
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
काठमाडौं, ११ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रभावशाली नेता एवं पूर्वमन्त्री विक्रम पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार साँझ पक्राउ गरेको छ। निर्माण व्यवसायीका रूपमा शक्तिशाली छवि बनाएका पाण्डेलाई ठेक्का प्रक्रियामा गम्भीर अनियमितता गरेको आरोपमा नियन्त्रणमा लिइएको हो।
एआइजी मनोज कुमार केसीका अनुसार, पाण्डेले ठेक्का प्राप्त गर्नका लागि सरकारी ‘ई–बिडिङ’ वेबसाइट नै ह्याक गरी डकुमेन्ट हेरफेर गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
के हो पछिल्लो काण्ड?
पाण्डेको स्वामित्वमा रहेको कालिका कन्स्ट्रक्सनले विभिन्न ठूला ठेक्काहरू हात पार्न सेटिङ गर्ने गरेको आरोप लाग्दै आएको थियो। यसपटक भने प्रविधिको दुरुपयोग गरी सरकारी डेटा प्रणालीमा अनाधिकृत पहुँच पुर्याएर कागजात परिवर्तन गरेको गम्भीर अभियोग उनीमाथि लागेको छ। प्रहरीले यसलाई ’साइबर अपराध र सरकारी कीर्ते’ को गम्भीर कडीका रूपमा हेरेको छ।
विवादास्पद विगतः सिक्टा सिँचाइदेखि भ्रष्टाचारसम्म
विक्रम पाण्डेको व्यावसायिक र राजनीतिक यात्रा विवादभन्दा टाढा कहिल्यै रहेन। उनीमाथि लागेका केही मुख्य ‘दाग’ हरू यसप्रकार छन्ः
सिक्टा सिँचाइ आयोजनाको महाघोटालाः राष्ट्रिय गौरवको आयोजना मानिएको सिक्टा सिँचाइको नहर निर्माणमा गुणस्तरहीन काम गरी अर्बौँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ मंसिर २१ गते उनीसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
४ करोडको धरौटीः सोही भ्रष्टाचार मुद्दामा थुनामा जानुको साटो उनी ४ करोड रुपैयाँ धरौटी बुझाएर बाहिर निस्कन सफल भएका थिए। यद्यपि, सो आयोजनाको संरचना भत्किएको विषयले अहिले पनि पाण्डेको निर्माण नैतिकतामाथि प्रश्न उठाइरहेको छ।
ठेक्का कब्जा र राजनीतिक संरक्षणः राप्रपाको राजनीतिमा सक्रिय रहेर पटक–पटक मन्त्री बनेका पाण्डेले आफ्नो शक्तिलाई ‘कालिका कन्स्ट्रक्सन’ को व्यापार बढाउन प्रयोग गरेको आरोप लाग्दै आएको छ। धेरैले उनलाई नेपालको निर्माण क्षेत्रमा ’सेटिङका खेलाडी’का रूपमा चिन्दछन्।
यसअघि भ्रष्टाचार मुद्दामा अदालतबाट ’क्लिन चिट’ पाउने प्रयासमा रहेका पाण्डेलाई नयाँ प्रकृतिको (ह्याकिङ) कसुरमा पक्राउ गरिएपछि निर्माण र राजनीतिक वृत्तमा तरंग पैदा भएको छ। सीआईबीले अब उनीमाथि प्राविधिक प्रमाणका आधारमा विस्तृत अनुसन्धान अघि बढाउने तयारी गरेको छ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन