News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

साम्दीमा ट्याक्टर दुर्घटनामा परी विपिनको मृत्यु, रिजाल घाईते

फाईल तस्विर

वालिङ । ट्याक्टर दुर्घटनामा परी २० वर्षीय विपिन जिटीको मृत्यु भएको छ । स्याङ्जाको भिरकोट नगरपालिका–३ साम्दीमा आज भएको टयाक्टर दुर्घटनामा जिटीको मृत्यु भएको हो । ग १ त ५६३७ नंको ट्याक्टर अनियन्त्रित भई सडकमै पल्टिएको थियो । दुर्घटनामा भिरकोट–३ का १७ वर्षीय सुनिल रिजाल पनि घाइते भएका छन् । उनको स्याङ्जा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्याक्टरको इन्जिनले च्यापिएर जिटीको मृत्यु भएपछि उनको शव परीक्षणका लागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।