
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
४‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
पोखरा, २८ असार । पाताले छाँगो (डेभिस फल्स) निजी कम्पनीलाई ठेक्कामा दिने निर्णयमा हस्ताक्षर गरेको आरोपमा नेकपा एमालेका नेता तथा छोरेपाटन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीलाई कालोमोसो दलेको घटनामा संलग्न भएको अभियोगमा प्रहरीले आज शनिबार थप दुईजना विद्यार्थी नेतालाई पक्राउ गरेको छ।
धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा (बहुमत)सँग आवद्ध स्ववियु (क्रान्तिकारी) गण्डकी प्रदेश समितिका संयोजक राजन साउद र केन्द्रीय सदस्य बासुदेव बुढालाई आज दिउँसो जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो । प्रहरीले यस अघि मूख्य योजनाकार भन्दैं नेकपा (बहुमत)का पोलिटब्युरो सदस्य तथा युवा संगठनको फ्याक्सन इञ्चार्ज सुजन विकलाई शुक्रबार साँझ नैं पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले थप दुईजना विद्यार्थी नेतालाई पक्राउ गरिएको बताए । एसपी ओलियाले भने–‘शुक्रबार विहान अध्यक्षमाथि कालोमोसो दल्ने दुबैजना विद्यार्थी नेता र यस घटनाका मुख्य योजनाकारसहित सबैलाई पक्राउ गरिएको छ ।’

विद्यार्थी नेता बासुदेव बुढालाई पोखरा–५, जिरोकिलोमिटर नजिकैबाट पक्राउ गर्दै सादा पोशाकका प्रहरी ।
पोखरा–१७ मा रहेको छोरेपाटन माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पहारीलाई पातले छाँगो (डेभिस फल्स) निजी कम्पनीलाई ठेक्कामा दिने निर्णयमा हस्ताक्षर गरेको भन्दैं अनेरास्ववियु (क्रान्तिकारी)का विद्यार्थीले सप्रमाण कारवाही गरेका थिए ।
गण्डकी प्रदेश समितिका संयोजक साउदको नेतृत्वमा गएको टोलीले २२ सय विद्यार्थी पढ्ने विद्यालयको मुख्य आम्दानीको स्रोत व्यक्तिगत स्वार्थपूर्तिका लागि माफियासँग मिलेर निजी कम्पनीलाई ठेक्का दिने सम्झौंतामा हस्ताक्षर गरेको आरोप लगाउँदैं कालोमोसो दलेका थिए ।
जनकारवाही पश्चात् जारी विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश संयोजक साउदले अध्यक्ष पहारीलाई कालोमोसो दलेको जिम्मेवारी लिदैं सम्झौंतामा हस्ताक्षर गर्ने विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मालाई पनि तत्काल राजीनामा नदिए कारवाही गर्ने चेतावनी दिएका थिए ।
पोखराकै प्रमुख पर्यटकीय गन्तव्य रहेको पातले छाँगो २०३५ सालदेखि छोरेपाटन उच्च माविले भोगचलन तथा व्यवस्थापन गर्दै आएको थियो । पछिल्लो पटक महानगरले पाताले छाँगोमा सिसाको पुलसमेत निर्माण गरेर सम्पूर्ण व्यवस्थापन निजी कम्पनीलाई ४० वर्षका लागि दिने तयारी गरेको थियो ।
पातले छाँगो ठेक्काको विवाद चुलिदैं गर्दा यसमा सबैभन्दा बढि चलखेल गर्ने गरेको आरोप निवर्तमान वडाध्यक्ष एवम् ठेकेदार तीर्थराज अधिकारी, तत्कालिन मेयर मानबहादुर जिसी र मेयर धनराज आचार्य लगायतको टोलीलाई लागेको छ । ठेकेदार अधिकारीको योजनामा नैं रातारात तत्कालिन विद्यालयका अध्यक्षलाई हटाएर पहारीलाई ल्याईएको थियो ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई