News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तर्राष्ट्रिय प्रमुख समाचार राजनीति

नयाँदिल्लीमा प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली, ५ मंसिर । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच आइतबार साँझ नयाँदिल्लीमा शिष्टाचार भेटवार्ता भएको छ। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहले भ्रमणको पहिलो औपचारिक भेटवार्ता विदेशमन्त्री जयशंकरसँग गरेका हुन्।

प्रधानमन्त्री शाह बसिरहेको नयाँदिल्लीस्थित होटल ताजमहलमा भएको उक्त भेटवार्तामा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा गहन छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। करिब २५ मिनेट चलेको भेटमा विशेषगरी नेपाल–भारतबीच कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्ध विस्तारलगायतका विविध पक्षमा कुराकानी भएको थियो।

भेटवार्तापछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भारतीय विदेशमन्त्री डा. जयशंकरले नेपालसँगको सम्बन्धलाई भारतले ‘विशेष मित्रता’ को रूपमा लिएको उल्लेख गरेका छन्। साथै, उनले प्रधानमन्त्री शाहको भारतीय समकक्षी नरेन्द्र मोदीसँग हुने आगामी भेटवार्ताप्रति आफू आशावादी रहेको समेत बताएका छन्।

गत मार्चमा प्रधानमन्त्रीको पदभार सम्हालेयता शाहको यो पहिलो विदेश भ्रमण हो। भ्रमणका क्रममा उनले सोमबार भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुका साथै प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ।

डनन्यूज ट्रेन्डिङ