News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

स्कुटर दुर्घटनामा परेर बाबु, छोरी र भतिजीको मृत्यु

'गीतानगर बस्ने ४५ वर्षीय मोहन, उनकी १७ वर्षीय छोरी विनिशा र भतिजी १७ वर्षीय दिविशाको मृत्यु'

चितवन । स्कुटर र यात्रुबाहक बस ठोक्किँदा चितवनमा बाबु, छोरी र भतिजीको मृत्यु भएको छ । आज साँझ चितवनको पकौडीमा ना५ख २१५० नम्बरको यात्रुबाहक बसमा ना४०प ७०८२ को नम्बरको स्कुटर ठोकिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार दुर्घटनामा परी भरतपुर महानगरपालिका वडा नं. ६ गीतानगर बस्ने ४५ वर्षीय मोहन अधिकारी (स्कुटरचालक), उनकी १७ वर्षीय छोरी विनिशा अधिकारी र भतिजी १७ वर्षीय दिविशा अधिकारीको जिल्ला अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

भरतपुरबाट घरतर्फ गईरहेको स्कुटर ओभरटेक गर्ने क्रममा दुर्घटना भएको र सो स्कुटरमा अधिकारी, उनकी छोरी र भतिजी तीनैजना सवार रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया