
१पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३तिब्बतर्फ ताल पुन: फुट्यो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
८बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
९स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१०पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९अफवाह नफैलाउन प्रहरीको आग्रह
१०फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
११एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१२जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
सहकारीका अध्यक्ष सुरेन्द्र गोदार, व्यवस्थापक भीष्मप्रताप गुरुङ, दामु अधिकारी, शम्भुराज बास्तोला, इन्द्रप्रसाद द्वा, हिरामणि दाहाल, दुधमान गुरुङ, प्रेमलाल श्रेष्ठ, चक्रपाणि आचार्य, दिलबहादुर केसी र प्रदिप कुमार श्रेष्ठ लगायतको गिरोह सहकारीको आडमा लुट धन्दा मच्चाउँदैं ।
पोखरा, ९ असार । पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको झण्डैं ८० करोड रुपैयाँ हिनामिना भएको तथ्य सार्वजनिक भएको छ । बचतकर्ताहरुले जम्मा गरेको ४९ करोड रुपैयाँ जोखिममा परेसँगैं अनुगमनका क्रममा आउने कर्मचारीलाई घटना लुकाउन सहकारी सञ्चालकहरुले घुस दिने गरेको तथ्य पनि बाहिरिएको छ।
बिनाधितो र नक्कली खाता खोलेर सहकारीको रकम सञ्चालक समितिका अध्यक्ष पोखरा–१२, बस्ने सुरेन्द्रबहादुर गोदार र व्यवस्थापक भीष्मप्रताप गुरुङको गिरोहले ठगीमात्र गरेका छैनन्, अन्य रकम सहकारीको नीति र नियम भन्दा बाहिर गएर कमिसनको चक्करमा जोखिमपूर्ण लगानी समेत गरेका छन्।
विशेष गरेर पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवम् सहकारी सञ्चालक समितिका सदस्य समेत रहेका पोखरा–५, प्रस्याङका दामु अधिकारी, पोखरा–११ बस्ने सहकारीका उपाध्यक्ष शम्भुराज बास्तोला, इन्द्रप्रसाद द्वा, कोषाध्यक्ष हिरामणि दाहाल, दुधमान गुरुङ, पोखरा–३ बस्ने प्रेमलाल श्रेष्ठ, चक्रपाणि आचार्य, सहकारीका सचिव काहुँ बस्ने दिलबहादुर केसी र पोखरा–१७ का प्रदिप कुमार श्रेष्ठ लगायतको गिरोह नैं मिलेर सहकारीको ४९ करोड रुपैयाँ भन्दा बढि बचत रकम हिनामिना गरेका छन्।

पोखरा बचत तथा ऋण सहकारीका सञ्चालक समितिका पदाधिकारी र कानुन व्यवसायीसहितको टोली
ठगी धन्दा लुकाउन भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय काठमाडौंका शाखा अधिकृतलाई लाखौं रुपैयाँ घुस दिने गरेको तथ्य भेट्टिएको छ । विगत ८ वर्षदेखि अध्यक्षका रुपमा रहेका गोदारले अनुगमनमा आएका शाखा अधिकृत प्रेमराज लुइँटेललाई पाँचलाख रुपैयाँ नगद घुसवापत दिइएको सहकारी कैं एक सदस्यले जानकारी दिए।
सहकारीलाई नैं सम्पत्ति शुद्धिकरणको मुद्दामा तत्कालै कारवाही गर्नुपर्ने स्थिति देखिएका भन्दैं कारवाही हुनबाट जोगाउनका लागि भन्दैं ती शाखा अधिकृतले सहकारीका अध्यक्ष सुरेन्द्रसँग पाँच लाख रुपैयाँ घुसवापत लिएका थिए ।
जसले अनुगमनका नाममा रकम असुले:
नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका शाखा अधिकृत प्रेम राज लुइटेल, जसले अनुगमनका नाममा सहकारीबाट घुस असुले । शाखा अधिकृत लुइटेलले अनुगमनका नाममा पोखरा सहकारीबाट पाँचलाख रुपैयाँ घुस लिएको तथ्य सम्बन्धित मन्त्रालयले छानबिन गर्ने हो भने तथ्यसत्य अवश्य पनि छिट्टै नैं बाहिर आउने छ ।
प्रशासन, सहकारी तथा गरिबी निवारण महाशाखा सहकारी व्यवसाय प्रवद्र्धन तथा संघसंस्था समन्वय शाखामा कार्यरत लुइटेलमाथि मन्त्रालयले पक्कैं पनि छानबिन गर्ला नैं ? उनी पोखरामा अनुगमनमा क्रममा आएको समय, मिति र अवस्थाको बारेमा सम्बन्धित मन्त्रालयले अनुसन्धान गर्नुपर्ने माग सहकारीका पीडित बचतकर्ताहरुले राखेका छन् ।
………………………………………………………………………………………………………………………………………………………………….
बचतकर्ताहरुले रकम नपाएपछि सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशमा छानबिनका लागि उजुरी दिएपछि सहकारी भित्रका धेरै वेथिति र समस्याहरुका बारेमा अन्य सदस्यहरुले पनि जानकारी पाएका थिए । उजुरी पश्चात् छानबिन हुँदा सहकारीका सञ्चालक, व्यवस्थापक र ऋणीहरु समेत मिलेर रकम हिनामिना गरेको तथ्य खुलेको हो ।
छानबिनका क्रममा अध्यक्ष गोदार, अन्य सञ्चालक समितिका सदस्यहरु, व्यवस्थापक र केही ऋणी मिलेर सहकारीको बचत रकम हिनामिना गरेको तथ्य खुलेको हो । यस विषयमा प्रश्न गर्दा सहकारीका अध्यक्ष गोदारले अहिले सहकारीमा कुनै पनि समस्या नभएको दावी गरे ।
सहकारीका अध्यक्ष गोदारले भने–‘हाम्रो सहकारी राम्रोसँग चलिरहेको छ । बचतकर्ताहरुले पैसा भनेको बेलामा पाईरहनु भएको छ । बाहिर भने जस्तो केही समस्या हाम्रोमा छैन ।’
पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अधिकारीसहित रकम हिनामिना गर्नुभएको रहिछ भन्ने प्रश्नमा अध्यक्ष गोदारले भने–‘अधिकारी हाम्रो ऋणी हो । उहाँले ऋण तिर्न बाँकी छ । अरु त्यस्तो केही पनि होइन ।’ अनुगमनका क्रममा आएका कर्मचारीलाई दिइएको घुस रकमका विषयमा प्रश्न गर्दा अध्यक्ष गोदारले केही पनि बताउन चाहेनन् । यहीं विषयमा थप प्रश्न गर्न खोज्दा व्यवस्थापक गुरुङले सहकारीमा मिटिङ चलिरहेकोले पछि कुरा गर्ने भन्दैं फोन काटिदिए ।
सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार भेषराज रिजालले पोखरा सहकारीको प्रारम्भिक छानबिन प्रतिवेदन प्राप्त भईसकेको जानकारी दिए । सहकारी रजिष्ट्रार रिजालले भने–‘छानबिन प्रतिवेदन आईसकेको छ । समस्या देखिएको छ । अब एक हप्ता भित्रमा त्यहाँ देखिएका वेथिति र समस्याहरु समाधान गरेर कार्ययोजना बुझाउनु भनेका छु । के हुन्छ हेरौं ।’
यस विषयमा थप जानकारी लिनका लागि वित्तीय छानबिनकर्ता निर्मल गौतमलाई सम्पर्क गर्दा छानबिन प्रतिवेदन नैं सहकारी रजिष्ट्रारको कार्यालयमा बुझाईसकेको र बाँकी विषय कार्यालयले टुङ्गयाउने हुँदा थप यस विषयमा आफूलाई केही पनि जानकारी नहुने प्रतिक्रिया दिए ।
पोखरा सहकारीले पोखरा–८, सिर्जनाचोकबाट २०५८ सालबाट आफ्नो सेवा सुरु गरेको थियो । सहकारीले पछिल्लो समय पोखरा–९, नयाँबजारबाट प्रधान कार्यालय सञ्चालन गर्दै आईरहेको छ । सहकारीले पोखरा–१०, अमरसिंह र पोखरा–८, सिर्जनाचोकमा सेवा केन्द्रहरु पनि सञ्चालन गरेको छ ।
पोखरा सहकारीको अध्यक्षमा गोदार, उपाध्यक्षमा शम्भुराज बास्तोला, सचिवमा दिलबहादुर केसी (खत्री), कोषाध्यक्षमा हिरामणि दाहाल, सदस्यहरुमा प्रेमलाल श्रेष्ठ, जगन्नाथ आचार्य, दीपक गुरुङ, वीरबहादुर थापा क्षेत्री र दोर्चे तामाङ रहेका छन् ।

पोखरा बचत तथा ऋण सहकारी संस्थाको वार्षिकोत्सव कार्यक्रमको एक झलक
त्यसैगरी लेखा संयोजकमा राजेन्द्रप्रसाद पौडेल र कविराज पौडेल, सदस्यहरुमा प्रदिपकुमार श्रेष्ठ र लक्ष्मी गुरुङ रहेका छन् । त्यसैगरी ऋण संयोजकमा हिरामणि दाहाल र सदस्यहरुमा प्रेमलाल श्रेष्ठ र वीरबहादुर थापा क्षेत्री रहेका छन् ।

पोखरा बचत तथा ऋण सहकारी संस्थामा तिहारको समयमा पुजा गर्दै सञ्चालक र कर्मचारीहरु ।

पोखरा बचत तथा ऋण सहकारी संस्थामा आवद्ध सञ्चालकहरुको राज्यले सम्पत्ति शुद्धिकरणको मुद्दामा छानबिन गर्नुपर्ने देखिएको छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति