
१न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
२सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
३डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
४सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
५चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
६नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
७आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
८‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
९‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
१०पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
११डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१२ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काठमाडौं, १२ कार्तिक । देशको न्याय प्रणालीमा बिचौलियाको प्रभाव र सेटिङ कतिसम्म गहिरो छ भन्ने विषयमा फेरि एकपटक सनसनीपूर्ण खुलासा भएको छ। कारागारमा रहेका विवादास्पद कारोबारी दीपक भट्ट र उनको समूहका विचाराधीन मुद्दाहरूमा आर्थिक चलखेल गरेको आरोपमा पक्राउ परेका मुख्य बिचौलिया इनम सापकोटाको मोबाइलबाट सर्वोच्च अदालतका न्यायाधीशहरू र प्रहरी प्रमुखसँगै जोडिएका गम्भीर शृङ्खलाहरू बाहिरिएका छन्।
एक ह्वाट्सएप संवादले सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल, प्रहरी प्रमुख दानबहादुर कार्की र बिचौलिया सापकोटाबीचको शंकास्पद सम्बन्ध र न्यायिक विचलनको पर्दाफास गरेको छ। प्रहरी प्रमुख आईजिपी कार्की र बिचौलिया सापकोटाबीचको पोशाक खरिद सम्बन्धमा समेत अत्यन्त संवेदनशिल संवादहरु भेटिएका छन् ।
सर्वोच्चका न्यायाधीश र विवादास्पद कारोबारीको ‘ह्वाट्सएप संवाद’ बाहिरियो
‘रोहित गुप्तालाई धरौटीमा छाड्यौँ, भोलि साँझ होटेलमा भेटौँ’’, स्रोतका अनुसार विशेष अदालतको निर्णयलाई उल्ट्याउँदै गत १७ भदौमा सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको संयुक्त इजलासले विवादास्पद कारोबारी समूहका रोहित गुप्तालाई धरौटीमा छाड्ने आदेश दिएको थियो। ठीक सोही दिन बिचौलिया सापकोटाको ‘मिस्डकल’को जवाफ फर्काउँदै न्यायाधीश फुयालले लेखेका छन्, ‘मैले यो ढिलो देखेँ। उनलाई (रोहित गुप्तालाई) छाड्ने आधारै रहेछ, हामीले दुई करोड धरौटी मागेका छौँ।’ सोही म्यासेजमा गुप्तालाई धरौटीमा छाड्ने आदेश राखिएको सर्वोच्च अदालतको आधिकारिक वेबसाइटको लिङ्कसमेत पठाएका फुयालले सापकोटालाई भेट्न प्रस्ताव गर्दै लेखेका छन्, ‘भोलि साँझ ७ बजे हिमालय होटेलमा भेटौँ।’
जवाफमा बिचौलिया सापकोटाले ‘स्योर सर, चिन्ता गर्नुस् म भर्खर ल्यान्ड भएको छु’ भन्दै भेटका लागि सहमति जनाएका छन्। अदालतमा विचाराधीन संवेदनशील मुद्दाका विषयमा न्यायाधीश आफैँले बिचौलियालाई विवरण टिपाउनु र गोप्य रूपमा होटेलमा भेट्ने प्रस्ताव गर्नुले न्यायिक आचारसंहिताको गम्भीर धज्जी उडाएको छ। प्रहरीले हिमालय होटेलको उक्त समयको सिसिटिभी फुटेजसमेत मगाएर गम्भीर अनुसन्धान अघि बढाउने तयारी गरेको छ।
जेलदेखि न्यायालयसम्मको नेटवर्क र पूर्वप्रधानन्यायाधीशसम्म कनेक्सन
दीपक भट्ट र उनको समूहले धितोपत्र, बिमा र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा २७ अर्बभन्दा बढीको वित्तीय घोटाला गरेको अभियोगमा विभिन्न अदालतमा मुद्दा झेलिरहेका छन्। जेलभित्रैबाट समेत मुद्दा प्रभावित पार्न खोजेपछि भट्टलाई डिल्लीबजारबाट नक्खु र हाल सिन्धुपाल्चोक कारागार सरुवा गरिएको थियो। यही समूहलाई अदालतबाट उन्मुक्ति दिलाउन बिचौलिया इनम सापकोटाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालगायत उच्चपदस्थहरूसँग मिलेर ‘सेटिङ’ धन्दा चलाएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ।
प्रहरीले गत १४ असोजमा विमानस्थलबाट सापकोटालाई पक्राउ गरी डिजिटल फरेन्सिक ल्याबमार्फत उनका मोबाइल र बैंक खाताहरूको गहन छानबिन गरिरहेको छ। सापकोटासँगको शंकास्पद सम्बन्ध र गोप्य सूचना चुहाएको आरोपमा सरकारले यसअघि नै सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाललाई समेत सेवाबाट हटाइसकेको छ। त्यस्तै, अनुसन्धानका क्रममा सापकोटाको नेटवर्कमा जोडिएका दीपक भट्टका दााइ सुशील भट्टसमेत पक्राउ परिसकेका छन्।
कानुनविद् र बारको कडा आक्रोश
न्यायाधीश जस्तो गरिमामय पदमा बसेका व्यक्तिले विचाराधीन मुद्दाका पक्षसँग बिचौलियामार्फत सम्पर्क गर्नु र होटेलमा भेटघाटको प्रस्ताव राख्नु अक्षम्य अपराध भएको वरिष्ठ अधिवक्ताहरूले बताएका छन्। वरिष्ठ अधिवक्ता बाबुराम दाहालले तत्काल निष्पक्ष छानबिन गरी दोषी न्यायाधीशलाई निलम्बन गर्नुपर्ने माग गरेका छन्। नेपाल बार एसोसिएशनका अध्यक्ष मिश्रले न्यायपालिकालाई भ्रष्टाचारमुक्त बनाउन सरकारले गर्ने निष्पक्ष छानबिनमा आफ्नो पूर्ण सहयोग रहने तर यो कारबाही स्टन्टबाजी मात्रै हुन नहुने बताएका छन्।
अर्कोतर्फः निर्वाचन प्रहरी पोसाक खरिदमा संसदीय उपसमितिको छानबिन तीव्र
यसैबीच, प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिद्वारा गठित संसदीय उपसमितिले निर्वाचन प्रहरीको पोसाक खरिदमा उठेका प्रश्नहरूको प्रारम्भिक अध्ययन सुरु गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको नेतृत्वमा गठित ९ सदस्यीय उपसमितिको बिहीबार बसेको बैठकले गत २१ फागुनको निर्वाचनका लागि खरिद गरिएका पोसाक तथा सामग्रीहरूबारे आएका एक बोराभन्दा बढी कागजातहरूको अध्ययन थालेको छ। करिब एक अर्ब रुपैयाँ निकासा भई कमसल सामग्री वितरण गरिएको भनिएको उक्त पोसाक खरिद प्रकरणको प्रारम्भिक अध्ययन आगामी कात्तिक ३० गतेभित्रै सम्पन्न गर्ने गरी उपसमितिले आन्तरिक कार्यविधि तय गरेको छ।