
१सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
२२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
३अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
४गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
५पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
६विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
७साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
८गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
९पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई दिइँदै आएको सहुलियत दुई वर्ष थप
१०अध्यागमन हिरासतका चिनियाँ छुटाउन ७२ लाखको डिल
११श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
१२भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
४२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
९‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
१०गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
११‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
१२सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
काठमाडौं, ११ वैशाख । अन्ततः ’स्वार्थको टकराव’ (Conflict of Interest) का बीच सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरको बहिर्गमन भएको छ। हिमालयन रि–इन्स्योरेन्समा श्रीमतीको नाममा सेयर रहेको र सोही कम्पनीका सञ्चालकहरूमाथि विभागले अनुसन्धान गरिरहेको तथ्य खुलेपछि सरकारले ठाकुरलाई बिहीबार अर्थ मन्त्रालय तानेको हो।
सम्पत्ति शुद्धीकरण जस्तो संवेदनशील निकायको नेतृत्व सम्हालिरहेका ठाकुरमाथि तब प्रश्न उठ्यो, जब उनकै श्रीमती राखी निहारिका ठाकुरको नाममा ’हिमालयन रि’ मा २० हजार कित्ता सेयर रहेको फेला पर्यो। विडम्बना त के छ भने, २०७८ सालमा सोही कम्पनीले सञ्चालन अनुमति पाउँदा ठाकुर नै विभागको प्रमुख थिए।
अहिले विभागले सोही कम्पनीका सञ्चालकहरूमाथि अकुत सम्पत्ति आर्जनको आशंकामा अनुसन्धान गरिरहेको छ। श्रीमती लगानीकर्ता रहेको कम्पनी र त्यसका सञ्चालकहरूमाथि ठाकुरले निष्पक्ष छानबिन गर्नेमा नैतिक संकट देखिएपछि उनलाई मन्त्रालय फिर्ता बोलाइएको स्रोतले जनाएको छ।

हिमालयन रि–इन्स्योरेन्समा ठाकुर मात्र एक्ला पात्र होइनन्। शक्तिको आडमा नेपालका थुप्रै उच्चपदस्थ कर्मचारीहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यो कम्पनीमा लगानी गरेको आशंका गरिएको छ। कसैले आफ्नै नाममा त कसैले परिवारका सदस्यलाई ’फ्रन्ट’ खडा गरेर सेयर सुरक्षित गरेको तथ्यहरू बिस्तारै बाहिर आउन थालेका छन्।
यो प्रकरणले तब उग्र रूप लियो जब सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा चैत १९ गते कुख्यात विचौंलिया दीपक भट्ट पक्राउ परे। भट्टको गिरफ्तारीसँगै नेपालका कहलिएका व्यापारिक घराना ‘शंकर ग्रुप’ का शाहिल अग्रवाल र सुलभ अग्रवाल हुँदैं शेखर गोल्छासम्म अनुसन्धानको घेरामा तानिएका छन्।
अनुसन्धानको दायरा फराकिलो हुँदै जाँदा नेपालको पुँजी बजारमा दबदबा राख्ने अन्य व्यवसायीहरूको समेत पोल खुल्न थालेको छ। आफ्नै महानिर्देशक तानिएपछि अब विभागमा आउने नयाँ नेतृत्वले यो ‘हाई–प्रोफाइल’ अनुसन्धानलाई कसरी अगाडि बढाउँछ भन्नेमा सबैको चासो केन्द्रित भएको छ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
४२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन