
१अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
२सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
३अफवाह नफैलाउन प्रहरीको आग्रह
४बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
५सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
६२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१०विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
११‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
१२गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
पोखरा, १६ साउन । गुल्मिका विवादास्पद मेनपावर सञ्चालक एवम् आफूलाई धर्मगुरु भनेर चिनाउने विजय भण्डारीको संकल्प र अगुवाइमा पोखरामा आयोजित कोटीहोमको नाममा ऐतिहासिक र धार्मिक महत्वका रुखहरू गैरकानूनी रूपमा काटिएको विषयले अदालतमा प्रवेश पाएको छ ।
भण्डारीद्वारा सञ्चालित मानव सेवा फाउण्डेसन नेपालले १७ वैशाखदेखि जेठ मसान्त ०८२ सम्म पोखरामा आयोजना गरेको श्रीगण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ-०८२ को बहानामा समिदाका लागि बर, पिपल, समी लगायतका रुखहरू काटिएपछि यो प्रकरणले विवाद र बहस दुवैं सिर्जना गरेको छ।
डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी हरिप्रसाद गौतमका अनुसार, आयोजकले कुनै कानूनी अनुमति नलिई पोखरा–१४ को शुभमार्ग, राधाकृष्ण टोल र साधना मार्गमा रहेका ऐतिहासिक चौतारा र सडक छेउका नौ रुखका हाँगाहरू काटेका थिए।
यी रुखहरूमा धार्मिक र सांस्कृतिक महत्वका बर, पिपल र समी समावेश छन्। अनुसन्धानका क्रममा शुभमार्गमा सात रुखका ५५ हाँगा, राधाकृष्ण टोलमा एक रुखका सात हाँगा र साधना मार्गमा एक रुखका १२ हाँगा गैरकानूनी रूपमा काटिएको पुष्टि भएको छ। काटिएका रुखहरूबाट प्राप्त दाउरामध्ये शुभमार्गमा १६ हजार, राधाकृष्ण टोलमा २१ हजार र साधना मार्गमा ९ हजार मूल्यको दाउरा बेचबिखन भएको बिल फेला परे पनि खरिदकर्ताको विवरण खुल्न सकेको छैन।
वन ऐन, ०७६ र वन नियमावली, ०७९ को नियम ६ को प्रक्रिया उल्लंघन गरी रुख काटिएको पुष्टि भएपछि डिभिजन वन कार्यालयले १२ साउनमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा बिहीबार कास्की जिल्ला अदालतमा सात जनाविरुद्ध अभियोगपत्र दर्ता भएको छ। अभियुक्तहरूमा फाउण्डेसनका प्रबन्धक विष्णुराज गिरी, शुभमार्ग टोलका ताराप्रसाद तिवारी र योगमाया बराल, राधाकृष्ण टोलका अर्जुनबहादुर कार्की र रामकृष्ण अधिकारी, साधना मार्गका ज्ञानेन्द्र सार्की र रमेश पौडेल छन्।
गौतमका अनुसार, वन ऐन, ०७६ को दफा ४९ (ध) बमोजिम कसुर ठहर भएकाले ऐनको दफा ५० को उपदफा १४ अनुसार सजाय माग गरिएको छ। यसअनुसार ४६ हजार बिगो असुल गरी ६ महिना कैद, १० हजार जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
यो विवाद तब सुरु भएको थियो, जब आयोजकले कोटीहोमका लागि समिदाको बहानामा पोखराका ऐतिहासिक चौतारा र सडक छेउका रुखहरू केही पलाउने र केही नपलाउने गरी काटेका थिए। पोखरामा काटिएका र बाहिरबाट ल्याइएका गरी ५० ट्रक काठ जफत गरिएको थियो, जसले यो कटान योजनाबद्ध र व्यापक भएको संकेत गर्छ। स्थानीय समुदायले यस्तो कार्यले सांस्कृतिक र पर्यावरणीय सम्पदामा गम्भीर क्षति पुगेको भन्दै कडा कारबाहीको माग गरेका छन्।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन