
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४रसुवा बाढी : ७८१ जनाको शव भेटियो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
पोखरा । जिल्ला प्रहरी कार्यालयले पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले शनिबार सो सहायता कक्षको उद्घाटन गर्नुभयो । त्यसैगरी बाग्लुङवसपार्कमा समेत सहायता कक्ष राखिने प्रहरीले जनाएको छ । सहायता कक्षमा एक ट्राफिक प्रहरी तथा एक जनपथ प्रहरीले सेवाग्राहीका गुनासा सुन्ने र समाधान गर्नेछन् ।
आउँदै गरेको विजयादशमी, शुभदीपावली, छठ तथा ईदपर्वलाई लक्ष्य गरी तयार गरिएको ‘चाडपर्व विशेष सुरक्षा योजना’ अन्तर्गत २४सैं घण्टा सेवा प्रवाह गर्ने गरी यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चाडपर्वका बेला सवारी आवागमनमा वृद्धि, ट्राफिक व्यवस्थापन, बढी भाडा असुली, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा सवारी दुर्घटना हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै सहायता कक्षको स्थापना गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
त्यसैगरी प्रहरीले स्थलमार्गबाट गण्डकी प्रदेशको राजधानी पोखरा भित्रिने मुख्य नाका छोरेपाटन, मजुवा र जौबारीमा यात्रुसँग ‘एक मिनेट कार्यक्रम’ सञ्चालन गरी गुनासा सुन्ने र कोरोना सचेतनालगायत बारेमा जानकारी गराउन शुरु गरेको छ । विजयादशमीलगायत ठूला चाडपर्वलाई लक्ष्य गरी जिल्लामा सम्भावित आपराधिक गतिविधि नियन्त्रणका लागि सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ ।
गण्डकी प्रदेशको राजधानी शहरसमेत रहेको पोखरामा सम्भावित चोरी, डकैती, लुटपाट तथा अन्य जघन्य प्रकृतिका घटना हुन नपाउने व्यवस्था मिलाउने तथा यात्रुलाई लठठ्याइ हुनसक्ने लुटपाट, ठगीलाई नियन्त्रण गर्ने उद्देश्यसहित प्रभावकारी सुरक्षा प्रबन्ध मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले बताउनुभयो । चाडपर्वका बेला शहर तथा गाउँमा समेत भीडभाड बढ्ने तथा यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा दिन बाध्य बनाउने तथा जनस्वास्थ्यलाई ध्यानमा राखी गुणस्तरहीन, अखाद्य तथा मिसावटयुक्त खाद्यवस्तुको बिक्री वितरणलाई नियन्त्रण गरिने कास्की प्रहरीको भनाई छ ।
यस अवधिमा अपराध घट्न सक्ने सम्भावित स्थानको पहिचान गरी प्रहरीको विशेष टोली परिचालन गरिने र धार्मिकस्थलमा कोरोना सङ्क्रमणलाई मध्यनजर गरी अनावश्यक जमघटलाई निरुत्साहित गर्ने गरी कार्ययोजना बनाइएको छ । सुरक्षा कार्ययोजनालाई प्रभावकारी कार्यान्वयनका लागि जिल्लामा ७०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४रसुवा बाढी : ७८१ जनाको शव भेटियो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने