News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

प्रधानमन्त्री विरुद्ध पोखरामा नाराबाजी

पुनः राष्ट्रिय युवा संघ र अनेरास्ववियुले संयुक्त रुपमा विरोध प्रदर्शनको तयारी गर्दै

पोखरा । संसद विघटनको प्रस्ताव गरे लगत्तै पोखरामा सत्तारुढ दल र जनता समाजवादीका विद्यार्थीहरुले प्रधानमन्त्री खड्गप्रसाद ओलीको विरोधमा प्रदर्शन गरेका छन् । पुनः राष्ट्रिय युवा संघ र अनेरास्ववियुले संयुक्त रुपमा दिउँसो २ बजे महेन्द्रपुलमा विरोध प्रदर्शनको तयारी गरेको अनेरास्ववियुका केन्द्रीय नेता क्षितिज सापकोटाले जानकारी दिनुभयो ।

अनेरास्ववियुका केन्द्रीय नेता क्षितिज सापकोटा

आज विहान विद्यार्थीहरुले पृथ्वीनारायण क्याम्पस गेट अगाडि प्रदर्शन गरेका थिए । प्रदर्शनमा प्रचण्ड, माधवकुमार नेपाल पक्षका विद्यार्थी र जनता समाजवादी पार्टीका विद्यार्थीको सहभागिता थियो । जनमतको अपमान भएको र गणतन्त्र संकटमा परेको भन्दै त्यसका लागि देशव्यापी रुपमा आन्दोलन उठाउने तयारी भईरहेको नेता सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया