
१पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
२स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
३‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
४पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
५आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
६फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०डुलुवाको अध्यक्षमा योगेश भट्टराई
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा । गण्डकी प्रदेश सरकारले कास्कीको मादी गाउँपालिकामा तीन मोटरेवल पुल एकैसाथ शिलान्यास गरिएको छ । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मादी –४ र ११ जोड्ने इदिखोलामाथिको पुल, वडा नं ११ र १० जोड्ने मकैखोला तथा वडा नं ९ र १० जोड्ने बार्दीखोलामाथिको मोटरेवल पुल शिलान्यास गर्नुभएको हो ।
मुख्यमन्त्री गुरुङले बुधबार शिलान्यास गर्दै अब बन्ने पुल मध्यपहाडी क्षेत्रको समृद्धि र विकासका लागि कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै निर्माणको गुणस्तरीयता कायम राखी निर्धारित समयमै सम्पन्न गर्न सम्बद्ध सबै पक्षको जागरुकता आवश्यक हुने बताउनुभयो ।
ती पुलमध्ये इदीखोला र वार्दीखोलाका दुई पुल राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत पर्छन् । करीब एक हजार ७०० किलोमिटर लम्बाइको लोकमार्गले मुलुकका छ प्रदेशलाई जोड्छ । पहाडी क्षेत्रको कृषि उत्पादन, पर्यटन प्रवद्र्धन, जलविद्युत् उत्पादनमा समेत ती पुल सहयोगी बन्ने छन् । प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा १५० भन्दा बढी मोटरेवल पुल निर्माण भइरहेको जनाइएको छ ।
“लोकमार्ग सामाजिक, सांस्कृतिक भावना जगाउँदै राष्ट्रिय एवं भौगोगिक एकतालाई समेत कायम गर्ने एउटा आधार बन्छ”, मुख्यमन्त्री गुरुङले भन्नुभयो, “यसको निर्माणमा स्थानीय बासिन्दासहित तीनै तहका सरकार कटिबद्ध भएर लाग्नुको विकल्प छैन ।”
भौतिक पूर्वाधार मन्त्रालय, गण्डकी प्रदेश पूर्वाधार विकास कार्यक्रमद्वारा एक वर्षभित्र निर्माण सम्पन्न गरिने पुलमध्ये वार्दीखोला मोटरेवल पुलको रु चार करोड ५२ लाख ७२ हजार ४५४, इदीखोला पुलको रु चार करोड ४२ लाख १७ हजार ६३ र मकैखोला मोटरेवल पुलको रु दुई करोड ३२ लाख ६९ हजार ३५२ को लागत अनुमान छ ।
सो अवसरमा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले समृद्धिको आधारका रूपमा रहेको मध्यपहाडी लोकमार्ग निर्माणमा स्थानीय बासिन्दाका साथै तीन तहका सरकारको सक्रियता औँल्याउँदै वीर पुर्खाको गौरवशाली योगदानलाई उच्च मूल्याङ्कन गर्दै यस क्षेत्रमा पर्ने कोलासोथरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरिनुपर्ने माग गर्नुभयो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले विकासको मेरुदण्डका रूपमा रहेको सडक निर्माण प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै तोकिएको समय र गुणस्तरमा कुनै सम्झौता नहुने बताउनुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले ग्रामीण क्षेत्रमा निर्माण गरिने सडक स्थानीय बासिन्दाको आयआर्जनसँग जोडिनुपर्ने बताउनुभयो । जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले मादी करिडोर मध्यपहाडी लोकमार्गमा परिणत भएको बताउनुभयो । प्रदेशसभा सदस्य मनबहादुर गुरुङले मादी गाउँपालिकालाई जोड्ने विभिन्न स्थानमा दुई पुल निर्माण सम्पन्न भएको र सात पुल निर्माणाधीन रहेको जानकारी दिनुभयो ।
मध्यपहाडी लोकमार्ग कास्की, पर्वत र बागलुङ खण्ड आयोजना प्रमुख मेघराज मरासिनीले इदीखोला र वार्दीखोलामा निर्माण गरिने मोटरेवल पुल लोकमार्गको मापदण्डमा रहेको बताउँदै यस क्षेत्रअन्तर्गतको ७५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो । सो क्षेत्रअन्तर्गतको रुदी–भैँसे खण्डको १६ किलोमिटर सडकखण्डको ठेक्का अन्तिम चारणमा पुगेको छ ।
मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले मध्यपहाडी लोकमार्ग गण्डकी प्रदेशको राजधानी पोखरासँग जोडिने हुँदा मोटरेवल पुलले क्षेत्रको समृद्धिको ढोका खुल्ने विश्वास व्यक्त गर्नुभयो । भौतिक पूर्वाधार मन्त्रालयका दिनेश घिमिरे, मादी–१० का वडाध्यक्ष कुलप्रसाद गुरुङलगायतले पुल निर्माणसँगै यस क्षेत्रको समग्र विकाससँगै स्थानीय बासिन्दाको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई