
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
पोखरा, १४ वैशाख । ‘टिकट काटेर हेर्न जाने फोहोर प्रशोधन केन्द्र बनाउँछु’ भन्दै सपनाको खेती गरेका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य यतिबेला आफ्नै कार्यकालको अन्तिम घडीमा नागरिकको स्वास्थ्यमाथि ’विष’ खन्याउन उद्यत देखिएका छन्।
विकासको अन्तर्राष्ट्रिय मोडल देखाउने वाचा गरेका मेयरले अहिले प्रहरी प्रशासनको लाठी र बुटको आडमा स्थानीय बस्ती र शुद्ध खानेपानीको मुहानमाथि जबर्जस्ती फोहोरको डंगुर थुपार्न थालेका छन्। पोखराका सडक र पर्यटकीय क्षेत्र दुर्गन्धित भएपछि आफ्नो असफलता ढाकछोप गर्न मेयरले अहिले व्यक्तिको निजी जग्गा र सार्वजनिक भिरलाई ‘डम्पिङ साइट’ बनाएका छन्।
आइतबार पोखरा–२१ को अजिङ्गरे खहरे क्षेत्रमा जे देखियो, त्यसले स्थानीय सरकार नागरिकप्रति कति निर्मम र निरंकुश हुन सक्छ भन्ने बीभत्स तस्बिर उजागर गरेको छ। मेयर आचार्यलाई पटक-पटक आफ्नो पीडा पोख्दा र लिखित असहमति बुझाउँदा समेत सुनुवाइ नभएपछि ८३ वर्षीय वृद्ध ध्रुव रायमाझी आमरण अनसनमा उत्रिएका थिए। एक्लै हस्ताक्षर संकलन गरेर पटक–पटक महानगरको ढोका ढकढक्याएका रायमाझीको अनुनयलाई लत्याउँदै मेयर आचार्यले बलप्रयोगको बाटो रोजे। अनसनस्थलबाटै नगरप्रहरी र जनपद प्रहरीले उनलाई जबर्जस्ती घिसार्दै अस्पतालको बेडमा पुर्याएर अलपत्र छाडिदिएका छन्।

८३ वर्षीय वृद्ध ध्रुव रायमाझी आइतबार सडक छेवैमा आमरण अनसनमा बस्दैं गर्दा जबरजस्ती प्रहरी प्रशासनको आडमा मेयर धनराज आचार्यले त्यहाँबाट उठाएर अस्पतालको बेडमा लगेर छोडिदिएका छन् ।
अस्पतालको शय्याबाटै वृद्ध रायमाझीले आक्रोश पोखे-‘फोहोरमैलामा ठूलो आर्थिक चलखेल भएको छ, जसले गर्दा यहाँका मानिसलाई हैजा र दीर्घकालीन रोगले मार्ने षड्यन्त्र भयो। दोबिल्लाका जनताले पिउने पानीको मुहानमा फोहोरको लेदो मिसाइएको छ। मेयरले त झन् मुहानको पाइप नै २० मिटर माथि सारिदिएछन्। अब हिउँदमा हामीले के पिउने? यो सरासर अन्याय हो, हामी चरणवद्ध आन्दोलनमा होमिन्छौँ।’
स्थानीय पूर्वगाविस अध्यक्ष कमलमोहन पौडेलले महानगरको यो कदमलाई ’जनस्वास्थ्यमाथिको गम्भीर अपराध’ भनी टिप्पणी गरेका छन्। सुरुमा फुस्रे खोला र सेतीको दोभानमा फोहोर फाल्न आएका महानगरका कर्मचारीलाई स्थानीयले रोकेका थिए। पौडेल भन्छन्-‘विकास र सुविधा अन्य वडाले लिने, तर दुर्गन्ध र पीडा हामीले मात्र भोग्नुपर्ने? बाच्छेबुडुवाको पीडा हामीले वर्षौँ भोग्यौँ, अब फेरि यो बस्ती र खानेपानीको मुहानमा फोहोर फाल्न दिँदैनौँ। यो ठाउँ प्राविधिक रूपमा पनि अनुपयुक्त छ।’
अर्का स्थानीय जगतबहादुर आलेमगरले महानगरले सोझा जनतालाई हेपेको आरोप लगाए। ‘अन्तका जनतालाई दबाउन नसकेर महानगरले हामीलाई पेलेको हो,’ उनले भने, ‘हाम्रो पहुँच छैन, कोही सुनिदिने छैनन् भन्ने ठानेरै मेयरले बलमिच्याइँ गरेका हुन्। यो फोहोरले यहाँ कसैको भलो गर्नेवाला छैन।’
यस्तै, पोखरा–२१ का गंगादत्त भण्डारीले मेयरले यो विषयलाई मिडियामा नलैजान दबाब दिएको खुलासा गरे। उनले भने-‘मेयरले हामीसँग गरेका वाचा पूरा गरेनन्। उहाँ त अहिले हाम्रो फोन समेत उठाउनुहुन्न, हामीलाई बेवास्ता गरेर जबर्जस्ती फोहोर खन्याइएको छ। दुर्गन्धले घरमा बस्न सक्ने अवस्था छैन।’
विवाद यतिमा मात्र सीमित छैन। लामेआहालमा ६ महिनाका लागि गरिएको सम्झौता दुई वर्षसम्म लम्ब्याएर स्थानीयलाई झुक्याइएको छ। पोखरा–३३ मा स्थायी केन्द्र बनाउने भन्दै वडाध्यक्षको व्यक्तिगत खातामा ५५ लाख रुपैयाँ पठाइएको घटना र निजी कम्पनीलाई बिना प्रतिस्पर्धा म्याद थपेर महानगरलाई करोडौँ घाटा पुर्याएको विषय अहिले अख्तियारको फन्दामा छ। यी सबै बेथितिबाट ध्यान मोड्न र आफ्नो बाँकी एक वर्षे कार्यकाल जसोतसो टुङ्ग्याउन मेयर आचार्यले अहिले मानवीय संवेदनाहीन भएर बस्तीमा फोहोर खन्याइरहेका छन्।
पोखरालाई ‘पर्यटन राजधानी’ घोषणा गरिए पनि मेयरकै अदूरदर्शिताका कारण यो सहर अहिले ’फोहोरको राजधानी’ बन्न पुगेको छ। संवाद र पारदर्शी योजनाभन्दा पनि अहंकार र प्रहरीको बलमा जनताको आवाज थुन्ने मेयरको यो प्रयासले पोखराको भविष्य नै संकटमा पारेको छ। स्थानीयले स्पष्ट चेतावनी दिएका छन्-‘“रोगले सडेर मर्नुभन्दा अधिकारका लागि सडकमै मर्न तयार छौँ।’

मेयर धनराज आचार्यले जबरजस्ती फोहोर फालेपछि विरोधमा उत्रिएका ८३ वर्षीय ध्रुब रायमाझी । जो आमरण अनसन बसेका थिए भने यतिबेला उनलाई अस्पतालको बेडमा छोडेर महानगरको टोली हिडेको छ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा