
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
४‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
बलेवा । स्थानीय पूर्वाधार विकास साझेदारी अनुदान कार्यक्रमअन्तर्गत बागलुङका दुई निर्वाचन क्षेत्रका ६० योजनामा बजेट विनियोजन गरिएको छ । जिल्लाका दशवटै स्थानीय तहमा सडक, खानेपानी, कृषि, पर्यटन र खेलकूदलगायतका योजनामा बजेट विनियोजन गरिएको हो । विनियोजित योजनामध्ये अधिकांश सडकका योजना छन् ।
स्थानीय पूर्वाधार विकास साझेदारी अनुदान कार्यक्रमअन्तर्गत प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा समानुपातिक सांसद, सम्बन्धित पालिकाका प्रमुख तथा उपप्रभुख, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखसमेतको बैठकले योजना बाँडफाँट गरेको हो । कार्यक्रमअन्तर्गतको रु आठ करोड बजेटमा यहाँका स्थानीय तहले केही साझेदारी गर्नेछन् ।
विगतका वर्षमा टुक्रे बजेटले उपलब्धि हासिल नहुने भन्दै चार वटा पालिकामा एकमुष्ट बजेटका योजना बनाएको क्षेत्र नं १ ले यो वर्ष टुक्रे योजनामै बजेट बाँडेको छ । बागलुङ निर्वाचन क्षेत्र नं १ अन्तर्गत बागलुङ नगरपालिकामा ११ योजनामा बजेट विनियोजन गरिएको छ । एघार योजनामध्ये धौलागिरि बहुमुखी क्याम्पसमा इ–लाइब्रेरी, वडा नं १२ मा मदरसा भवन निर्माण र वडा नं ३ मा शहीद पार्क निर्माणको योजना छ भने बाँकी सबै सडक स्तरोन्नतिका योजना छन् ।
जैमिनी नगरपालिकामा छ वटा योजनामा बजेट विनियोजन भएको छ । दुर्लिबेंसी खेलकूद मैदान र बोर जैदी खेलकूद मैदानबाहेक जैमिनीमा पनि बाँकी योजना सडक स्तरोन्नतिका छन् । काठेखोला गाउँपालिकामा नौ योजनामा बजेट विनियोजन गरिएको छ । जसमध्ये दुग्ध उत्पादन सङ्कलन केन्द्र, शीतभण्डार निर्माण, मदन स्मृति पार्क निर्माण, भीमसेन क्याम्पसको भवन निर्माण र केही सडकको स्तरोन्नतिका योजना रहेका छन् ।
बरेङ गाउँपालिकामा चार मात्रै योजनामा बजेट विनियोजन गरिएको छ । बरेङमा तीन सडक र एक आमा समूहको भवन निर्माणको योजना छ । क्षेत्र नं १ मा पर्ने स्थानीय तहको साझेदारीमा विविधता छ । बागलुङ नगरपालिकाले ६०, काठेखोलाले १०, जैमिनीले २० र बरेङ गाउँपालिकाले ३० प्रतिशत साझेदारी गर्ने जनाएका छन् ।
निर्वाचन क्षेत्र नं २ अन्तर्गत पर्ने छ स्थानीय तहमा ३० योजनामा बजेट विनियोजन गरिएको छ । ताराखोला गाउँपालिकाले उपलब्धि देखिनेगरी एउटा मात्रै योजनामा स्थानीय पूर्वाधार विकास साझेदारी अनुदान कार्यक्रमअन्तर्गतको बजेट उपयोग गर्ने भएको छ ।
ताराखोलामा सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि कार्यक्रमअन्तर्गत रु ५४ लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले अपुग रकम साझेदारी गर्नेछ । गलकोट नगरपालिकामा १० योजना छनोट गरिएका छन् । अधिकांश सडक स्तरोन्नतिका योजना छन् ।
बडीगाड गाउँपालिकामा नौ योजनामा बजेट विनियोजन गरिएको छ । बडीगाडमा विद्यालय भवनदेखि खरको छाना विस्थापन कार्यक्रम प्राथमिकतामा परेका छन् । ढोरपाटन नगरपालिकामा चारवटा मात्रै योजनामा बजेट विनियोजन गरिएको छ । विद्युत्गृह मर्मत, सडक र खानेपानीका योजना प्राथमिकतामा परेका छन् । तमानखोला गाउँपालिकामा दुई योजनामा बजेट विनियोजन गरिएको छ । दुई योजना नै सडकका छन् ।
निसीखोला गाउँपालिकामा पहिरो रोकथाम, विद्यालय भवन मर्मत र सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी अनुदान कार्यक्रमअन्तर्गत निसीखोलामा चार योजनामा बजेट विनियोजन गरिएको छ । “जनताका आवश्यकताका विषयमा छलफल गरेर बजेट बाँडेका छौँ”, प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले भन्नुभयोे, “विगतका वर्षमा जस्तो यो वर्ष ठूला योजनामा मात्रै बजेट बाँडेर जान सकिएन्, जनताका गुनासा धेरै आए ।”
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई