
१रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
३प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
४सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
५‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
६कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
७हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
८किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
९लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१०भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
११२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
१२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्रका कार्यालय स्थापना गरेको छ ।
प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि तथा पशुपन्छीसम्बन्धी सेवा लिनका लागि सेवाग्राही एक जिल्लाबाट अर्को जिल्लामा जानुपर्ने बाध्यता अन्त्य गर्दै सबै जिल्लामा कृषि र पशुपन्छीका कार्यालय स्थापना गरेर कर्मचारी व्यवस्थापन गरिएको जनाएको छ ।
कृषि मन्त्रालयअन्तर्गतका जिल्लास्थित कार्यालयहरु सबै जिल्लामा नहुँदा सेवाग्राहीले सास्ती पाएको गुनासोपछि सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ११ वटै जिल्लामा कार्यालय स्थापना गर्ने जनाएको थियो । मन्त्रालयले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय मनाङ, मुस्ताङ, नवलपुर र पर्वतमा विस्तार गरेको छ ।
यसैगरी कृषि ज्ञान केन्द्रको कार्यालय कास्की, मनाङ, मुस्ताङ, नवलपुर र बाग्लुङमा विस्तार गरिएको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले आज पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा बताउनुभयो । विगतमा कृषि ज्ञान केन्द्र प्रदेशका छ जिल्लामा र विज्ञ केन्द्र सात जिल्लामा मात्र रहेका थिए ।
“सेवाग्राहीलाई एक जिल्लाबाट अर्को जिल्लामा जान नपर्ने गरी प्रदेशको कृषि मन्त्रालयको एकाइ ११ वटै जिल्लामा स्थापना गरिसकेका छौँ”, कृषिमन्त्री थापाले भन्नुभयो, “मनाङको ज्ञान केन्द्रमा बाहेक अन्य सबै जिल्लास्थित कार्यालयमा प्रमुखसहित सहायक कर्मचारी पुगिसक्नुभएको छ र कार्यालयबाट सेवा दिन शुरु भएको छ, अपुग कर्मचारीसमेत छिट्टै पठाउँछौँ।”
मन्त्री थापाले कृषि मन्त्रालयका लागि प्राविधिक कर्मचारी अपुग रहेकाले कर्मचारी भर्नाका लागि मन्त्रिपरिषद्बाट सङ्गठन संरचना र व्यवस्थापन (ओ एन्ड एम) स्वीकृत गरेर कार्यान्वयनमा भइसकेकाले कार्यविधिअनुसार करारमा कर्मचारी भर्ना गरी प्राविधिक जनशक्ति सबै ठाउँमा उपलब्ध गराइने बताउनुभयो ।
मन्त्रालयका सचिव सवनम शिवाकोटीले प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा कार्यालय स्थापना भएकाले सेवाग्राहीलाई सहज हुने र योजना कार्यक्रम कार्यान्वयनमा सहज हुने बताउनुभयो । जिल्लास्थित कार्यालय विस्तारसँगै मन्त्रालय मातहतका कार्यालयको सङ्ख्या ३५ पुगेको बताइन्छ ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !