
१हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१२पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
९पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
म्याग्दी । बेनी अस्पतालले म्याग्दीको सदरमुकाम बेनीसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा पर्ने मल्लाज क्षेत्रको शव परीक्षण गर्न छाडेपछि चिन्ता थपिएको छ । दुर्घटना, विपद् र आत्महत्याका कारण ज्यान गुमाएकोको शव नजिकैको बेनी अस्प्तालले परीक्षण गर्न नमानेपछि कुश्मा लैजाँदा सास्ती, झन्झट र दुःख भएको छ ।
गत बिहीबार म्याग्दी बेनीसँगैको पर्वत बेनीमा बस्ने २३ वर्षीया युवतीले आत्महत्या गरिन् । साँझ करिब ८ बजे पर्वत बेनीबाट बेनी अस्पताल ल्याइएको शव परीक्षणका लागि दुई घण्टासम्म गाडीमै राखियो । अस्पतालका चिकित्सकले बेजिल्लाको शव परीक्षण नगर्ने अडान लिएपछि अन्ततः राति १० बजे गाडी खोजेर कुश्मास्थित पर्वत अस्पतालमा पठाइएको थियो ।
आर्थिकरूपमा बिपन्न ती युवतीका आफन्तहरुले कुश्मामा परीक्षण गराएपछि शुक्रबार वारि बेनीस्थित कालीगण्डकी किनारको घाटमा दाहसंस्कार गरेका थिए । पछिल्लो समय सिमाना जोडिएको बेनी अस्पतालले जलजलाको शव परीक्षण गर्न नमानेपछि मृतकका परिवार र आफन्तलाई पीडामाथि पीडा भएको वारि बेनीका दिलीप बरुवालले बताउनुभयो । “बेनीमै शव परीक्षण गर्दा नजिकै भएकाले सबैलाई सजिलो भएको थियो”, उहाँले भन्नुभयो, “शव बोकेर कुश्मा पुर्याउँदा धेरै सास्ती र दुःख भएको छ ।” शव बोक्ने गाडी नपाउने र बढी भाडा तिर्नुपर्ने समस्या छ ।
जलजला गाउँपालिकाको १, २, ३, ४, ५ नम्बर वडामा पर्ने बाँसखर्क, मल्लाज र लेकफाँटका बासिन्दालाई कुश्मास्थित पर्वत अस्पतालभन्दा म्याग्दीको बेनी अस्पताल नजिक पर्छ । फरक जिल्ला भए पनि मल्लाज र बेनीको व्यापारिक, आर्थिक, सामाजिक सम्बन्ध एकै जिल्ला सरहको छ ।
वार्षिक १० वटाको हाराहारीमा मल्लाज क्षेत्रका शव परीक्षणका लागि बेनी अस्पतालमा ल्याउने गरेका छन् । दुर्घटना, विपद् र आत्महत्याका कारण ज्यान गएकाको कानूनी प्रक्रिया पूरा गर्नका लागि शवको परीक्षण गर्नुपर्ने नियम छ ।
शवको परीक्षण जस्तो मानवीय संवेदना जोडिएको विषयमा बेनी अस्पतालले बेजिल्लाको बहानामा विभेद गर्न थालेको जलजलाका बासिन्दाहरुले गुनासो गरेका छन् । बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले अव्यावहारिक कानूनी प्रक्रियाका कारण बेजिल्लाको शव परीक्षण गर्न चिकित्सक पछि हटेको बताउनुभयो । “सजिलो र छिटो सुविधा होस् भनेर बेजिल्ला भए पनि मल्लाज क्षेत्रको शव बेनी अस्पतालमै परीक्षण हुन्थ्यो”, उहाँले भन्नुभयो, “बेजिल्लाको अदालतमा वयान दिन जान झन्झट हुने र भ्रमण खर्च नपाउने भएकाले पछि हटेका हुन् ।”
जलजला गाउँकार्यपालिकाका प्रवक्तासमेत रहनुभएका वडा नं ३ का अध्यक्ष देविन्द्र भण्डारी (रवि)ले बेनी अस्पतालले शव परीक्षण गर्न नमानेपछि नागरिकले दुःख र सास्ती पाएको गुनासो बढेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमार्फत समस्या समाधान गर्न पहल गरिएको उहाँले बताउनुभयो ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर