
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
८फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
११‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
तत्काल रकम फिर्ता र दोषीमाथि कडा कारबाहीको माग
पोखरा, ३० असार । पोखरा–२१, रामदी, एकहातेमा रहेको मिलन चण्डी कालिका कृषि सहकारीमा ७० लाखभन्दा बढी रकम ठगी भएको छ । ३५ लाख ७० हजारको हिसाब नै हराएको छ, भने बाँकी ३५ लाख ६० हजार आफन्तका नाममा तमसुक र धितोविनै हस्तान्तरण गरिएको भनिएको मात्र छ । त्यो प्रमाणित भने हुन सक्दैंन । त्यो रकम पनि यहीं गिरोहले विभिन्न व्यक्तिको नाम लेखेर आफैंले लुटेको प्रष्ट देखिन्छ ।
अध्यक्ष क्याप्टेन दिलबहादुर थापा, कोषाध्यक्ष भक्तबहादुर गुरुङ, व्यवस्थापक हिमलाल पौडेल, लेखा समिति संयोजक रामप्रसाद सुवेदी र अडिटर कमलबहादुर रेग्मीको मिलेमतोमा योजनाबद्ध ठगी गरिएको हो । सहकारीमा वडा नं. २१, २२ र १७ का किसानहरुले दुःखसुख गरेर रकम बचत गर्दै आईरहेका थिए ।
सुबास समेत भनेर चिनिने सहकारीका कोषाध्यक्ष भक्तबहादुर मालपोत कार्यालयका लेखनदास समेत हुन् ।
अध्यक्ष थापा नेकपा एमालेका कार्यकर्ता र कोषाध्यक्ष गुरुङ एमाले महानगर कमिटीका सदस्य हुन् । सुबास समेत भनेर चिनिने सहकारीका कोषाध्यक्ष भक्तबहादुर मालपोत कार्यालयका लेखनदास समेत हुन् । अडिटर रेग्मी, जो थापाका ज्वाइँ र एमाले सहकारी संगठनका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका पूर्वअध्यक्ष हुन् । यो घोटालाका मुख्य योजनाकार व्यवस्थापक पौडेल माओवादी कार्यकर्ता एवम् जन्मभूमि खबरका पत्रकार समेत हुन् ।
सहकारीमा गडबढ भएको शंका लागेपछि २०८० माघ ३० गतेका दिन निवेदन दिएर सहकारी भित्र भएको घोटालाका विषयमा छानबिन गर्नुपर्ने माग बचतकर्ताहरुले राखेका थिए । त्यसपछि पहिलो बैठक फागुन ६ गते बसेर १७ गते बृहत भेलाको आयोजना गरिएको थियो । बृहत भेलाले कृष्णप्रसाद देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
अध्यक्ष थापा नेकपा एमालेका कार्यकर्ता र कोषाध्यक्ष गुरुङ एमाले महानगर कमिटीका सदस्य हुन् । अडिटर रेग्मी, जो थापाका ज्वाइँ र एमाले सहकारी संगठनका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका पूर्वअध्यक्ष हुन् । यो घोटालाका मुख्य योजनाकार व्यवस्थापक पौडेल माओवादी कार्यकर्ता एवम् जन्मभूमि खबरका पत्रकार समेत हुन् ।

समितिमा प्रेमराज पौडेल, इन्द्रप्रसाद बराल, कुलबहादुर गुरुङ र खगराज न्यौपाने थिए। ७० दिनको गहन अनुसन्धानपछि २०८२ वैशाख २७ मा बुझाइएको प्रतिवेदनले पाँच जनाको टोलीले सञ्चालक समितिलाई गुमराहमा राखी रकम हिनामिना गरेको पुष्टि गरेको छ । छानबिनका क्रममा लेखा संयोजक र अडिटरको भूमिका झनै शंकास्पद र घोटालामा मिलेमतो गरेको पाईएको थियो ।
राजनीतिक पहुँचको आडमा दोषीहरूले कारबाहीबाट उन्मुक्ति खोजिरहेका छन् । अध्यक्ष थापाले घोटाला स्वीकार्दै असार मसान्तसम्म रकम फिर्ता गर्ने वाचा गरे पनि अध्यक्ष लगायत ३ जनाले गोप्य रूपमा सहकारीलाई बुझाएको चेक अझै साटिएको छैन ।
गाउँले किसानहरूको रगत–पसिनाको कमाइ लुटिएको यो घटनाले सहकारीप्रतिको विश्वास डगमगाएको छ । बचतकर्ताहरूले तत्काल रकम फिर्ता र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।