News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

ममता गुरुङ मृत अवस्थामा जंगलमा भेटिईन्

'के कति कारणले मृत्यु भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गर्दै'

पोखरा । घरबाट कसैलाई नसोधी हिडेकी ममता गुरुङ जंगलमा मृत अवस्थामा भेटिएकी छिन् । कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ बस्ने वर्ष १८ कि ममतालाई आज दिउँसो साढे १२ बजे जंगलमा मृत अवस्थामा भेटिएको हो ।

हिजो विहान ८ बजेको समयमा घरबाट कोही कसैलाई केही नसोधी हिडेकोमा खोजतलास गर्ने क्रममा आज जंगलमा उनकै दाजुले मृत अवस्थामा देखि जिल्ला प्रहरी कार्यालय कास्कीमा खबर गरेका थिए । प्रहरीले के कति कारणले मृत्यु भएको हो भन्ने विषयमा थप अनुसन्धान गरिरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया