
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
८फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
११‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
पोखरा, २४ कार्तिक । पोखरा बचत तथा ऋण सहकारीका अध्यक्ष सुरेन्द्रबहादुर गोदारले सेवा केन्द्र अमरसिंह सार्न पटक–पटक रजिस्ट्रार कार्यालय धाउँदा पनि काम भएन। अनि उनले व्यवस्थापक भीष्मप्रताप गुरुङलाई भने– ‘च्यानल (विचौंलिया) खोज, पैसा निकाल।’ गुरुङले तनहुँबाट पोखरा छिरेदेखि नै सुनेका थिए, ‘गण्डकी सहकारी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार उदयबहादुर पराजुलीलाई पैसा नदिए नयाँ शाखा खोल्ने र स्थान्तरण गर्ने काम सम्भव नैं हुँदैंन।’
उनले गण्डकी प्रदेश प्रमुखको कार्यालयमा कम्प्युटर अधिृकतको रुपमा जागिरे रहेका चण्डीप्रसाद अर्यालको च्यानल (विचौंलिया)को बाटो समाते। विचौंलियाको भूमिकामा रहेका अर्याल रजिष्ट्रार पराजुलीको मात्र नभई यतिबेला पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका पनि उत्तिकैं विशेष पात्रका रुपमा परिचित छन् । मेयरका विभिन्न गतिविधिहरुमा संलग्न उनी व्यवसायिक साझेदारका रुपमा समेत पोखरामा चिनिन्छन् ।
२०७८ असार २७ गते सहकारीको संयुक्त खाताबाट अध्यक्ष गोदारको नाममा चेक काटियो–ठ्याक्क २ लाख ५० हजार रुपैयाँ । भौचरमा लेखियोः ‘सहकारी दर्ता तथा विस्तारका लागि।’ त्यो पैसा भीष्मप्रतापले बोकेर चण्डीप्रसादको पोखरामा रहेको कालिका कम्प्युटर पसल पुगे। चण्डीप्रसादकी श्रीमती मैना अर्यालले सो रकम बुझिन् । लगत्तैं रजिस्ट्रार पराजुलीको हस्ताक्षरमा सेवा केन्द्र स्थानान्तरणको प्रमाणपत्र सहकारीको कार्यालयमा आइपुग्यो।

पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–९ को वित्तीय विश्लेषण तथा छानबिन गरी तयार पारिएको रायसहितको प्रतिवेदन–२०८२ मा संस्थाका व्यवस्थापक भीष्मप्रताप गुरुङले सहिछाप गरी दिएको बयान ।
अध्यक्ष गोदारले पनि बयानमा स्वीकारे– ‘मैले पटक–पटक गएँ, काम भएन। च्यानल (विचौंलिया) खोजेर पैसा दिएँ, अनि मात्र सेवा केन्द्र सारियो।’ सहकारीकी टेलर डिलमाया पुर्जा पुनले भनिन्, ‘कार्यक्षेत्र थप्न पैसा दिएको सुनेकी थिएँ, अध्यक्ष–व्यवस्थापकलाई थाहा होला।’
‘पोखरामा जति सहकारीले शाखा थपे, सबैले यही बाटो हिँडेका रहेछन्,’ भीष्मप्रतापले वित्तीय छानबिन समितिसमक्ष दिएको लिखित बयानमा भनेका छन्, ‘मैले च्यानल (विचौंलिया) खोजेँ, चण्डी सरको बाटो थियो। पैसा बुझाएपछि काम भयो। यो रकम मैले होइन, गोदार, चण्डी वा पराजुलीले फिर्ता गर्नुपर्छ।’ रकम दिलबहादुर केसीको खाता नम्बर ०११५०००००५ बाटै निकालिएको थियो।

पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–९ को वित्तीय विश्लेषण तथा छानबिन गरी तयार पारिएको रायसहितको प्रतिवेदन–२०८२ मा संस्थाका अध्यक्ष सुरेन्द्र बहादुर गोदारले सहिछाप गरी दिएको बयान ।
चण्डीप्रसाद अर्यालले भने सबै आरोप अस्वीकार गरे। ‘मलाई केही थाहा छैन,” उनले भने, “यत्तिकै कसैलाई पोलेर भन्ने भए त जे पनि भइहाल्छ। मेरो जिन्दगीमा यस्तो कहिल्यै भएको छैन। कारबाही परे प्राण फाल्न पनि तयार छु।’ उनले यस विषयमा थुनामा रहेका अध्यक्ष गोदार, व्यवस्थापक गुरुङ र उपाध्यक्ष बास्तोलासँग छलफल भईसकेको र सो रकम जसले लगेको हो, त्यो कर्मचारीले छानबिनका क्रममा मिलाई सकेको पनि दावी गरे ।
यो घुसको खेल नयाँ थिएन। पराजुलीले यसअघि मित्रमिलन सहकारीबाट १ करोड २५ लाख र प्राइम सहकारीबाट १६ लाख लिएको अभियोगमा कास्की कारागारमा बसेका थिए। उच्च अदालतबाट धरौटीमा छुटे पनि उनको यस अघि रजिष्ट्रार हुँदा धेरै सहकारीबाट रकम असुल्ने गरेका घटनाहरु एकपछि अर्को पर्दाफास हुँदैं गईरहेका छन् ।
पीडित बचतकर्ताहरू भन्छन्– ‘पोखरा सहकारी एउटा उदाहरण मात्र हो। उदयबहादुर र चण्डीप्रसादको समूहले अन्य सहकारीमा पनि यस्तै लेनदेन गरेका छन्। थप रहस्य चाँडै खुल्छन्, हाम्रो पैसा फिर्ता हुन्छ भन्ने आशा छ।’

मित्रमिलन सहकारी ठगी काण्डमा पुर्पक्षका लागि कारागार चलान भएका तत्कालिन रजिष्ट्रार उदयबहादुर पराजुली । फाईल तस्विर
घुसले शाखा त खुल्यो, तर सहकारी भने डुब्यो। बचतकर्ताको उजुरीपछि गण्डकी सहकारी रजिस्ट्रार कार्यालयले वित्तीय विश्लेषक निर्मल गौतमलाई खटायो। रिपोर्ट आयो–८८ करोड ७० लाख ९८ हजार ९६२ रुपैयाँ हिनामिना। प्रहरीले अध्यक्ष गोदारसहित आठ जनालाई पक्राउ गर्यो। पक्राउ पर्नेमा उपाध्यक्ष शम्भुराज बास्तोला, कोषाध्यक्ष हिरामणी दाहाल, सचिव दिलबहादुर केसी, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भीष्मप्रताप गुरुङ, बजार प्रमुख बेदीप्रसाद सुवेदी र पूर्वसचिव इन्द्रप्रसाद ढकाल छन्।

गण्डकी प्रदेश प्रमुखको कार्यालयमा कम्प्युटर अधिकृतका रुपमा कार्यरत र लायन्स क्लबमा आवद्ध चण्डीप्रसाद अर्याल ।
२ लाख ५० हजारले एउटा शाखा स्थान्तरण मात्र नभई नयाँ पनि खोल्यो तर ८८ करोडले सयौँ परिवारको सपना र जीवन चुर्लुम्ब डुबायो। यो घटना एउटा सहकारीको मात्र होइन, गण्डकीका सहकारीहरूमा कसरी घुसको जालो बुनेर बचतकर्तालाई लुटियो भन्ने प्रमाण हो। अनुसन्धान जारी छ, अझैं अरू कति चण्डीप्रसाद र उदयबहादुरहरू पर्दा पछाडि लुकेका छन् ? त्यो पर्दा भने क्रमशः खुल्दैं नैं जानेछ ।