
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्रका कार्यालय स्थापना गरेको छ ।
प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि तथा पशुपन्छीसम्बन्धी सेवा लिनका लागि सेवाग्राही एक जिल्लाबाट अर्को जिल्लामा जानुपर्ने बाध्यता अन्त्य गर्दै सबै जिल्लामा कृषि र पशुपन्छीका कार्यालय स्थापना गरेर कर्मचारी व्यवस्थापन गरिएको जनाएको छ ।
कृषि मन्त्रालयअन्तर्गतका जिल्लास्थित कार्यालयहरु सबै जिल्लामा नहुँदा सेवाग्राहीले सास्ती पाएको गुनासोपछि सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ११ वटै जिल्लामा कार्यालय स्थापना गर्ने जनाएको थियो । मन्त्रालयले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय मनाङ, मुस्ताङ, नवलपुर र पर्वतमा विस्तार गरेको छ ।
यसैगरी कृषि ज्ञान केन्द्रको कार्यालय कास्की, मनाङ, मुस्ताङ, नवलपुर र बाग्लुङमा विस्तार गरिएको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले आज पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा बताउनुभयो । विगतमा कृषि ज्ञान केन्द्र प्रदेशका छ जिल्लामा र विज्ञ केन्द्र सात जिल्लामा मात्र रहेका थिए ।
“सेवाग्राहीलाई एक जिल्लाबाट अर्को जिल्लामा जान नपर्ने गरी प्रदेशको कृषि मन्त्रालयको एकाइ ११ वटै जिल्लामा स्थापना गरिसकेका छौँ”, कृषिमन्त्री थापाले भन्नुभयो, “मनाङको ज्ञान केन्द्रमा बाहेक अन्य सबै जिल्लास्थित कार्यालयमा प्रमुखसहित सहायक कर्मचारी पुगिसक्नुभएको छ र कार्यालयबाट सेवा दिन शुरु भएको छ, अपुग कर्मचारीसमेत छिट्टै पठाउँछौँ।”
मन्त्री थापाले कृषि मन्त्रालयका लागि प्राविधिक कर्मचारी अपुग रहेकाले कर्मचारी भर्नाका लागि मन्त्रिपरिषद्बाट सङ्गठन संरचना र व्यवस्थापन (ओ एन्ड एम) स्वीकृत गरेर कार्यान्वयनमा भइसकेकाले कार्यविधिअनुसार करारमा कर्मचारी भर्ना गरी प्राविधिक जनशक्ति सबै ठाउँमा उपलब्ध गराइने बताउनुभयो ।
मन्त्रालयका सचिव सवनम शिवाकोटीले प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा कार्यालय स्थापना भएकाले सेवाग्राहीलाई सहज हुने र योजना कार्यक्रम कार्यान्वयनमा सहज हुने बताउनुभयो । जिल्लास्थित कार्यालय विस्तारसँगै मन्त्रालय मातहतका कार्यालयको सङ्ख्या ३५ पुगेको बताइन्छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन