
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१०मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
११कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१२जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
पोखरा, १६ साउन । गुल्मिका विवादास्पद मेनपावर सञ्चालक एवम् आफूलाई धर्मगुरु भनेर चिनाउने विजय भण्डारीको संकल्प र अगुवाइमा पोखरामा आयोजित कोटीहोमको नाममा ऐतिहासिक र धार्मिक महत्वका रुखहरू गैरकानूनी रूपमा काटिएको विषयले अदालतमा प्रवेश पाएको छ ।
भण्डारीद्वारा सञ्चालित मानव सेवा फाउण्डेसन नेपालले १७ वैशाखदेखि जेठ मसान्त ०८२ सम्म पोखरामा आयोजना गरेको श्रीगण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ-०८२ को बहानामा समिदाका लागि बर, पिपल, समी लगायतका रुखहरू काटिएपछि यो प्रकरणले विवाद र बहस दुवैं सिर्जना गरेको छ।
डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी हरिप्रसाद गौतमका अनुसार, आयोजकले कुनै कानूनी अनुमति नलिई पोखरा–१४ को शुभमार्ग, राधाकृष्ण टोल र साधना मार्गमा रहेका ऐतिहासिक चौतारा र सडक छेउका नौ रुखका हाँगाहरू काटेका थिए।
यी रुखहरूमा धार्मिक र सांस्कृतिक महत्वका बर, पिपल र समी समावेश छन्। अनुसन्धानका क्रममा शुभमार्गमा सात रुखका ५५ हाँगा, राधाकृष्ण टोलमा एक रुखका सात हाँगा र साधना मार्गमा एक रुखका १२ हाँगा गैरकानूनी रूपमा काटिएको पुष्टि भएको छ। काटिएका रुखहरूबाट प्राप्त दाउरामध्ये शुभमार्गमा १६ हजार, राधाकृष्ण टोलमा २१ हजार र साधना मार्गमा ९ हजार मूल्यको दाउरा बेचबिखन भएको बिल फेला परे पनि खरिदकर्ताको विवरण खुल्न सकेको छैन।
वन ऐन, ०७६ र वन नियमावली, ०७९ को नियम ६ को प्रक्रिया उल्लंघन गरी रुख काटिएको पुष्टि भएपछि डिभिजन वन कार्यालयले १२ साउनमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा बिहीबार कास्की जिल्ला अदालतमा सात जनाविरुद्ध अभियोगपत्र दर्ता भएको छ। अभियुक्तहरूमा फाउण्डेसनका प्रबन्धक विष्णुराज गिरी, शुभमार्ग टोलका ताराप्रसाद तिवारी र योगमाया बराल, राधाकृष्ण टोलका अर्जुनबहादुर कार्की र रामकृष्ण अधिकारी, साधना मार्गका ज्ञानेन्द्र सार्की र रमेश पौडेल छन्।
गौतमका अनुसार, वन ऐन, ०७६ को दफा ४९ (ध) बमोजिम कसुर ठहर भएकाले ऐनको दफा ५० को उपदफा १४ अनुसार सजाय माग गरिएको छ। यसअनुसार ४६ हजार बिगो असुल गरी ६ महिना कैद, १० हजार जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
यो विवाद तब सुरु भएको थियो, जब आयोजकले कोटीहोमका लागि समिदाको बहानामा पोखराका ऐतिहासिक चौतारा र सडक छेउका रुखहरू केही पलाउने र केही नपलाउने गरी काटेका थिए। पोखरामा काटिएका र बाहिरबाट ल्याइएका गरी ५० ट्रक काठ जफत गरिएको थियो, जसले यो कटान योजनाबद्ध र व्यापक भएको संकेत गर्छ। स्थानीय समुदायले यस्तो कार्यले सांस्कृतिक र पर्यावरणीय सम्पदामा गम्भीर क्षति पुगेको भन्दै कडा कारबाहीको माग गरेका छन्।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी