
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
८प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
९कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
१०विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
११पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१२लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
शुरबहादुर सिंह
कर्णाली । जगल्टिएको कपाल, कलेटी परेका ओठ, कठ्याङ्ग्रिएका हात, महिनौँदेखि फोहोर कपडाभित्र लपेटिएको एउटा टिठ लाग्दो जीवन, जसलाई झट्ट हेर्दा करिब ६० वर्ष उमेर कटे जस्तो लाग्छ । सायद कुनै समस्याले आज उनलाई त्यो अवस्थामा ल्याई पु¥याएको हुन सक्छ । त्यही पात्रको परिचय भने नौ महिनादेखि अहिलेसम्म कसैले पाउन सकेको छैन ।
चन्दननाथ नगरपालिका–३ जुम्लास्थित नाओडार (खुला ओडार) छ जुन जुम्ला सदरमुकामबाट एक किलोमिटर दूरीमा पर्छ । त्यही खुला ओडारमा नौ महिनादेखि एकजना अपरिचित बूढी महिलाको बास छ । जेठ–भदौसम्म ती महिलाका लागि ओडारको बसोबास सहज भएपनि असोजयता भने सिरेटो बढ्दै अहिले कठ्याउने जाडोले उनको बसाई निकै सकसपूर्ण बन्दै गएको छ । सामान्यतः दैलेख घर बताउने ती महिला त्यहाँ कहिले, कसरी र किन आइन् भन्ने विषयमा कोही जानकार छैन । नाम र घर सोध्दा माता मात्र भन्ने ती महिला कहाँकी हुन् भन्ने राम्रोसँग पत्तो नपाएको चन्दननाथ नगरपालिका–३ जुम्लाका वडाध्यक्ष नन्दबहादुर बुढ्थापाले जानकारी दिनुभयो ।
“महिला को हुन्, कहाँबाट कसरी यहाँसम्म आइपुगिन् ? त्यो हामी कसैलाई थाहा छैन”, अध्यक्ष बुढ्थापाले भन्नुभयो, “धेरै पटक सोध्दा भने उनले दैलेख खड्का बाडा भनेजस्तो गरेपछि उनी दैलेखको हुन सक्छिन् भन्ने हामीले अनुमान गरेका छौँ ।” उनको खोजतलासमा कहीँकतैबाट पनि कोही व्यक्ति नआएको उहाँले जनाउनुभयो । उनलाई घरमा ल्याउन खोज्दा नमानेकोले ओडारमै बस्न दिइएको बरु खानाका लागि यहाँको समुदायले सहयोग गर्दै आएको उहाँले जनाउनुभयो । ती महिला जङ्गल नजिकको खुला ओडारमा बस्दै आएकाले जङ्गली जनावरबाट खतरा रहेको स्थानीयले बताउँदै आएका छन् ।
जुम्लामा आजभोलि न्यूनतम तापक्रम माइनस ८.५ डिग्री सेल्सियस छ । यो समयमा मान्छेलाई बाहिर निस्कन नै गाह्रो हुन्छ । चिसोले घरभित्र न्यानो गरेर बस्नेको जीवन कष्टकर भइरहँदा माइनस डिग्रीको तापक्रममा खुला ओडारमा बस्ने ती महिलाको कष्टपूर्ण जीवनको बयान नै गर्न नसकिने अवस्था रहेको नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईले बताउनुभयो । तत्काल उनलाई उद्धार गरी पुनःस्थापना गर्नुपर्ने उहाँको भनाइ थियो । बेबारिसे महिला खुला ओढारमा बस्ने खबर पाएपछि तत्काल चिसोको जोखिम हुनबाट बचाउन भन्दै बिहीबार जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको नेतृत्वमा नन्दबक्स गणका गणपति दिवाकर रायमाझी, जनपथ तथा सशस्त्र प्रहरी नायब उपरीक्षकद्वय माधवप्रसाद काफ्ले र गगन श्रेष्ठ, पत्रकार चौलागाईसहितको टोली ती महिला बस्ने ओडारमै पुगेर कम्बल हस्तान्तरण गरेको छ ।
प्रजिअ थापा नेतृत्वको टोली र नेपाल रेडक्रस, उद्योग बाणिज्य सङ्घ जुम्ला मिलेर महिलालाई भेटेर कम्बलसहित ज्याकेट, चामल र भाँडाकुँडा सहयोग गरेको छ । “महिलामा मानसिक असन्तुलनको समस्या रहेछ । कसैले घरमा लिन खोजेपनि जान नमान्दो रहेछन्”, उहाँले भन्नुभयो, “तत्काल उनलाई जुम्लामा पुनःस्थापन गर्ने ठाउँ नभएकाले हामीले केही राहतका सामग्री सहयोग फर्केका छौँ ।”
जिल्ला प्रशासन कार्यालय जुम्लाले सडक मानवको अवस्था अनुगमन गर्दा ती महिलासहित १० जना भेटिएको र उनीहरुलाई चिसोबाट बचाउन तत्काल न्यानो कपडा वितरणसहित आवश्यक राहत प्रदान गरिएको प्रजिअ थापाले बताउनुभयो । बिहीबार नै जिल्लामा बैठक बसेर सडक मानवको तथ्याङ्क सङ्कलन गर्ने र पुनःस्थापनाका लागि कर्णाली प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय भएको उहाँको भनाइ थियो । सडकमा बाध्यात्मक हिसाबले बस्दै आएका मानवको तथ्याङ्क सङ्कलनका लागि भने सामाजिक विकास कार्यालय जुम्लालाई निर्देशन गरिएको प्रशासन जुम्लाले जनाएको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ