News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

१३ वर्षदेखि फरार अभियुक्त खिमबहादुर पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले १३ वर्षदेखि फरार अभियुक्तलाई आज पक्राउ गरेको छ । जिल्ला अदालत कास्कीले ज्यान मार्ने उद्योगमा माछापुच्छ्रे गाउँपालिका वडा नं. ९ तल्लो गाउँ बस्ने वर्ष ४८ का खिमबहादुर क्षेत्रीलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

दण्डहिनता विरुद्धको अभियान अन्तर्गत खटिएको कास्की प्रहरीको टोलीले सात वर्ष कैंद तोकिएका तर हालसम्म फरार रहेका क्षेत्रीलाई आफ्नै गाउँमा पक्राउ गरी कास्की जिल्ला अदालतमा पेश गरेको प्रवक्ता डिएसपी सुवास हमालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ती क्षेत्रीलाई २०६४ साउन ३० गते ज्यान मार्ने उद्योग मुद्दामा कैद सजाय तोकिएको थियो ।

त्यसैगरी कास्की प्रहरीले वन्यजन्तु सम्बन्धी कसुर मुद्दामा १० हजार जरिवान तोकेकोमा फरार १ एजना र जुवा सम्बन्धि मुद्दा अन्तर्गत जरिवाना सजाय तोकिएका ८ जना प्रतिवादीहरुलाई पक्राउ गरी जिल्ला अदालत कास्कीमा बुझाएको छ ।