
१अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
२सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
३अफवाह नफैलाउन प्रहरीको आग्रह
४बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
५सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
६२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१०विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
११‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
१२गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
हुमाकान्त पोखरेल
तम्घास । गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरकी भगवता कुँवर आफ्नै करेसाबारीमा फलेका खुर्सानी टिपेर सिमीचौरको बाँसखर्क आउनुभयो । उहाँले आफ्नै करेसाबारीबाट टिपेर ल्याएको खुर्सानी खरिद गर्न रेसुङ्गा नगरपालिकाको गाडी त्यस स्थानमा पुगेको थियो । नगरपालिकाले तोकेको भाउअनुसार आधा किलो खुर्सानीको उहाँले रु ७० पाउने हुनुभयो । “खुर्सानी, केराउका मन्टा, रायो साग, पिडालुलगायतका तरकारी नगरपालिकाले खरिद गरिदिन्छ”, उहाँले भन्नुभयो, “तरकारी बेचेको पैसा पनि केही दिनपछि घरमै आउँछ ।”
आफूहरुले तरकारी बिक्री गरेर मासिक रु पाँच हजारसम्म आम्दानी हुने गरेको उहाँको भनाइ छ । घरमा भएको सबै कृषि उपज नगरपालिकाले खरिद गरिदिँदा स्थानीय कृषकले उत्पादन गरेको तरकारीले बजार पाएको र राम्रो आम्दानीको स्रोत भएको उहाँले बताउनुभयो । श्रीमान् रोजगारीका लागि विदेशमा भए पनि घरमा आफू र छोरीको खर्च चलाउन श्रीमान्को आस गर्नुनपर्ने उहाँको अनुभव छ ।
सोही ठाउँकै मीना पाण्डे पनि नगरपालिकाले उत्पादित सबै कृषि उपज खरिद गरिदिन थालेपछि स्थानीय उत्पादनले राम्रो बजार पाएको र आम्दानीको स्रोत बढेको बताउनुहुन्छ । नगरपालिकाको गाडी आउँदा प्रत्येकपटक थोरै भए पनि तरकारी बिक्री गर्ने र त्यसबाट घर खर्च चलाउन सहज भएको उहाँको बुझाइ छ । “पहिले–पहिले एक पाउ तरकारी बोकेर बजारमा बेच्न जाँदैन थियौँ”, उहाँले भन्नुभयो, “अहिले गाउँमा आएको गाडीले तरकारी लैजान्छ ।”
नगरपालिकाले पिडालु प्रतिकिलो रु ५० र अदुवा प्रतिकिलो रु ९० मा खरिद गर्ने गरेको उहाँले बताउनुभयो । पिडालु, गिठ्ठाजस्ता कहिल्यै बिक्री नहुने तरकारी र फलफूलजन्य उपज पनि नगरपालिकाले खरिद गरिदिँदा आफूहरुको आम्दानीको स्रोत राम्रो भएको उहाँ बताउनुहुन्छ । नगरपालिकाले हाटबजार सञ्चालन गरी कृषकले उत्पादन गरेका कृषि उपजको बजारको ग्यारेन्टी गरेपछि कृषक लाभान्वित भएका छन् । नगरपालिकाले २०७६ कात्तिक २३ गतेदेखि हाटबजार सञ्चालन गरेको छ तर कोरोना महामारी शुरु भएसँगै गत चैतबाट बन्द भएको थियो । त्यसको नौ महिनापछि गत पुस ८ गतेदेखि हाटबजार पुनः सञ्चालनमा आएपछि कृषकले उत्पादन गरेको कृषि उत्पादनले बजार पाएको छ । नगरपालिकाले समय मिलाएर रेसुङ्गा–४ अर्खले, वडा नं १० सिमीचौर, धुर्कोट गाउँपालिका तथा अर्घाखाँचीको ढिकुरासम्म पुगेर कृष उपज सङ्कलन गरी हाटबजारमार्फत बिक्री गर्दै आएको छ ।
बाँसखर्ककै सुमित्रा पाण्डेका श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्छ । घरमा दुई छोरी र आफूको खर्च तरकारी बिक्रीबाटै जुटाउने गरेको उहाँ बताउनुहुन्छ । पहिले–पहिले डोकोमा बोकेर बजारसम्म तरकारी बेच्न हिँड्ने पाण्डेका लागि अहिले तरकारी लिन घरमै गाडी आउँछ । नगरपालिकाले सञ्चालन गरेको यो योजनाले स्थानीयवासी कृषकको समयको बचत, सबै तरकारी बिक्री तथा तत्काल भुक्तानी पाइनेजस्ता फाइदा रहेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “अहिले नसोचेको काम स्थानीय सरकारले गरेको छ ।” यसरी तरकारी खरिद गर्न नगरको गाडी टोलटोलमै पुग्छ भन्ने आफूले कहिल्यै नसोचेको बताउनुभयो । डोकोमा बोकेर तरकारी लैजाँदा व्यापारीका अनेकथरीका भनाइ सुन्नुपरे पनि अहिले सम्मानजनकरूपमा तरकारी बिक्री हुने र उत्पादन गर्न हौसला मिलेको उहाँको अनुभव छ ।
स्थानीयवासी ५१ वर्षीय खेतबहादुर कुँवरले तरकारी खेतीका लागि पानीको समस्या भएको बताउनुभयो । पानी भए आफूहरुले जति पनि तरकारी उत्पादन गर्ने बताउँदै उहाँले सिँचाइको व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो । कृषकले उत्पादन गरेको कृषि र कृषिजन्य उत्पादनलाई हाटबजारमार्फत उपभोक्तासम्म पुर्याउने उद्देश्यले रेसुङ्गा नगरपालिकाले हाटबजार सञ्चालन गरेको हो । नगरपालिकाका कृषि शाखा प्रमुख हरिशरण पन्थीका अनुसार तम्घास चारिखोलामा रहेको हाटबजार प्रत्येक दिन दिउँसो १ बजे पछाडि सञ्चालनमा आउँछ । हाटबजारमा अहिले विभिन्न स्थानमा उत्पादन भएका स्थानीय तरकारीजन्य सामग्री खरिद बिक्री हुन्छ ।
लोकल कुखुरा, लोकल अण्डा, प्याज, टमाटर, गाजर, आलु, पिडालु, अदुवा, बन्दागोभी, धनियालगायतका ३३ प्रकारका स्थानीय उत्पादन पाइन्छन् । तरकारीको दर प्रत्येक दिन फरक–फरक हुन्छ । औसतमा सागको मुठा रु तीन, अदुवा प्रतिकिलो रु ९०, टमाटर प्रतिकिलो रु ५५, प्याज प्रतिकिलो रु ८० लगायतको दरमा खरिद तथा बिक्री भइरहेको कृषि शाखा प्रमुख पन्थीले बताउनुभयो ।
हाटबजारमा तरकारी किन्न पुगेकी रेसुङ्गा–१ की आरुसी खनालले हाटबजार सञ्चालन हुँदा आफूहरुलाई सहज भएको बताउनुभयो । रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले हाटबजारलाई थप व्यवस्थित बनाउन जिल्ला तथा जिल्लाबाहिरका पालिकासँग समन्वय भइरहेको जानकारी दिनुभयो । कृषि र पशुपालनमार्फत रोजगारको सिर्जना गर्ने लक्ष्य लिएकाले नगरपालिकाले आवश्यक लगानी गर्ने बताउनुभयो ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन