
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
मुग्लिन । चितवन राष्ट्रिय निकुञ्जमा विशेष सुरक्षा अभियान (स्वीप अपरेसन) सञ्चालन गरिएको छ । नेपाली सेनाले निकुञ्जको सबै क्षेत्रमा पुग्ने गरी (स्वीप अपरेसन) विशेष अभियान तीव्र पारेको हो । विशेषगरी बर्सात सकिएपछि निकुञ्जभित्र झाडी पातलो हुँदै जाँदा तस्करको पहुँच वन्यजन्तुसम्म पुग्न सक्ने भन्दै निकुञ्ज कर्मचारी र नेपाली सेनाको बटुक दल गणले विगत एक महिना अगाडिबाट शुरु गरेको विशेष अभियानलाई तीव्र पारेको छ ।
निकुञ्जलाई विभिन्न क्षेत्रमा विभाजन गरी निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल र नेपाली सेनाको बटुक दल गणका गणपति अरुण श्रेष्ठसहित सोही क्षेत्रका गुल्मपति र निकुञ्जका सहायक संरक्षण अधिकृतको नेतृत्वमा हात्ती, डुङ्गा, गाडी, साइकल र पैदल गस्तीसहित स्वीप अपरेसन अझै एक महिना जारी रहने नेपाली सेनाको बटुक दल गणका गणपति श्रेष्ठले जानकारी दिनुभयो ।
विगतका वर्षमा अधिकांश चोरी शिकारीका घटना यसै मौसममा हुने गरेको तथ्याङ्कले देखाएको छ । पोष्ट नभएका क्षेत्रमा रातमा पोष्ट खडा गरी बस्ने काम पनि गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले बताउनुभयो । अधिकृत बरालले भन्नुभयो, “विगतका वर्षहरुमा यसै मौसममा चोरी शिकारीका घटना बढी हुने तथ्याङ्क छ, त्यसकारण चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको बटुकदल गणले सुरक्षा गस्तीलाई बढाउनुका साथै सुरक्षाका रणनीति परिवर्तन गरी विभिन्न विशेष अपरेसन कारवाही सञ्चालन गरेका छौँ ।”
निकुञ्जको चुरेदेखि महाभारत हुँदै घाँसे मैदानसम्मका सबै क्षेत्रमा पुग्ने गरी अभियान सञ्चालन गरिएको छ । बर्सातको समयमा वन्यजन्तु मरेर कुहिएको भए पनि थाहा लाग्ने र बाह्य व्यक्तिको प्रवेश भए जानकारी हुने भएकाले अभियान प्रभावकारी हुने संरक्षण अधिकृत बरालको भनाइ छ ।
निकुञ्ज र सेनाले पछिल्लो समयमा स्थानीयवासीले नै संरक्षण संवेदनशीलता नबुझ्दा समस्या आएको भन्दै कोर इलाका प्रवेश नगर्न निर्देशन पनि गरेको छ । संरक्षणका काम कारवाहीमा पछिल्लो समयमा राजनीतिक दबाबले समेत प्रभाव पारेको भन्दै सबै संरक्षणको भावलाई थप जागरुक गर्न संरक्षणमा खलल पुर्याउने जोकोहीलाई पनि निरुत्साहित गर्न संरक्षणकर्मीले माग पनि गरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जमा भएको गैँडाको चोरी शिकारीका कारण सुरक्षा चुनौती बढेसँगै नियमित गस्तीहरु बढाउनुका साथै विशेष सैनिक कारवाही सञ्चालनमा ल्याएको छ । संवेदनशील क्षेत्रमा प्रविधिजन्य उपकरण जडान, ड्रोनको प्रयोगबाट निगरानी तालिम प्राप्त कुकुर टोलीको समेत प्रयोग गरी दैनिक गस्तीका कार्यसञ्चालन गर्दै आइरहेको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन