
१प्रधानमन्त्री बालेनको भ्रमणका तीन ‘मेजर आउटकम’ : आर्थिक प्याकेजदेखि बन्दरगाह र रेलमार्गसम्म
२नयाँदिल्लीमा प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
३प्रधानमन्त्री बालेन शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादद्वारा स्वागत
४इजरायल पठाउने नाममा ठगी गर्ने कांग्रेस नेता चौलागाईं जेल चलान
५प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण स्वीकृत
६पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
७सशस्त्र प्रहरीको विद्यालयको अनियमिततामा डिआइजी दिग्विजय पनि अख्तियारको छानबिनमा
८अवैध असुलीमा पक्राउ पुर्जी जारी भएपछि पूर्वमुख्यसचिव एकनारायण अर्याल फरार
९सिडिओ हुँदा भ्रष्टाचार, सहसचिव हुँदा अवैध असुली: उमेश ढुंगाना सीआईबीको हिरासतमा
१०नेपाली श्रमिकबाट साढे दुई अर्ब ठगी, दुई पूर्वमन्त्रीसहित उच्च अधिकारी पक्राउ
११गाउँ फर्काउने लक्ष्यसहित पुस ८ मा सात सय कोल्मा बहाकोट क्रसकन्ट्री दौड
१२वर्षमान पुनको दाबी: ‘बालेनले जुनसुकै बेला रविलाई थुन्न सक्छन्, एमाले एकताका लागि हतारियो’
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त
६फ्लोअप: ‘बाल यौन दुरुपयोग’मा जर्मन नागरिक दोषी ठहर, देश निकाला
७पोखराको प्राकृतिक तथा ऐतिहासिक सम्पदामाथि दोहनको श्रृंखला-तत्काल रोकियोस्
८‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
९आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
१०डा. मनोज केसी नेपाल प्रहरीको ३४औं महानिरीक्षक
११डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
१२न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
नयाँ दिल्ली, ७ मंसिर । भारतको दुईदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ ।
वार्तामार्फत नेपाल-भारत सम्बन्ध, व्यापार, ऊर्जा, कनेक्टिभिटी र पूर्वाधार विकासका क्षेत्रमा महत्वपूर्ण सहमति जुट्नुका साथै भ्रमणका तीन मुख्य उपलब्धि (मेजर आउटकम) को खाकासमेत तयार भएको छ ।
भ्रमणको मुख्य उपलब्धिका रूपमा भारतले नेपाललाई ‘विशेष आर्थिक प्याकेज’ उपलब्ध गराउने सहमति जनाएको छ, यद्यपि उक्त प्याकेजको कुल रकमबारे भने आधिकारिक रूपमा खुलाइएको छैन । दोस्रो मुख्य उपलब्धिका रूपमा तेस्रो मुलुकसँगको व्यापार सहज बनाउन नेपालले भारतको गुजरातस्थित कान्दला र ओडिशाको पारादीप बन्दरगाह प्रयोगको अनुमति पाउने भएको छ ।
नेपालले गुजरातकै मुन्द्रा बन्दरगाहको समेत माग राखे पनि भारतले कान्दला र पारादीप बन्दरगाह उपलब्ध गराउने निर्णय गरेको हो । त्यसैगरी, तेस्रो महत्वपूर्ण उपलब्धिका रूपमा धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म सिधा रेल सेवा सञ्चालनमा आउने भएको छ । भारतले ‘सर्यु कमला एक्सप्रेस’ नाम दिएको उक्त रेल सेवाको दुवै देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट संयुक्त उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
यी तीन मुख्य उपलब्धिबाहेक दुई देशबीच पूर्वाधार, ऊर्जा र शिक्षा क्षेत्रमा समेत दूरगामी महत्वका सहमति भएका छन् । जसअनुसार भारतले चितवनमा एग्रो इन्डस्ट्रियल पार्क निर्माण गरिदिने, रक्सौल-काठमाडौँ रेलमार्ग विस्तारको अन्तिम अध्ययन प्रतिवेदन तयार पार्ने तथा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने मोटरेबल पुल निर्माण गर्ने सहमति भएको छ । ऊर्जा तथा इन्धन पूर्वाधारतर्फ तल्लो अरुण जलविद्युत् परियोजना, झापामा पेट्रोलियम टर्मिनल र बनबासा-दोधारा चाँदनी एकीकृत जाँच चौकी (आईसीपी) को शिलान्यास गरिने भएको छ ।
साथै, मोतिहारी-अमलेखगञ्ज पाइपलाइन, सिलिगुरी-झापा ग्यास पाइपलाइन, जयनगर-बर्दिबास तथा जोगबनी-विराटनगर रेल सेवा, बर्दिबास-निजगढ र वीरगञ्ज-निजगढ रेल लिंकमा सहकार्यका साथै टेलिकम र बैंकिङ सुविधामा सहजीकरण गर्ने विषयमा समेत समझदारी जुटेको छ । शैक्षिक क्षेत्रको महत्वपूर्ण उपलब्धिका रूपमा भारतीय प्राविधिक संस्थान (आईआईटी)का शाखा क्याम्पसहरू नेपालमा विस्तार गर्ने सहमतिसमेत भएको छ ।
यसअघि सोमबार बिहान राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाहलाई भारतीय सेनाले ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो । लगत्तै हैदराबाद हाउस पुगेका शाहलाई भारतीय प्रधानमन्त्री मोदीले न्यानो अंकमालसहित स्वागत गरेका थिए । उच्चस्तरीय द्विपक्षीय वार्तामा नेपालका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत निश्चलनाथ पाण्डेलगायत सहभागी थिए ।
भारतीय पक्षबाट विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, राज्यमन्त्री जितिन प्रसाद, प्रधानमन्त्री मोदीका प्रधान सचिवद्वय पीके मिश्रा र शक्तिकान्त दास, विदेश सचिव विक्रम मिस्री र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायतको उपस्थिति थियो ।
सोमबार नै प्रधानमन्त्री शाहले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जलि अर्पण गरेका थिए ।समाधिस्थलको आगन्तुक पुस्तिकामा सन्देश लेख्दै उनले ‘साँचो नेतृत्व भनेको समाजका सबैभन्दा विनम्र तथा कमजोर मानिसको निःस्वार्थ सेवा गर्नु हो’ भन्ने उल्लेख गरेका छन् । गान्धीको विरासतमा अमर प्रकाश र करुणा नै सर्वोच्च शक्ति रहेको बताउँदै उनले गान्धीको आदर्शको सम्मान गर्दै गहिरो इमानदारी, पारस्परिक सम्मान र अटल विश्वासका साथ दुई देशको सम्बन्धलाई अझ सुदृढ बनाउने नेपालको दृढ प्रतिबद्धता व्यक्त गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीद्वारा आयोजित दिवाभोजमा सरिक भएपछि प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ता गर्नेछन् । आइतबार नयाँदिल्ली प्रस्थान गरेका प्रधानमन्त्री शाह भ्रमणका सम्पूर्ण औपचारिक कार्यक्रम सम्पन्न गरी सोमबार अपराह्न ४:५० बजे स्वदेश प्रस्थान गर्ने र साँझ ६:३५ बजे काठमाडौँ आइपुग्ने कार्यतालिका रहेको छ ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त