
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४रसुवा बाढी : ७८१ जनाको शव भेटियो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमित दुईजनाको निधन भएको छ । यस प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एकसय ४१ पुगेको छ । पोखरा महानगरपालिका वडा नं. १३ का ७९ वर्षीय पुरुषको हिजो राती ११ः३० बजे उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा.विनोद विन्दु शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ती पुरुषलाई कार्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरुषमा सिभिएर कोभिड निमोनिया, पेडिकार्डियल इफ्युजन र हाइपरथाइरोडिजम लगायतका समस्याहरु देखिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले जनाएको छ ।
त्यसैगरी, पर्वत मोदी गाउँपालिका वडा नंं ६ का ६१ वर्षीय कोरोना संक्रमित पुरुषको आज विहान १०ः१० बजे उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा निधन भएको छ । ती पुरुषलाई हिजोमात्र कोरोना संक्रमण पुष्टि भएको थियो । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माका अनुसार ती पुरुषलाई सिभिएर कोभिड निमोनिया र हाईपरटेन्सन लगायतका समस्या देखिएको थियो ।
आजमात्र यस प्रदेशमा सातसय ३५ जनामा गरिएको परीक्षणका क्रममा एकसय नौंजनामा कोरोना संक्रमण देखिएको छ । त्यसैगरी एकसय ४० जना निको भएका छन् । होम आईसोलेसनमा तीनहजार सातसय ५५ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा आठ हजार १४४ नमूना परीक्षण गर्दा थप एक हजार ६७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा मात्रै ८९९ सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थपिएका सङ्क्रमितसँगै कूल सङ्क्रमितको सङ्ख्या दुई लाख १८ हजार ६३९ पुगेको छ । हालसम्म कोरोनाका कारण एक हजार ३०५ जनाको मृत्यु भएको छ । तीमध्ये एक लाख ९३ हजार ३२५ सङ्क्रमणमुक्त भएका छन् भने हाल देशभर २४ हजार नौ सक्रिय सङ्क्रमित छन् । सत्र हजार २०६ जना होम आइसोलेसनमा छन् । तीन सय ३६ जनाको आइसीयू र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा काठमाडौँमा ६८५, ललितपुरमा १६५ र भक्तपुरमा ४९, काभ्रेमा ५६, तनहुँमा ४४, कैलालीमा ४०, बाँकेमा ३९, कास्कीमा ७५, चितवनमा ६१, झापा र रुपन्देहीका ५७ र ५७, कपिलवस्तु र नवलपरासीमा ३३ र ३३, नवलपुरमा २८, मकवानपुरमा २५ र पाल्पाका १९ जना कोरोना सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार धादिङमा १८, बर्दियामा १७, धनुषामा ११, दाङमा १०, गोरखामा नौ र नुवाकोटमा आठ जनामा कोरोना सङ्क्रमण भएको छ । यस्तै सिराहा, धनकुटा, सिन्धुपाल्चोक, बाग्लुङ, स्याङ्जा र रोल्पाका सात÷सात, डडेलधुरा पर्वत र बझाङमा छ÷छ, सुनसरी, बारा र लमजुङमा पाँच/पाँच जनामा कारोना पुष्टि भएको छ ।
त्यसैगरी सर्लाही, रामेछाप, इलाम, अर्घाखाँची, दैलेख, गुल्मी र सल्यानमा चार/चार, महोत्तरी, दोलखा, म्याग्दी, प्युठान, अछाम र कञ्चनपुरका तीन/तीन, उदयपुर, सप्तरी र सिन्धुलीका दुई/दुई र बाजुरा, खोटाङ, भोजपुर, सोलुखुम्बु, रुकुमपूर्व, रुकुमपश्चिम, सुर्खेत र बैतडीमा एक/एक जनामा कोरोना पुष्टि भएको छ । हाल मनाङ र मुगुमा एक जना पनि सङ्क्रमित छैनन् । काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही र कैलालीमा पाँचसय भन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४रसुवा बाढी : ७८१ जनाको शव भेटियो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने