News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

डन न्यूज खोज प्रमुख समाचार

सिडिओ हुँदा भ्रष्टाचार, सहसचिव हुँदा अवैध असुली: उमेश ढुंगाना सीआईबीको हिरासतमा

काठमाडौं, ४ मंसिर । सहसचिव उमेश ढुंगाना एक वर्षमै दुई ठूला भ्रष्टाचार प्रकरणमा तानिएका छन्। गत वर्ष यातायात लाइसेन्स घोटालामा अख्तियारले मुद्दा दायर गरेको उनी अहिले मलेसिया जाने कामदारबाट अवैध असुली र त्यो रकम विदेश पठाउन सहयोग गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा छन्।

काठमाडौं। सहसचिव उमेश ढुंगाना एक वर्षको अवधिमा दुईवटा ठूला अनियमितताका छानबिनमा तानिएका छन्। गत वर्ष उनीमाथि भ्रष्टाचार मुद्दा दायर भएको थियो भने यसपटक मलेसिया जाने कामदारबाट अवैध रूपमा रकम असुली गरी त्यो रकम विदेश पठाउन सघाएको अभियोग लागेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार उनीसहित ६ जनालाई पक्राउ गरेको थियो। तत्कालीन श्रममन्त्री रामेश्वर राय यादव, शेरबहादुर कुँवर र तत्कालीन सचिव विनोद केसी पक्राउ परेका छन्। वैदेशिक रोजगार महाशाखामा कार्यरत रहेका सहसचिव उमेश ढुंगाना र राजीव पोखरेललाई पनि सीआईबीले पक्राउ गरी हिरासतमा राखेको छ।

सहसचिव ढुंगाना लमजुङको प्रमुख जिल्ला अधिकारी (सिडिओ) का रूपमा कार्यरत रहँदा गत वर्ष फागुन १४ गते पक्राउ परेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। सो मुद्दामा उनी साधारण तारेखमा छुटेका थिए। यातायात कार्यालयका कर्मचारी, ट्राफिक प्रहरी र ड्राइभिङ सेन्टर सञ्चालक मिलेर घुस असुली गरी साढे पाँच हजार लाइसेन्स जारी गरेको अभियोग उनीहरूमाथि थियो। एक वर्षमै दुई पटक ठूला भ्रष्टाचार प्रकरणमा नाम जोडिएका सहसचिव ढुंगाना अहिले सीआईबीको हिरासतमा छन्।

डनन्यूज ट्रेन्डिङ