
१प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण स्वीकृत
२पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
३सशस्त्र प्रहरीको विद्यालयको अनियमिततामा डिआइजी दिग्विजय पनि अख्तियारको छानबिनमा
४अवैध असुलीमा पक्राउ पुर्जी जारी भएपछि पूर्वमुख्यसचिव एकनारायण अर्याल फरार
५सिडिओ हुँदा भ्रष्टाचार, सहसचिव हुँदा अवैध असुली: उमेश ढुंगाना सीआईबीको हिरासतमा
६नेपाली श्रमिकबाट साढे दुई अर्ब ठगी, दुई पूर्वमन्त्रीसहित उच्च अधिकारी पक्राउ
७गाउँ फर्काउने लक्ष्यसहित पुस ८ मा सात सय कोल्मा बहाकोट क्रसकन्ट्री दौड
८वर्षमान पुनको दाबी: ‘बालेनले जुनसुकै बेला रविलाई थुन्न सक्छन्, एमाले एकताका लागि हतारियो’
९करिब ११ अर्बको अपचलन र ठगी काण्डमा बराह ग्रुपका अध्यक्ष शिव लामिछाने पक्राउ
१०सरकारको प्रतिशोधविरुद्ध आन्दोलनको तयारी गर्न कार्यकर्तालाई ओलीको निर्देशन
११जंगलमै पाँच साता बास बसेर सोवाङधुरीसम्म पदमार्ग तयार
१२दबाब र प्रभावबाट मुक्त भएर अनुसन्धान गर्न आईजिपीको निर्देशन
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त
६फ्लोअप: ‘बाल यौन दुरुपयोग’मा जर्मन नागरिक दोषी ठहर, देश निकाला
७नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
८पोखराको प्राकृतिक तथा ऐतिहासिक सम्पदामाथि दोहनको श्रृंखला-तत्काल रोकियोस्
९‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
१०डा. मनोज केसी नेपाल प्रहरीको ३४औं महानिरीक्षक
११आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
१२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
काठमाडौं, ४ मंसिर । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको आगामी सोमबारदेखि हुने भारतको राजकीय भ्रमणलाई औपचारिक स्वीकृति प्रदान गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण अनुमोदन गर्नुका साथै अन्तर्राष्ट्रिय वित्तीय सहायता स्वीकार गर्ने र विभिन्न नीतिगत कार्ययोजना पारित गर्ने लगायतका सातवटा महत्वपूर्ण निर्णय गरेको हो ।
बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेका हुन् । सञ्चारमन्त्री तिमिल्सिनाका अनुसार बैठकले आगामी मंसिर ६ र ७ गते प्रधानमन्त्री शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्दै भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलसमेत गठन गरेको छ ।
यसका साथै, बैठकले भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २० लाख (२ मिलियन) अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मुलुकको आर्थिक तथा वित्तीय व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)बाट ‘र्यापिड क्रेडिट फ्यासिलिटी’ अन्तर्गत प्राप्त हुने करिब १० करोड ७० लाख (१०७ मिलियन) अमेरिकी डलरबराबरको निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।
मन्त्रिपरिषद् बैठकका अन्य प्रमुख निर्णयहरू यसप्रकार छन्ः
जग्गा नापजाँचको आदेश: देशभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाहरूको नापजाँच गरी स्पष्ट लगत तयार पार्नका लागि आवश्यक आदेश जारी गर्ने ।
जैविक विविधता कार्ययोजना: ‘राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (सन् २०२६-२०३०)’ स्वीकृत गर्ने ।
सम्पदा संरक्षण मापदण्ड: ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदाको संरक्षणसम्बन्धी नम्स २०८३ स्वीकृत गर्ने ।
झोलुंगे पुल नीति: ग्रामीण तथा दुर्गम क्षेत्रको यातायात सहजताका लागि ‘राष्ट्रिय झोलुंगे पुल नीति २०८३’ स्वीकृत गर्ने ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त