
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२चुनावी मैदानमा विप्लव
३राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
९माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१०रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
११प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१०एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्बद्र्धनका लागि कांग्रेसको काँधमा प्रमुख जिम्मेवारी रहेको बताउनुभएको छ । राष्ट्रिय एकता तथा मेलमिलापको दिवसका अवसरमा पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले आज आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले विभिन्न समुदाय र हिमाल, पहाड र तराई–मधेसबीच मेलमिलापको मूल माध्यम लोकतान्त्रिक संविधान नै भएको जनाउनुभयो ।
प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले देशव्यापी प्रदर्शन गरिरहेको उल्लेख गर्दै उहाँले जनाधिकारको रक्षा नै मेलमिलाप नीतिको लक्ष्य भएको स्पष्ट गर्नुभयो । कांग्रेस संस्थापक नेता बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति प्रतिपादन गर्नुभएको दिन पुस १६ गतेका अवसरमा कांग्रेसले हरेक वर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ । सो अवसरमा सभापति देउवाले भन्नुभयो, “बिपी कोइरालाले २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलाप आह्वान गर्दै स्वदेश फर्केर लिनुभएको नीति आज पनि उत्तिकै सान्दर्भिक छ । मेलमिलाप नीतिको मूल चुरो हिजो पनि जनता थियो, जनताको अधिकार र लोकतन्त्र थियोे, आज पनि त्यही नै हाम्रो साझा र मूल बाटो हो ।”
बिपीले मेलमिलाप नीतिको केन्द्रमा नेपाली जनतालाई राख्नुभएको बताउँदै उहाँले लोकतान्त्रिक अधिकार शान्तिपूर्ण ढङ्गले जनतालाई दिलाउन लिएको नीतिकै जगमा २०४६ सालको परिवर्तन भएको स्मरण गर्नुभयो । “मेलमिलापको नीतिले राजालाई पनि ठीक ठाउँमा ल्याउन खोज्यो तर प्रजातन्त्रलाई राजाले निरन्तर प्रहार गरिरहेपछि देशले गणतन्त्रको बाटो लियो, बिपीले प्रतिपादन गर्नुभएको मेलमिलापको नीतिकै बाटोबाट नेता गिरिजाप्रसाद कोइरालाले हतियार बोकेर हिंँडेका माओवादीहरुलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनुभएको थियो”, उहाँले भन्नुभयो ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने