
१पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
२पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
३‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
६जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
७फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
८माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
९जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१०उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
११मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१२सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१२विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
काठमाडौँ । देशको उच्च पहाडी तथा हिमाली भेगमा यात्रा गर्ने पर्यटक, हिमाल आरोही तथा नेपाली पथप्रदर्शक, पर्यटकका सहयोगी एवं स्थानीय वासिन्दालाई स्वास्थ्य सेवा तथा विपद्को समयमा आकस्मिक उद्धार कार्यलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । हिमालयन उद्धार सङ्घ नेपालको नयाँ कार्यसमितिको पदभार ग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष हरिप्रसाद धरेलले मानव जीवनको रक्षाका लागि ४७ वर्षदेखि उद्धारका क्षेत्रमा क्रियाशील सो संस्थाको भूमिकालाई आगामी दिनमा अझ विस्तार गर्ने जनाउनु भएको हो ।
सङ्घले हाल विदेशी पर्यटक, पथप्रदर्शक, तीर्थयात्री, स्थानीय वासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्न मनाङ र फेरिचे स्वास्थ्य चौकी, सगरमाथा उघार शिविरमा स्वास्थ्य क्लिनिक एवं गोसाइँकुण्डमा सञ्चालन गर्दै आएको स्वास्थ्य शिविरलाई अझ व्यवस्थित र विस्तार गर्दै लैजाने उहाँको भनाइ छ । लेक लाग्ने रोग तथा पर्वतीय सुरक्षासम्बन्धी तालीम, प्रशिक्षण र सूचना सम्प्रेषण प्रणालीलाई अझ प्रभावकारीरुपमा सञ्चालन गर्ने अध्यक्षले बताउनुभयो ।
कार्यक्रममा पर्यटक विभागका महानिर्देशक रुद्रसिंह तामाङले हिमाल आरोहण तथा पर्वतीय पदयात्रामा जाने पर्यटकको जीवना रक्षामा सङ्घले पु¥याउँदै आएको सहयोग निकै प्रशंसनीय रहेको बताउँदै पर्यटक एवं तीर्थयात्रीको बढी आवातजजावत हुने मुक्तिनाथलगायत उच्च पहाडी भेगमा पनि स्थयीरुपमै उद्धार सेवा सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो । सङ्घका निवर्तमान अध्यक्ष नरेन्द्रदेव भट्ट र उपाध्यक्ष कुमार रानाभाटले पनि नेपालको पर्यटक प्रवद्र्धनमा सङ्घले पु¥याएको योगदान र आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा बोल्नुभएको थियो ।
हालै सम्पन्न साधारणसभाले धरेलको अध्यक्षतामा निर्वाचित कार्यसमितिमा उपाध्यक्ष कुमार रानाभाट, महासचिवमा श्रीराम खत्री, कोषाध्यक्षमा सुशीलकृष्ण अधिकारी तथा सदस्यहरुमा विक्रम न्यौपाने, डिबी कोइराला, डम्बर पराजुली, पृथ्वी श्रेष्ठ, परशुराम कार्की, गोविन्द घिमिरे र यादव अधिकारी रहनु भएको छ । कार्यसमितिको कार्यकाल तीन वर्षको रहनेछ ।