
१पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
२सशस्त्र प्रहरीको विद्यालयको अनियमिततामा डिआइजी दिग्विजय पनि अख्तियारको छानबिनमा
३अवैध असुलीमा पक्राउ पुर्जी जारी भएपछि पूर्वमुख्यसचिव एकनारायण अर्याल फरार
४सिडिओ हुँदा भ्रष्टाचार, सहसचिव हुँदा अवैध असुली: उमेश ढुंगाना सीआईबीको हिरासतमा
५नेपाली श्रमिकबाट साढे दुई अर्ब ठगी, दुई पूर्वमन्त्रीसहित उच्च अधिकारी पक्राउ
६गाउँ फर्काउने लक्ष्यसहित पुस ८ मा सात सय कोल्मा बहाकोट क्रसकन्ट्री दौड
७वर्षमान पुनको दाबी: ‘बालेनले जुनसुकै बेला रविलाई थुन्न सक्छन्, एमाले एकताका लागि हतारियो’
८करिब ११ अर्बको अपचलन र ठगी काण्डमा बराह ग्रुपका अध्यक्ष शिव लामिछाने पक्राउ
९सरकारको प्रतिशोधविरुद्ध आन्दोलनको तयारी गर्न कार्यकर्तालाई ओलीको निर्देशन
१०जंगलमै पाँच साता बास बसेर सोवाङधुरीसम्म पदमार्ग तयार
११दबाब र प्रभावबाट मुक्त भएर अनुसन्धान गर्न आईजिपीको निर्देशन
१२सहकारी ठगी कसुरमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई ८ वर्ष कैद सजाय फैसला
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त
६फ्लोअप: ‘बाल यौन दुरुपयोग’मा जर्मन नागरिक दोषी ठहर, देश निकाला
७नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
८पोखराको प्राकृतिक तथा ऐतिहासिक सम्पदामाथि दोहनको श्रृंखला-तत्काल रोकियोस्
९‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
१०डा. मनोज केसी नेपाल प्रहरीको ३४औं महानिरीक्षक
११आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
१२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
काठमाडौं, ४ मंसिर । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा करिब ११ करोड रुपैयाँ हिनामिना भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्चपदस्थ अधिकारीसम्मलाई छानबिनको दायरामा ल्याएको छ। इन्स्पेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामा पक्राउ परेपछि अहिले डिआइजी तहसम्मका अधिकारी अख्तियारको बयानमा तानिएका छन्।
सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा भएको ठूलो आर्थिक अनियमितता प्रकरणमा अख्तियारले उच्च तहसम्म अनुसन्धान विस्तार गरेको छ। अनियमितता हुँदा विद्यालयका समादेशक रहेका हालका डिआइजी दिग्विजय सुवेदीलाई समेत आयोगले छानबिनको दायरामा ल्याएको छ। अख्तियारले छानबिन अघि बढाएपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले सुवेदीलाई बाहिनीपतिको जिम्मेवारीबाट हटाएको छ। उनी कैलालीस्थित बाहिनीमा कार्यरत थिए।
अख्तियारले यस प्रकरणमा एक दर्जनभन्दा बढीको बयान लिइसकेको छ। सुरुमा सशस्त्र प्रहरीको कल्याण शाखाले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको थियो। सोही जाहेरीका आधारमा गत २० असारमा प्रहरीले इन्स्पेक्टर गुरुङ र लीलाबहादुर लामालाई पक्राउ गरेको थियो। भ्रष्टाचार मुद्दा आकर्षित हुने निचोडसँगै १० दिनपछि दुवैलाई अख्तियारमा बुझाइएको थियो।
दुई महिना अख्तियारकै हिरासतमा राखेर अनुसन्धान गरेपछि उनीहरूलाई साढे १३ करोड धरौटीमा रिहा गरिएको स्रोत बताउँछ। रिहा भएपछि लामा भने ठगीसम्बन्धी अर्को मुद्दामा प्रहरीकै हिरासतमा छन्। गुरुङ र लामामाथि अख्तियारको अनुसन्धान अझै जारी छ।
इन्स्पेक्टर गुरुङले करिब ६ वर्ष विद्यालयको लेखा अधिकृत भएर काम गरेकी थिइन्। विद्यालयको आम्दानी कल्याण कोषमा जम्मा गर्नुपर्नेमा उनले गैरकानुनी रूपमा रकम निकालेर साथी लामालाई दिँदै आएकी थिइन्। कतिपय रकम कनेक्ट आइपिएसबाट लामाको कम्पनीको खातामा स्थानान्तरण गरिएको छ। स्कुलको कमान्डेटको नम्बर भन्दै लामाकै नम्बर बैंकलाई दिएर उनले झुक्याएकी थिइन्।
सशस्त्र प्रहरीले आन्तरिक छानबिन पनि गरेको थियो। डिआइजी युवराज अर्यालको नेतृत्वमा गठित समितिले इन्स्पेक्टरकै योजनामा हिनामिना भएको निष्कर्ष निकालेको थियो। सुरुमा पैसा फिर्ता गर्ने मौका दिए पनि फिर्ता गर्न नसकेपछि कानुनी प्रक्रिया अघि बढेको हो। यस प्रकरणमा विद्यालयका तत्कालीन कमान्डेन्टहरू सुवेदीसहित भूपेन्द्र केसी र रामजंग पाण्डे पनि छानबिनमा छन्। कल्याण शाखाका अधिकारीको भूमिका पनि शंकास्पद देखिएको छ। अख्तियारको अनुसन्धान अन्तिम चरणमा पुगेको स्रोत बताउँछ।
यसैबीच, लगिबिचौलिया इनम सापकोटासँग साँठगाँठको आरोपमा सेवाबाट हटाइएका सशस्त्र प्रहरीका तत्कालीन एआईजी वंशीराज दाहालले कारबाही पुनरावलोकनका लागि निवेदन दिएका छन्। उनले गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पुनरावेदन निवेदन दिएका हुन्। गत २३ असोजमा गृहमन्त्रीस्तरीय निर्णयबाट उनलाई सेवाबाट हटाइएको थियो। सशस्त्र प्रहरी नियमावलीको दफा ११३ (ग) अनुसार आचरणसम्बन्धी नियम बारम्बार उल्लंघन गरेको अभियोग लगाइएको थियो। हाल हिरासतमा रहेका सापकोटालाई सुरक्षासम्बन्धी संवेदनशील सूचना ह्वाट्सएपमा पठाएको खुलेपछि दाहाललाई कारबाही गरिएको हो। उनको पुनरावेदनउपर निर्णय भने अझै भइसकेको छैन।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त