
१सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्ने घोषणा
२काँग्रेसका नेता पूर्वऊर्जामन्त्री दीपक खड्का पक्राउ
३भदौ २४ को हिंसात्मक घटनाको छुट्टै छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने
४बालेन सरकारको १०० बुँदे कार्यसूची सार्वजनिक
५जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुरको सुरक्षामा कडाई
६ओली पक्राउ पछि देशभर एमाले आन्दोलित
७पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
८मिटरब्याज र ठगी धन्दाका नाईके छविलाल सुवेदी पक्राउ
९प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन)को सपथ ग्रहण
१०लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
११बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त
१२चैते दशैंमा समिभञ्ज्याङमा प्रथम खुला हाफ अल्ट्रा म्याराथन सम्पन्न
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
९निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
१०कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
११कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१२कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
कृष्ण दवाडी
कास्की । पृथ्वीराजमार्गबाट पोखरा प्रवेश गरेलगत्तै केही अगाडिबाट दायाँ लागेपछि ७०० मिटरको दूरीमै छ गण्डकी ऊर्जा कम्पनीको उद्योग । ‘फोहोरलाई मोहर’मा परिणत गर्ने लक्ष्यका साथ स्थापना भएको सो कम्पनीले हाल बायोग्याँस र प्राङ्गारिक (अर्गानिक) मल उत्पादन गरे पनि बजार भने पाउन सकेको छैन ।
वैकल्पिक ऊर्जाको प्रयोगबाट ग्याँस र मलमा देशलाई आत्मनिर्भर बनाउन योगदान गर्ने उद्देश्य राखेर कम्पनीले डेढ वर्षअघिबाट ग्याँस उत्पादन शुरु गरेको थियो । नेपालमा भारतले नाकाबन्दी लगाएपछि खाना पकाउने एलपिजी ग्याँसको चरम अभावपछि स्वदेशमै बायो प्रविधिबाट ग्याँस उत्पादन गर्ने योजनाअनुसार यस कम्पनीको अवधारणा आएको बताइन्छ ।
छिमेकी मुलुक भारतबाट आयात हुँदै आएको एलजिपी ग्याँसको आयात न्यूनीकरण गरी देशभित्रै वैकल्पिक ऊर्जामा आत्मर्निभर बन्ने प्रयास थालनी गरेको गण्डकी ऊर्जा कम्पनीबाट उत्पादित ग्यासले अहिले बजार पाउन नसकेको गुनासो सञ्चालकहरुको छ । कम्पनीले कुहिने फोहरलाई प्रशोधन गरेर बायो ग्याँस र प्राङ्गारिक मल उत्पादन शुरु गरेको हो । कम्पनीबाट उत्पादित ग्याँस सिलिण्डरमा भरेर घरघरमा पठाउने गरिएकामा बन्दाबन्दीपछि कम्पनीका अधिकांश ग्राहक बन्द भए । ग्राहक बन्द भएपछि कम्पनीबाट उत्पादनसमेत कम हुन थाल्यो ।
ग्याँसले विस्तारै बजार लिँदै गरेको अवस्थामा कोरोना सङ्क्रमण रोक्न आह्वान गरिएको बन्दाबन्दीपछि ग्याँसका अधिकांश ग्राहक बन्द भएकाले उत्पादन क्षमता रहे पनि बजार नहुँदा पूर्ण क्षमतामा आफूहरुले उत्पादन नगरेको कम्पनीका निर्देशक कुशल गुरुङले बताउनुभयो । यसैगरी देशभर रासायनिक मलको हाहाकार हुँदासमेत आफूहरुको प्राङ्गारिक मल बिक्री नभएको गुनासो कम्पनीको छ । बजार नपाउँदा मल त्यसै सुकेर जाने अवस्थामा रहेको बताइन्छ ।
गण्डकी ऊर्जा कम्पनीले दशैँलगत्तै अन्नपूर्ण अर्गानिक मल उत्पादन गरेर बजारमा बिक्री गर्न शुरु गरे पनि बजार पाउन सकेको छैन । यस वर्ष बर्खायाममा कृषक लामो समय मलको प्रतीक्षामा रहे पनि प्राङ्गारिक मलको प्रवद्र्धन गर्ने सरकारको कार्यक्रम नहुँदा आफूहरुको मल बिक्री नभएको दुःखेसो उहाँको छ ।
“राज्यले प्राङ्गारिक मललाई प्रोत्साहन गर्ने भनेर नीतिमा त ल्यायो तर सो अनुसारको कार्यक्रममा आउन सकेन”, निर्देशक गुरुङले भन्नुभयो, “कृषक रासायनिक मल कुरेर महिनौँ बस्दासमेत सरकारले प्राङ्गारिक मल प्रयोग गर्नुहोस् भनेर कृषकलाई भन्न सकेन न त यसका लागि कुनै बजेटनै विनियोजन भयो, सरकारले मल आउँछ भनेर आसमात्रै देखायो ।” रासायनिक मलमा अनुदानका लागि रु ११ अर्ब बजेट छुट्ट्याउने सरकारले प्राङ्गारिक मलमा समेत अनुदान दिन बजेट विनियोजन गर्नुपर्ने उहाँको माग छ ।
कम्पनीले हाल ४० केजी र तीन केजीका गरी दुई बोरामा मल प्याकेजिङ गरेर बिक्री गर्ने गरेको छ । ठूला कृषक र साना कौसी खेती गर्ने कृषकलाई लक्ष्य गरेर दुई प्रकारको प्याकिङ गरिएको छ । कम्पनीको लकडाउन अघि दैनिक ३५० केजी ग्याँस बिक्री हुन्थ्यो । बजारमा माग भएमा पूर्ण क्षमतामा उत्पादन गर्न सकिने क्षमता छ तर माग नभएकाले उत्पादन पनि हुन नसकेको बताइन्छ ।
कम्पनीले ११ केजी, १० केजी र पाँच केजीको तीन प्रकारका सिलिण्डर ग्याँस बजारमा पठाउने गरेको छ । ग्यासको मूल्य भ्याटबाहेक प्रतिकेजी रु ९० तय गरिएको छ । दैनिक कम्तीमा एक वा दुई वटा सिलिण्डर प्रयोग गर्ने होटल रेष्टुराँ, पार्टी प्यालेस, अस्पतालका चमेनागृहमा बायो ग्याँसको सिलिण्डर प्रयोग हुने भए पनि कोरोनाले यी क्षेत्र प्रभावित भएकाले ग्याँसको बजार अभाव भएको निर्देशक गुरुङ बताउनुहुन्छ ।
ग्राहकले पनि आफ्नो उद्योगबाट उत्पादित ग्याँसलाई रुचाएको र बढी किफायती भएको प्रतिक्रिया ग्राहकबाट प्राप्त भएको दावी कम्पनीको छ । उहाँले भन्नुभयो, “मागका आधारमा हामी बायो ग्याँस उत्पादन गछौँ । लकडाउनअघि माग पनि थियो तर त्यसपछि अधिकांश ग्राहक बन्द भएकाले हाम्रो ग्याँस बजारमा त्यति जान सकेको छैन, हाल कम्पनीका २२ ग्राहक छन् ।”
कम्पनीसँग दैनिक ४५ टन प्राङ्गारिक फोहोर प्रशोधन गरेर दैनिक हजार ६०० किलोसम्म बायो ग्याँस निकाल्न सक्ने क्षमता छ । यसैगरी सुक्खा प्राङ्गारिक (कम्पोष्ट) मल दैनिक पाँच टन प्याकिङ गर्नसक्ने क्षमता कम्पनीको छ । माग नभएकाले उत्पादन भएको मल प्याकिङ नगरिकन राखिएको छ । ग्यासको बजार हाललाई पोखराभित्र मात्र रहे पनि मल भने केही पोखरा बाहिरसमेत गएको बताइन्छ ।
नेपालमा विसं २०७२ मा भारतले लगाएको नाकाबन्दीपछि देशैभर ग्याँस र पेट्रोलियम पदार्थको चरम अभाव भयो । ग्याँसको अभाव अझ बढी थियो । निर्देशक गुरुङले नाकाबन्दीमा ग्याँस अभाव देखेपछि ग्याँसबाट बिजुली उत्पादन गर्नुभन्दा ग्याँसलाई सिलिण्डरमा भरेर एलपिजी ग्याँसको विकल्प बनाउने बारेमा अध्ययन शुरु गरेको जानकारी दिनुभयो ।
“म वातावरण विज्ञानको विद्यार्थी भएकाले विषयत पढाइ पनि यसमा थियो । बेलायतमा पढेर आउँदा यहाँ चरम विद्युत् अभावको समस्या थियो”, उहाँले भन्नुभयो, “वैकल्पिक ऊर्जाको बारेमा ज्ञान भएकाले व्यवसायमा ढाल्ने भनेर सोचिरहेको थिएँ, नाकाबन्दीपछि यसलाई मूर्तरूपमा अघि बढाएँ ।”
बायो ग्याँसका लागि कम्पनीले ठूूला गाईभैँसी फार्म, कुखुरा फार्म, उखु उद्योग तथा बियरका उद्योगबाट फालिएको मर्चालाई कच्चा पदार्थको रूपमा प्रयोग गर्ने गरिएको सञ्चालक प्रगत कायस्थले बताउनुभयो । गण्डकी ऊर्जामा रु २५ करोड लगानी भएको कम्पनीले जनाएको छ । लगानीकर्ता अधिकांश पोखराका युवा छन् । युवा व्यवसायीको रु १५ करोड, रु पाँच करोड नेपाल सरकारको अनुदान तथा रु पाँच करोड बैंक ऋण लिएर उद्योग सञ्चालनमा ल्याइएको कायस्थले जानकारी दिनुभयो ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने