
१सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्ने घोषणा
२काँग्रेसका नेता पूर्वऊर्जामन्त्री दीपक खड्का पक्राउ
३भदौ २४ को हिंसात्मक घटनाको छुट्टै छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने
४बालेन सरकारको १०० बुँदे कार्यसूची सार्वजनिक
५जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुरको सुरक्षामा कडाई
६ओली पक्राउ पछि देशभर एमाले आन्दोलित
७पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
८मिटरब्याज र ठगी धन्दाका नाईके छविलाल सुवेदी पक्राउ
९प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन)को सपथ ग्रहण
१०लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
११बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त
१२चैते दशैंमा समिभञ्ज्याङमा प्रथम खुला हाफ अल्ट्रा म्याराथन सम्पन्न
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
९निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
१०कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
११कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१२कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
पाल्पा । कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैतदेखि लकडाउन ग¥यो । लकडाउनका कारण स्वदेश तथा विदेशमा धेरैले रोजगारी गुमाउनु प¥यो । रोजगारी गुमाउनेमध्येका हुनुहुन्छ, तानसेन नगरपालिका– १४ का रमेश परियार । काठमाडौँस्थित होटलमा कुकम्यानका रुपमा रहेका परियार सात महिनादेखि बेरोजगार हुनुभएको छ ।
रोजगारी गुमेसँगै आफ्नो जन्मथलो कुसेनीमा परिवारसँगै बसोबास गर्दै आएका परियारलाई ग्रामीण आर्थिक विकास सङ्घ (रेडा), तानसेन नगरपालिकाको आयोजना र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम सहयोगमा बङ्गुरका पाठापाठी र खोरका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
व्यावसायिकरुपमा बङ्गुरपालन गर्न थालेसँगैै उहाँलाई रोजगारी गुमाएको अहिले कुनै गुनासो छैन । बङ्गुरको स्थानीयस्तरमा नै खपत राम्रो हुने भएकाले बजारको कुनै समस्या नरहेको उहाँ बताउनुहुन्छ । परिवारले अनुदानमा तीनवटा बङ्गुर पाए पनि १० वटा पालन गर्ने योजनामा रहेको उहाँले बताउनुभयो ।
एउटा बङ्गुरबाट पाठापाठी उत्पादन गरी रु एक लाख आम्दानी लिन सकिने परियारको भनाइ छ । कोभिड– १९ को प्रतिकार्यका लागि युवा उद्यमशीलता विकास परियोजनाका माध्यमबाट सामाजिक तथा आर्थिक पुनःप्राप्ति कार्यक्रमअन्तर्गत बङ्गुरका पाठापाठी २० युवालाई वितरण गरिएको हो । रोजगारी गुमाएका बेरोगार युवालाई दुई पाठी र एक पाठा गरी तीन वटाका दरले बङ्गुरका पाठापाठी वितरण, खोर निर्माणका लागि रु १० हजार तथा प्राविधिक सहयोग गरिएको ग्रामीण आर्थिक विकास सङ्घका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताउनुभयो ।
सोही स्थानका पदमबहादुर दर्जीले कोभिड– १९ का कारण रोजगारी गुमाउनुभयो । लामो समयदेखि भारतमा कुकम्यानका रुपमा कायरत दर्जी रोजगारी गुमाएपछि घर फर्कनुभयो । निक्कै दुःख कष्ट गरी एक छोरा, एक छोरी र श्रीमतीका साथ पाल्पाको अर्गली घर फर्कनुभयो । घरमा आएसँगै पैसाको अभाव भएपछि दर्जी पनि बङ्गुरपालन व्यवसायमा आकर्षित हुनुभयो । दुई वटा थप गरी पाँचवटा बङ्गुरपालन गर्न थाल्नुभएको छ । खोरलाई रु १० हजार आर्थिक सहयोग पाएपछि अझै काम गर्न सजिलो भएको दर्जीको भनाइ छ ।
वर्षमा दुईपटक एउटा बङ्गुरबाट पाठापाठी उत्पादन हुने भएपछि राम्रो आम्दानी हुने आशा दर्जीको छ । विस्तारैविस्तारै बङ्गुरको सङ्ख्या बढाउने सोचमा रहेका दर्जी अब भारतमा पैसा कमाउन नजाने सोचमा हुनुहुन्छ ।
स्थानीय बजारमा बङ्गुरका पाठापाठी रु पाँच हजारभन्दा बढीमा कारोवार हुन्छ । बङ्गुरको मासु प्रतिकिलो रु ४०० मा कारोवार हुँदै आएको छ । यसको मासुको खपत बढ्दो छ । तानसेन नगरपालिका– १० र १४ का रोजगारी गुमाएका र बेरोजगार युवालाई उद्यमी बनाउनका लागि युवालाई बङ्गुरका पाठापाठी एक पाठा, दुई पाठी वितरण गरिएको छ ।
रेडाका अधिकृत डा लेखनाथ अधिकारीले बङ्गुरपालन गर्दा पोषणयुक्त आहाराको उचितरुपमा व्यवस्थापन र प्रजननका समय ध्यान दिँदा यस व्यवसायबाट प्रशस्त आम्दानी गर्न सकिने बताउनुभयो । उहाँले स्थानीय बजारमा बङ्गुरको मासुको माग बढ्दो रहे पनि आपूर्तिमा समस्या रहेको बताउनुभयो ।
नगर प्रमुख अशोककुमार शाहीले तानसेनभित्र सञ्चालित युवा उद्यमशीलताको कार्यक्रम अहिले नमूना बनेको बताउनुभयो । उहाँले तानसेनबाट शुरुआत गरिएको कार्यक्रम अहिले अन्य स्थानीय तहलेसमेत अनुशरण गरी कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो ।
उहाँले कोभिडका कारण विदेशमा रोजगारी गुमाएका तथा बेरोजगार युवालाई रु दुई करोड ९० लाख बजेट विनियोजन गरिएको बताउनुभयो । उपप्रमुख लक्ष्मीदेवी पाठकले आफ्नै खेतबारीमा मेहनत गरेको अवस्थामा पैसा कमाउन विदेश धाउनुपर्ने बाध्यता सधैँका लागि अन्त्य हुने बताउनुभयो ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने