
१पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
५‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
६पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
रुपन्देही । दाजुले आफ्नै बहिनीमाथि लगातार सात वर्षसम्म बलात्कार गरेको रहस्य खुलेको छ । पाल्पाको तिनाउ गाउँपालिका–२ ओढारखोला घर भई हाल बुटवलमा एक संस्थामा कार्यरत व्यक्तिले बिहिनीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत पाल्पामा मुद्दा परेपछि घटना बाहिर आएको हो ।
सात वर्षदेखि १४ वर्षको उमेरसम्म लगातार बलात्कार गरेको भन्दै दाजुविरुद्ध बहिनीले अदालतमा हाडनाता करणीको मुद्दा हालेपछि घटनाको रहस्य बाहिर आएको हो । गत मङ्सिर २३ गते पीडित युवतीले हाडनाता करणीअन्तर्गत मुद्दा दिएको अदालतले जनाएको छ । पीडित युवतीका अनुसार ओढारखोलास्थित घरमा दाजुले लगातार बलात्कार गर्ने गरेका थिए ।
तत्कालीन समयमा पाल्पाको तानसेनमा स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकाले आफू बस्ने कोठामा लगेर पटकपटक बलात्कार गर्ने गर्थे । सानै उमेरमा बलात्कार भएका कारण परिवारलाई पिडा हुने देखेर बाहिर बोल्ने आँट नगरेको भए पनि अहिले बुबा आमाको मृत्यु भएपछि दाजुविरुद्ध अदालतमा जाहेरी दिएको युवतीको भनाइ छ । “म सानै भएकाले पहिले त मैले यसबारे कसैलाई भन्न सकिन, विस्तारै ठूली हुँदा बुबा आमालाई पीडा हुन्छ की भनेर मौन रहेँ”, पीडित महिलाले भन्नुभयो, “अहिले बुवा आमा पनि बित्नुभयो र आँँट गरेर उजुरी हालेँ ।”
सानै हुँदा बलात्कारका बारेमा भन्न नसके पनि ठूली भएर भन्न खोज्दा दाईले घरमा बाँधेर राख्ने गरेको पिडा सुनाउँदै उहाँले त्यसपछि आफू भागेर काठमाडौँ भएको बताउनुभयो । बाँधेर राखेपछि म धेरै कमजोर भएँ तर मेरो बारेमा बोलिदिने कोही भएन, दाजुको व्यवहारले घरमा बस्न मन नभएपछि भागेर हिँडेको उहाँले सुनाउनुभयो ।
लगातारको बलात्कारका कारण अहिलेसम्म मानसिक यातना भोग्नुपरेको पीडित युवतीको गुनासो छ । उहाँका अनुसार स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकाले विभिन्न औषधि खुवाएर बलात्कार गर्ने । “आफ्नै दाइले यस्तो गर्छ भनेर मैले सोचेकी थिइन्, असह्य पिडाले मलाई मानसिक समस्या भयो”, उहाँले भन्नुभयो, “डाक्टरसँग परामर्श लिएर उपचार गरेपछि मानसिक समस्याबाट छुटकारा पाएँ ।”
करीब चार वर्षसम्म वैदेशिक रोजगारीमा बसेर फर्किएको अनुभव सुनाउँदै पीडत युवतीले अब सात वर्षसम्म सहेको बलात्कारको पिडा र अहिलेसम्म भोगेको मानसिक यातनाविरुद्ध न्याय खोज्न नेपाल फर्किएको बताउनुहुन्छ । “तीन महिनाको अन्तरालमा बुवा र आमा गुमाए, कोरोना सङ्क्रमित भएकाले मुख देख्न आउन पाइन, मन सम्हालेर आफूमाथि भएको अन्याय विरुद्ध न्यायका लागि अदालतको ढोका ढक्ढकाएकी छु”, पीडित युवती भन्नुहुन्छ, “न्याय मरेको छैन भने आवश्यक पाउनेछु भन्ने आशा छ ।” मुलुकी अपराध संहिता २०७४ अनुसार हाडनातामा करणी भएमा जन्मकैददेखि १० वर्षसम्म कैद सजाय र एक लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई