
१असई बनाइदिन्छु भन्दै १० लाख ठगी
२पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
३झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
७जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
८सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
९फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
१२ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
५‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
६१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
७भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
१०स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
काठमाडौँ । बङ्गलादेशबाट ५० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्न दुई देशका सरकारी कम्पनीबीच सम्झौता भएको छ । नेपालकोतर्फबाट कृषि सामग्री कम्पनी लिमिटेड र बङ्गालादेशी केमिकल इन्डष्ट्रिज कम्पनीबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
सम्झौता भएको तीन महिनाभित्र बल्क र कार्गाे गरी दुई तरिकाबाट चार चरणमा रासायनिक मल ल्याउने गरी सम्झौता भएको कृषि मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार मल खरिदको सम्झौतामा नेपालको तर्फबाट कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बङ्गलादेशकोतर्फबाट मोहमद अमिउल अहसनले संयुक्तरुपमा हस्ताक्षर गर्नुभएको छ । बङ्गलादेशबाट मल आयातसँगै रासायनिक मलको अभावको समस्या समाधान हुने कृषि मन्त्रालयले जनाएको छ । यो मौसममा खेती गरिने बालीलाई आवश्यक पर्ने युरिया, डिएपी र पोटास मल रहेको भन्दै आगामी दिनमा मलको अभाव हुन नदिने मन्त्रालयवाट अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिसमेत तयार भइरहेको जनाइएको छ ।
नेपाल र बङ्गलादेश सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरिदका लागि समझदारीपत्र (एमओयु) गर्न कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक नेन्द्रबहादुर भण्डारीको संयोजकत्वमा चार सदस्सीय टोली बङ्गलादेश गएका थिए । कृषि सामग्री कम्पनीले बङ्गलादेशबाट रासायनिक मल ढुवानी गर्न यसअघि नै संयुक्त अरब इमिरेट्स (युएइ) को जेन्ट्रेड एफजेडएफ कम्पनी छनोट गरिसकेको छ ।
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
५‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित