैसाको भरमा ‘सटकट” बाटोबाट प्रवेश गर्ने केही व्यापारी प्रवृत्तिप्रति कास्कीका कांग्रेस कार्यकर्ताहरु असन्तुष्ट छन्। उनीहरू भन्छन्, “आज पैसाको बलमा टिकट ल्याउने, भोलि कुरा नमिल्दा फेरि अर्को पार्टीमा पैसा बुझाएर जाने प्रवृत्ति झन् खतरनाक बन्दै गएको छ।”
यस्तै एक पात्रको रुपमा पछिल्लो समय पोखरामा चर्चामा छन् नवप्रवेशी नेता विन्दु थापा। चर्चाअनुसार उनले आगामी पोखरा महानगरको मेयर पदको टिकटका लागि कांग्रेस र एमाले दुबैसँग समानान्तर वार्गेनिङ गरिरहेका छन्। कांग्रेसमा अपेक्षित संकेत नपाए एमाले प्रवेश गरेर भए पनि ‘मेयर’ बन्ने योजना बनाएको उनी निकट स्रोतहरुको दाबी छ।
कास्कीका कांग्रेस कार्यकर्ताहरुले पार्टी नेतृत्वलाई आह्वान गर्दै भनेका छन्-“यस्ता स्वार्थी, अस्थायी र अवसरवादी व्यक्तिका कारण पार्टीको जनाधार गुम्न सक्छ। त्यसैले कारवाही गर्नुअघि उसको पृष्ठभूमि हेर्नु आवश्यक छ ।’
“उनको राजनीतिक पृष्ठभूमि कांग्रेसको होइन। त्यसमाथि आज कांग्रेस, भोलि एमाले भन्ने मनोवृत्तिले पार्टी सिद्धान्त र कार्यकर्ताको सम्मान गुमाउने खतरा छ,” एक कांग्रेस कार्यकर्ताले भने।
कास्कीका कांग्रेस कार्यकर्ताहरुले पार्टी नेतृत्वलाई आह्वान गर्दै भनेका छन्-“यस्ता स्वार्थी, अस्थायी र अवसरवादी व्यक्तिको निहित स्वार्थका कारण पार्टीको जनाधार गुम्न सक्छ। त्यसैले कारवाही गर्नुअघि उसको पृष्ठभूमि हेर्नु आवश्यक छ । कारबाही गर्नु अघि पार्टीले आफ्ना पुराना र निष्ठावान कार्यकर्ताको आवाज सुन्न जरुरी छ।”