
१चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
७‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काठमाडौं, ११ वैशाख । अन्ततः ’स्वार्थको टकराव’ (Conflict of Interest) का बीच सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरको बहिर्गमन भएको छ। हिमालयन रि–इन्स्योरेन्समा श्रीमतीको नाममा सेयर रहेको र सोही कम्पनीका सञ्चालकहरूमाथि विभागले अनुसन्धान गरिरहेको तथ्य खुलेपछि सरकारले ठाकुरलाई बिहीबार अर्थ मन्त्रालय तानेको हो।
सम्पत्ति शुद्धीकरण जस्तो संवेदनशील निकायको नेतृत्व सम्हालिरहेका ठाकुरमाथि तब प्रश्न उठ्यो, जब उनकै श्रीमती राखी निहारिका ठाकुरको नाममा ’हिमालयन रि’ मा २० हजार कित्ता सेयर रहेको फेला पर्यो। विडम्बना त के छ भने, २०७८ सालमा सोही कम्पनीले सञ्चालन अनुमति पाउँदा ठाकुर नै विभागको प्रमुख थिए।
अहिले विभागले सोही कम्पनीका सञ्चालकहरूमाथि अकुत सम्पत्ति आर्जनको आशंकामा अनुसन्धान गरिरहेको छ। श्रीमती लगानीकर्ता रहेको कम्पनी र त्यसका सञ्चालकहरूमाथि ठाकुरले निष्पक्ष छानबिन गर्नेमा नैतिक संकट देखिएपछि उनलाई मन्त्रालय फिर्ता बोलाइएको स्रोतले जनाएको छ।

हिमालयन रि–इन्स्योरेन्समा ठाकुर मात्र एक्ला पात्र होइनन्। शक्तिको आडमा नेपालका थुप्रै उच्चपदस्थ कर्मचारीहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यो कम्पनीमा लगानी गरेको आशंका गरिएको छ। कसैले आफ्नै नाममा त कसैले परिवारका सदस्यलाई ’फ्रन्ट’ खडा गरेर सेयर सुरक्षित गरेको तथ्यहरू बिस्तारै बाहिर आउन थालेका छन्।
यो प्रकरणले तब उग्र रूप लियो जब सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा चैत १९ गते कुख्यात विचौंलिया दीपक भट्ट पक्राउ परे। भट्टको गिरफ्तारीसँगै नेपालका कहलिएका व्यापारिक घराना ‘शंकर ग्रुप’ का शाहिल अग्रवाल र सुलभ अग्रवाल हुँदैं शेखर गोल्छासम्म अनुसन्धानको घेरामा तानिएका छन्।
अनुसन्धानको दायरा फराकिलो हुँदै जाँदा नेपालको पुँजी बजारमा दबदबा राख्ने अन्य व्यवसायीहरूको समेत पोल खुल्न थालेको छ। आफ्नै महानिर्देशक तानिएपछि अब विभागमा आउने नयाँ नेतृत्वले यो ‘हाई–प्रोफाइल’ अनुसन्धानलाई कसरी अगाडि बढाउँछ भन्नेमा सबैको चासो केन्द्रित भएको छ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा