
१राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
३जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
४राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
६लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
७माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
८रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
९प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१०रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
११रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
७जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
८पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
९प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१०पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
बलेवा । स्थानीय पूर्वाधार विकास साझेदारी अनुदान कार्यक्रमअन्तर्गत बागलुङका दुई निर्वाचन क्षेत्रका ६० योजनामा बजेट विनियोजन गरिएको छ । जिल्लाका दशवटै स्थानीय तहमा सडक, खानेपानी, कृषि, पर्यटन र खेलकूदलगायतका योजनामा बजेट विनियोजन गरिएको हो । विनियोजित योजनामध्ये अधिकांश सडकका योजना छन् ।
स्थानीय पूर्वाधार विकास साझेदारी अनुदान कार्यक्रमअन्तर्गत प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा समानुपातिक सांसद, सम्बन्धित पालिकाका प्रमुख तथा उपप्रभुख, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखसमेतको बैठकले योजना बाँडफाँट गरेको हो । कार्यक्रमअन्तर्गतको रु आठ करोड बजेटमा यहाँका स्थानीय तहले केही साझेदारी गर्नेछन् ।
विगतका वर्षमा टुक्रे बजेटले उपलब्धि हासिल नहुने भन्दै चार वटा पालिकामा एकमुष्ट बजेटका योजना बनाएको क्षेत्र नं १ ले यो वर्ष टुक्रे योजनामै बजेट बाँडेको छ । बागलुङ निर्वाचन क्षेत्र नं १ अन्तर्गत बागलुङ नगरपालिकामा ११ योजनामा बजेट विनियोजन गरिएको छ । एघार योजनामध्ये धौलागिरि बहुमुखी क्याम्पसमा इ–लाइब्रेरी, वडा नं १२ मा मदरसा भवन निर्माण र वडा नं ३ मा शहीद पार्क निर्माणको योजना छ भने बाँकी सबै सडक स्तरोन्नतिका योजना छन् ।
जैमिनी नगरपालिकामा छ वटा योजनामा बजेट विनियोजन भएको छ । दुर्लिबेंसी खेलकूद मैदान र बोर जैदी खेलकूद मैदानबाहेक जैमिनीमा पनि बाँकी योजना सडक स्तरोन्नतिका छन् । काठेखोला गाउँपालिकामा नौ योजनामा बजेट विनियोजन गरिएको छ । जसमध्ये दुग्ध उत्पादन सङ्कलन केन्द्र, शीतभण्डार निर्माण, मदन स्मृति पार्क निर्माण, भीमसेन क्याम्पसको भवन निर्माण र केही सडकको स्तरोन्नतिका योजना रहेका छन् ।
बरेङ गाउँपालिकामा चार मात्रै योजनामा बजेट विनियोजन गरिएको छ । बरेङमा तीन सडक र एक आमा समूहको भवन निर्माणको योजना छ । क्षेत्र नं १ मा पर्ने स्थानीय तहको साझेदारीमा विविधता छ । बागलुङ नगरपालिकाले ६०, काठेखोलाले १०, जैमिनीले २० र बरेङ गाउँपालिकाले ३० प्रतिशत साझेदारी गर्ने जनाएका छन् ।
निर्वाचन क्षेत्र नं २ अन्तर्गत पर्ने छ स्थानीय तहमा ३० योजनामा बजेट विनियोजन गरिएको छ । ताराखोला गाउँपालिकाले उपलब्धि देखिनेगरी एउटा मात्रै योजनामा स्थानीय पूर्वाधार विकास साझेदारी अनुदान कार्यक्रमअन्तर्गतको बजेट उपयोग गर्ने भएको छ ।
ताराखोलामा सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि कार्यक्रमअन्तर्गत रु ५४ लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले अपुग रकम साझेदारी गर्नेछ । गलकोट नगरपालिकामा १० योजना छनोट गरिएका छन् । अधिकांश सडक स्तरोन्नतिका योजना छन् ।
बडीगाड गाउँपालिकामा नौ योजनामा बजेट विनियोजन गरिएको छ । बडीगाडमा विद्यालय भवनदेखि खरको छाना विस्थापन कार्यक्रम प्राथमिकतामा परेका छन् । ढोरपाटन नगरपालिकामा चारवटा मात्रै योजनामा बजेट विनियोजन गरिएको छ । विद्युत्गृह मर्मत, सडक र खानेपानीका योजना प्राथमिकतामा परेका छन् । तमानखोला गाउँपालिकामा दुई योजनामा बजेट विनियोजन गरिएको छ । दुई योजना नै सडकका छन् ।
निसीखोला गाउँपालिकामा पहिरो रोकथाम, विद्यालय भवन मर्मत र सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी अनुदान कार्यक्रमअन्तर्गत निसीखोलामा चार योजनामा बजेट विनियोजन गरिएको छ । “जनताका आवश्यकताका विषयमा छलफल गरेर बजेट बाँडेका छौँ”, प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले भन्नुभयोे, “विगतका वर्षमा जस्तो यो वर्ष ठूला योजनामा मात्रै बजेट बाँडेर जान सकिएन्, जनताका गुनासा धेरै आए ।”
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए