
१चैत १३ मा प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
२मक्किएको काँग्रेसलाई बचाउन खोज्दा खोज्दैं आफैं ढले गगन थापा, दिए सभापति पदबाट राजीनामा
३पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा ५५ मध्ये ३४ जना प्रतिवादी उपस्थित
४मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दुईजना मानिस पक्राउ
५ढोरपाटनमा दादुरा प्रकोप, ३० जना अझै अस्पतालमा, नियन्त्रणका लागि खोप अभियान
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
८राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
९मनकामना दर्शन गरेर फर्किएका भारतीय सवार माइक्रो बस गोरखामा दुर्घटना हुँदा ७ जनाको मृत्यु
१०ग्यास सिलिन्डर लुकाउनेलाई ५० हजार जरिवाना
११आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
१२कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
५जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
६धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
७बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
८पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
९धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
१०आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
११बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
१२कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
तनहुँ । कार्यालय समयमा सवारी साधनको अत्यधिक चाप हुने भएकोले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले तनहुँमा ‘कार्यालय समय’ लागू गरिएको छ । सामान बिक्री गर्न आएका सवारी साधनलाई आवतजावत तथा लोड अनलोड गर्ने कार्यमा सहजीकरण गर्न सो नियम लागू गरिएको हो ।
बिहान ९ बजेदेखि १०.१५ र दिउँसो ३.३० देखि ४ बजेसम्म ‘कार्यालय समय’ लागू गरी त्यस्ता सवारीलाई गुड्न प्रतिबन्ध लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो । तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहआयोजनामा गत मङ्गलबारदेखि उक्त कार्य थालिएको हो ।
सवारी दुर्घटना न्यूनीकरणका लागि गण्डकी प्रदेशकै उत्कृष्ट ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले कार्यालय समय लागू गरिएको जिल्ला ट्राफिक प्रमुख रानाभाटले बताउनुभयो । कार्यालय समयमा कर्मचारी, विद्यार्थी, किनमेलका लागि आउने सर्वसाधारणको आवतजावतले सडक नै ढाकिने र सवारी साधनलाई पनि गुड्न समस्या हुने गरेकोले त्यसलाई व्यवस्थापन गर्न कार्यालय समय लागू गरिएको हो ।
“सवारी चापका कारण बाटोमा हिँड्ने यात्रुलाई बाटो काट्न पनि समस्या हुने गरेको पाइएकाले यसको समाधानको लागि सरोकारवालासँग छलफल गरी उक्त नियम लागू गरिएको हो ।” उहाँले भन्नुभयो, “कोरोनको प्रभाव कम हुँदै गएसँगै मानिसको चहलपहलमा वृद्धि भएकाले आवतजावतमा सहज बनाउन समय निर्धारण गरेका हाँै ।”
कार्यालय समय लागू गरिएपछि कार्यान्वयनका लागि सम्बन्धित निकायले पहल गरिरहेको उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइका सभापति राजकुमार श्रेष्ठ राकुले बताउनुभयो । कार्यालय समयमा अत्यधिक चाप हुँदा दुर्घटनाको जोखिम पनि उत्तिकै थियो । उहाँले भन्नुभयो, “अब सवारी दुर्घटना न्यूनीकरणमा कमी आउने विश्वास लिएका छौँ ।” पछिल्लो समय तनहुँमा सवारी चेकिङ कार्यलाई कडाइका साथ लागू गरिएको छ । पृथ्वीराजमार्ग क्षेत्रमा मात्रै नभई ग्रामीण क्षेत्रका रुटमा चल्ने सवारी साधनको पनि चेकिङ कार्य थालिएको ट्राफिक कार्यालय तनहुँले जनाएको छ ।
अन्य सवारीको तुलनामा दुई पाङ्ग्रे सवारी बढी मात्रामा दुर्घटना हुने गरेको प्रहरी तथ्याङ्कमा उल्लेख गरिएको छ । दुई पाङ्ग्रे सवारी चालकले बिना लाइसेन्स सवारी चलाउने गरेको पाइएकाले चेकिङलाई अझ कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताउनुभयो ।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
५जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष