
१राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
३जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
४राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
६लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
७माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
८रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
९प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१०रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
११रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
७जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
८पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
९प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१०पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेशमा चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । बडा दशैँ, तिहार, नेपाल संवत्, ल्होसार तथा छठलगायत पर्वलाई दृष्टिगत गर्दै गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना सार्वजनिक गरेको हो। प्रदेश कार्यालयले आफ्नो मातहतका ११ वटै जिल्लाहरुमा कार्तिक १ गतेदेखि लागू हुने गरी विस्तृत सुरक्षा योजना सार्वजनिक गरेको छ ।
योजनाको कार्यान्वयनको अवस्थालाई अनुगमन गर्न वरिष्ठ प्रहरी अधिकृतको संयोजकत्वमा एक समिति गठन गरिएको प्राप्त प्रेस विज्ञप्तिमा उल्लेख छ । सवारी दुर्घटना कम गरी सडकमा आवागमन सहज बनाउने मुख्य लक्ष्य राखिएको सो योजनाले सङ्क्रमणबाट बच्ने र बचाउने सम्बन्धमा सरकारबाट निर्दिष्ट मापदण्ड कार्यान्वयन गर्ने÷गराउने गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त योजनाअन्तर्गत सार्वजनिक सवारी साधनमा निर्धारित भाडादर लागू भए नभएको अनुगमन गर्ने, सवारी साधन दुर्घटनालाई न्यून गर्ने, राजमार्गमा हुने सवारी साधन दुर्घटना कम गर्ने, मुख्य राजमार्गमा दुर्घटना भएमा कम्तीमा १० मिनेटभित्र ट्राफिक प्रहरी घटनास्थलमा पुग्ने, उद्धार र कारबाहीमा संलग्न हुने, शहरी तथा ग्रामीण सडक खण्डमा सवारी साधनको छतमा यात्रु चडेर सवार गर्ने, क्षमता भन्दा बढि मानिस राखेर सावरी साधन चलाउनेलाई नियन्त्रणमा लिने र ठाउँ–ठाउँमा चेकिङको व्यवस्था गर्ने विषय समेटिएको छ ।
सवारी साधनको कमी हुने अवस्था आएमा यातायात कम्पनीसँग समन्वय गरी थप सवारी साधन सञ्चालन गर्ने व्यवस्था मिलाउने, सबै जिल्ला र प्रवेश नाकामा १९ यात्रु सहायता कक्षको स्थापना गरी यात्रुलाई सहजता कायम गर्ने लक्ष्य राखिएको छ ।
यात्रु सहायता कक्षमा ३८ ट्राफिक प्रहरी परिचालन गरिने कार्कीले जानकारी दिनुभयो । विपद् उद्धार कार्यमा परिचालन हुने गरी १२ समूह बनाई ५६ जना परिचालन गरिएको उहाँले उल्लेख गर्नुभयो । सबै जिल्लामा २८५ ट्राफिक प्रहरी चाडपर्व सुरक्षाका लागि परिचालन गरिने कार्कीले बताउनुभयो ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए