News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर

बेँसी झरे हिमालका नाउर

हिमरेखामा रमाउने हिमाली जङ्गली जनावर नाउर चिसो बढेसँगै बेँसी झरे । गर्मीयममा हिमालको काँखमा बसोवास गर्ने यी जनावर जाडो छल्न बेँसीका वस्तीमा झरेका हुन् । समुन्द्री सतहदेखि चार हजार मिटर उचाइमा बसोवास गर्ने नाउर अहिले दुई हजार ७०० मिटरमा झरेका छन् । यिनीहरु मनाङका ङिस्याङ भ्याली खाङसार ङावल मनाङगाउँलगायतका वस्तीहरुमा आइपुगेका छन् । यिनीहरुलाई हिउँ चितुवको मुख्य आहारको रुपमा पनि चिनिन्छ । तस्वीर:नवीन लामिछाने