
१पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
२आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
३स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
४कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
५मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
६टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
७सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
८स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
९‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
१०‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
११गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१२कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
१कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
६एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
७लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
८विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
९रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
१०पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
११कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
१२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
योग, ध्यान र साधना केवल जोगी, योगी र संसार त्यागीहरुको लागि मात्र हो अरुको लागि कामको चिज होईन भन्ने खालको मानसिकता आजको युगमा अझै भनौं बिगत दश महिना यता कोरोनाको कहर शुरुभए पश्चात् क्रमशः तोडिदै गएको छ । यो कोरोना कालमा मानिसहरुको आदत, बानी र ब्यहोरा आदिमा त परिवर्तन कति भयो थाहा भएन तर सामान्य जीवन जिउनको लागि पनि शारीरिक तथा मानसिक स्वस्थता अपरिहार्य छ भनेर धेरै मानिसहरुको अनुभवमा आएको हुन सक्छ ।
हुनत, गत बर्ष सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको भनिएको कोरोनाको कहरमा शुरुवाती दिनहरुमा सबैलाई लागिरहेको थियो कि अब संसारका मानिसहरुले विगतमा भएका आफ्ना गल्तीहरुलाई स्वीकार्ने छन् । कसैलाई दुःख पीडा दिने छैनन् । राजनितिज्ञहरुले जनताको सेवा गर्नेछन् । जनताले नागरिक कर्तव्य पालना गर्नेछन् । टोल छिमेकमा मानिसहरु एक आपसमा प्रेम र सहअस्तित्वको विकास गर्नेछन् । तर यो भ्रम लामो समय टिकेन । मानिसहरु कोरोनाको डर अझै भनौं मृत्युको डरले कोरोनाको महामारी शुरुभएको केही दिनसम्म त प्रेम र करुणाका कुरा गरे । आपसी सद्भावका कुरा गरे ।

स्वामी आनन्द अरुणज्यूसँग ध्यानका विषयमा छलफल गर्दै ।
तर जब देखे कि मर्नेहरु मरि रहेपनि म त बाचेकै छु, अनि आफ्नो उही पुरानो राग र रंगमा दौडिन थाले । नेपालमा मात्रै होईन संसारभरमा राजनीतिज्ञहरुले विगतको ७/८ महिनामा जति घृणा र वैमनस्य देखाए, त्यो त झन् अचम्म लाग्दो छ । संसारमा कतै पनि हिंसा घटेन । भ्रष्टाचार कम भएन । वैमनस्य घटेन । आपसी लडाई पनि कम भएन । अनि बाध्य भएर हामीलाई सोच्न करै लाग्यो कि यो संसारको जे जति समस्या छन् सबैको जड त मान्छे नै हो । उसैले समस्या निम्त्याउँछ अनि उही रोएर बस्छ । तर समस्या समाधान तिर लाग्न चाँहदैन । तर पनि यहीँ समयमा पनि धेरै मानिसहरु छन् यो जगतमा जसले जीवनको क्षणभंगुरताको केही अनुभव पक्कै पनि गरेका छन् । जीवन केही पलको रहेछ तर मृत्यु त शाश्वत सत्य रहेछ । एक न एक दिन सबैले यो संसार छोडेर जानु नै पर्ने रहेछ भन्ने कुरा कोरोनाको महामारीबाट फैलिएको मृत्युको ताण्डवमा धेरैलाई अनुभव भएको पनि होला ।
कोरोनाको महामारी भन्दा अगाडि पनि मानिसहरु मरिरहेका नै थिए । मानिसहरु मर्न देखि डराएकै थिए । तर अकाल मृत्यु जस्तो लाग्ने यो महामारीमा मानिसको शारीरिक क्षय त भयो नै मानसिक रुपमा पनि धेरै व्यक्तिहरुलाई समस्या देखिएको छ । जसको फलस्वरुप तनाव, डिप्रेसन तथा असुरक्षाको भावना बढिरहेको छ भने तनावको अतिरेकले आत्महत्याका घटना पनि बढिरहेको पाईएको छ । एकातिर कोरोनाको डर भने अर्कोतिर मानसिक तथा भावनात्मक स्वास्थ्य समस्या । यस्तो समयमा योग, ध्यान, तनाव ब्यवस्थापन तथा जीवन पद्दतीको सही व्यवस्थापन आदि विषयहरु सबैको लागि उपयोगी हुन सक्छन् । हुन त, रोग, भोक, डर र त्रासको बिचमा योग, ध्यान आदिमा मन लगाउन त्यति सजिलो त छैन । तर पनि आदरणीय मित्रहरुमा यी बिषयहरु प्रति केही भएपनि जागरुकता होस् भन्ने पावन भावले यो आलेख तयार गरिरहेको छु ।
बिगतमा भएका सबै गुरुहरुले; भगवान बुद्धलाई छाडेर, केही दीक्षित शिष्यहरुको लागि मात्र ध्यानलाई सिमित गरेको पाईन्छ । त्यहीँ कारणले होला ध्यान केही भाग्यमानी, विशेषः व्यक्तिहरुले मात्र गर्न सक्दछन् भन्ने मानसिकता व्याप्त थियो यो विगतका हजारौं वर्षहरुमा ।

ओशो उपवन ध्यान आश्रम पोखरामा सद्गुरु ओशो र स्वामी आनन्द अरुणको प्रतिमासँगै ध्यान गर्दै ।
ध्यान किन गर्ने ?
यो पनि सामान्यतः हामी सबैलाई थाहा पनि थिएन । विगतको प्राचिन समयमा मानिसहरु त्यति धेरै तनावमा थिएनन् । जीवन सुस्त गतिमा चल्दथ्यो । एउटा गाउँ देखि अर्को गाउँसम्म पनि मानिसहरुको भेटघाट बर्षौसम्म पनि हुँदैनथ्यो । रेडियो, टिभी, मोवाईल, ईन्टरनेट र पत्रपत्रिका केही थिएन । आपसमा सम्पर्क कम थियो । समाचारहरु बर्षौसम्म पनि मानिसको कानमा पुग्दैनथे । खेतबारीमा काम ग¥यो । खायो, पियो र सुत्यो । जीवन त्यति घुमाउँदार थिएन । आजको युगमा आधुनिकतासँगै समस्याहरु पनि त्यति नै धेरै भित्रिएका छन् । दुई हजार बर्ष अगाडि एक मानिसले जीवनभरीमा जति समाचार र जानकारी संकलन गथ्र्यो, आज मोवाइलमा एक मिनेटमा मानिसले त्यति जानकारी दिमागमा घुसाउँछ । हिंस्रक समाचार, नकारात्मक जानकारीले मस्तिष्क भरिई रहेको हुन्छ । नजानिदो तनावमा हुन्छ ।
अनि त्यस्तै घर परिवार सञ्चालन तथा संसारको दौडभागमा बिहान उठेर हातमुख जोड्ने जोहो गर्नेदेखि लिएर जीवनका सुख सुविधाहरु जुटाउने, जीवनका समस्याहरुसँग जुध्ने, सम्पत्ती जोड्ने इत्यादि सपनाहरुमा रुमलिई रहने हामीहरुको मन यति तनावग्रस्त र विचारहरुबाट आक्रान्त भैसकेको छ कि यिनीहरुको विना सहज जीवन जीउने कला नै हामीले भुलिसकेको अवस्था छ । दाल, भात र डुकुमै नब्बे प्रतिशत जनमानसको जीवन व्यतित भईरहेको छ । उनीहरुलाई त्यसको जोहो गर्दा पूरा जीवन सिद्धिएको समेत पत्तै हुँदैन । सायद उनीहरुलाई आफूँभित्र तनाव छ भन्ने समेतको अनुभुति पनि हुँदैन होला । बाँकी दश प्रतिशतलाई पनि उच्चतर सुखसयल जुटाउने, पैसा, पावरको दौडमा आफ्नो स्वविश्रामको होस नै हुँदैन । धेरै मानिसहरुलाई त तनाव छ भन्ने थाहा पाएर, त्यसको पीडा र दुःखले उनीहरु आक्रान्त रहँदा–रहँदै पनि त्यसबाट मुक्तिको बाटो खोज्न भ्याउँदैनन्, चाहदैनन् र पाउँदैनन् पनि ।

सदगुरु ओशो
यसरी चलिरहेको संसारमा कोही बिरलै आउँछन् व्यक्तिहरु । जसले हामीलाई सांसारिक भागदौड र त्यसबाट उत्पन्न हुने तनावको दुःख र पीडाबाट मुक्तिको बाटो देखाउँछन् । यी सबैबाट मुक्ति किन चाहिन्छ ? कसरी मुक्त हुन सकिन्छ ? भनेर हामीलाई सम्झाउने महान् पुरुषहरुलाई हामीले गुरु या सद्गुरु भन्दछौं । ओशो यहीँ सद्गुरुहरुको श्रृंखलाका नयाँ शुरुवात हुनुहुन्छ । ओशोसँग यस्ता विधिहरु छन् जसको प्रयोगद्वारा हामीले शरीर र मनको तनावलाई व्यवस्थापन गर्न सक्दछौं र आत्मिक विश्रान्ती पाउन सक्छौैं । ओशो भन्नुहुन्छ–‘मानिसहरुको सबै दुःखहरुको समाधान हो ध्यान, चाहे त्यो हतासा होस्, चाहे निराशा होस्, चाहे विषाद या अन्य कुनै दुःख । तर सबैलाई आफ्नो दुःखको बारेमा बोध हुँदैन या बोध भए पनि दुःख मुक्तिको उपाय थाहा हुँदैन तनाव र दुःखबाट आक्रान्त मानिसलाई सहानुभुतिका शब्दहरु मात्र होइन कि ध्यानको बाटो देखाउन आवश्यक छ ।’
ध्यानका विधिहरुको प्रयोग शुरु गरेपछि मन केही शान्त हुन्छ । विचारहरु कम हुन थाल्दछन् । अनि बिस्तारै हामीलाई आन्तरिक विश्रामको अनुभव हुन थाल्दछ । ओशोले रचना गर्नुभएका यस्तै क्रान्तिकारी विधिहरुमध्ये एक हो, बिहानमा गरिने डाईनामिक ध्यान (Dynamic Meditation)। यो ध्यान तनाव र दुःखमा जेलिएको आधुनिक युगको मनुष्यको लागि ओशोको तर्फबाट अनुपम उपहार हो, जसले हाम्रो शरीर मन र आत्माको शल्यक्रिया गरी अस्तीत्वगत उर्जा जगाउँछ । यो ध्यानको प्रयोगले शरीर शुद्ध, स्वस्थ बन्दछ । मनका जन्म जन्मान्तरका विषादहरुको अन्त्य हुन्छ र आत्माको गहिराईमा प्रवेश हुन्छ । त्यस्तै, साँझको लागि ओशोले निर्माण गर्नुभएको छ कुण्डलिनी ध्यान (Kundalini Meditation)। यो ध्यान साँझमा गरेपछि दिनभरको थकान भगाउँछ, शरीरको तनाव फाल्छ र मनलाई शान्त बनाई आनन्दित हुन मद्दत गर्दछ ।
माथि उल्लेखित दुई बिधीको मात्रै प्रयोग गर्ने हो भने पनि जीवन सधै आनन्दित रहिरहन सक्छ । तनाव मुक्त र शारिरीक रुपमा पनि सवल रहिरहन मद्दत पुग्छ । यस्ता करिब ६ सय विधीहरु ओशोले रचना गर्नु भएको छ । ओशोले रचना गर्नुभएका विधीहरु पारम्परिक विधीहरु भन्दा अलि पृथक नै छन् । जहाँ पारम्परिक ध्यानका विधीहरुमा मूलतः निस्कृय रुपमा बसेर गर्ने ध्यान विधीहरु हुन्छन् भने ओशोका ध्यान विधीहरु मानिसका नैसर्गिक मनोभावलाई उजागर गर्ने खालका हुन्छन् । जसमा नृत्य, हास्य, रेचन र सङ्गीत संयोजन रहेको हुन्छ । वास्तविक रुपमा विधिहरु आफैँ स्वंयममा ध्यान होईनन् तर ओशोले यी विधीहरुको रचना यसरी गर्नुभएको छ कि विधीहरुको प्रयोग गर्दा गर्दै हाम्रा तनाव र दुःख बिसर्जित हुन्छन् र बिश्राममा डुब्दै गईन्छ । गहन विश्रान्तिमा डुबे पछि ध्यान सहज हुन्छ र आफू स्वयंको, आत्माको साक्षात्कार सम्भव हुन्छ । फरक व्यक्तिलाई फरक विधीहरुले चाँडै मद्दत पुर्याउन सक्दछन् । तर जुनसुकै विधीहरुको प्रयोग गरे पनि अनवरत् रुपमा ईमान्दारीपूर्वक गर्नुपर्दछ । ओशोले भन्नुभएको छ कि, कुनै इनार खन्दा जबसम्म पानी भेटिदैन तबसम्म खनिरहनु पर्दछ । बिचमा एक दुई फिट खन्यो अनि पानी आएन भनेर छोड्यो भने जति पटक खने पनि कहिल्यै पानी भेटिंदैन । ध्यान, साधना पनि त्यस्तै हो, एक दिन गर्यो अनि केही भएन भनेर छाड्यो भने ध्यानको गहिराई कहिल्यै भेटिंदैन । अटुट प्रयासले मात्र ध्यानको फल प्राप्त गर्न सम्भव हुन्छ ।

ओशोले भन्नुहुन्छ, सम्पूर्ण जगतका चराचर प्राणीहरुलाई ध्यान आवश्यक त छ । तर आवश्यकताको बोध सबैलाई छैन प्रथम कुरा । दोस्रो, आवश्यकताको बोध केवल उच्चतम् चेतन प्राणीलाई मात्र सम्भव छ त्यो हो मानिस । तेस्रो, आवश्यकताको बोध भए पनि ध्यान सहज उपलब्ध हुन विगतमा सम्भव थिएन । त्यसैले मानव सभ्यताको यहीँ पीडालाई हेरेर ओशोले आफ्ना सम्पूर्ण ध्यान विधीहरु यिनै पीडित मनुष्यलाई समर्पित गरिदिनुभएको छ । योग तथा ध्यान गर्नका लागि अन्य कुनै योग्यताको आवश्यकता छैन केबल एक चिजलाई छाडेर, त्यो हो यिनीहरुको आवश्यकताको बोध ।
ध्यानको आवश्यकताको बोध भएका जो कोहीले पनि ओशोद्वारा रचित ध्यान विधिहरुको प्रयोग गर्न सक्दछन् र आफूलाई तनावबाट मुक्त गर्न सक्दछन् । संसार भरी ओशोका ध्यान केन्द्र र आश्रमहरु छन् जहाँ गएर ध्यान विधीहरुको प्रयोगमा डुब्न सकिन्छ अथवा ध्यान विधी सिकेर घरमै ध्यान प्रयोग गरे पनि हुन्छ । सद्गुरु ओशोका प्रथम नेपाली शिष्य बोधीसत्व स्वामी आनन्द अरुणज्यूको सक्रियतामा नेपालमा खुलेका करिब १०० वटा केन्द्रहरुमा ओशोका ध्यान विधीहरुको सधैंजसो प्रयोग भईरहेको हुन्छ ।
तर हाल कोरोनाको समस्याले ती केन्द्रहरु ध्यान र सत्संगको लागि खुलेका छैनन् होला तर यी ध्यान केन्द्र तथा आश्रमहरुका सञ्चालक तथा ओशो शिष्यहरुसँग सम्पर्क गरेर विधीहरु सिक्न सकिन्छ र घरमै प्रयास गर्न सकिन्छ । त्यस्तै, योगका धेरै विधीहरु पनि सिकाउने बिभिन्न माध्यमहरु छन् । युट्युव र टेलिभिजन आदि जुन यस समयमा सहयोगी सिद्ध हुन सक्छन् । तर युट्युवमा हेरेरमात्र ध्यान र योग शुरुवात गर्दा विधीको प्रयोग गलत तरिकाले पनि हुनसक्छ । त्यसैले सकेसम्म जानकार ब्यक्तिसँग सम्पर्क गरेर मात्र शुरु गर्नुपर्छ । शुरु गरे पछि भने ध्यान र योग एक्लै आफू स्वयंले गर्न सकिन्छ ।

स्वामी आनन्द अरुणज्यू भन्नुहुन्छ–‘तनावले ग्रसित मान्छे भित्र कसैप्रति पनि प्रेम हुँदैन । आपसमा प्रेम नभएका त्यस्तै मानिसहरुले राष्ट्रहरुको नेतृत्व गर्दा संसारभर कलह, मारकाट, लडाई फैलिरहेको छ । समाजमा पनि व्यक्तिहरु तनावमुक्त भई शान्त र आनन्दित भईदिएको भए संसारको यो दूर्गति हुने थिएन । यदि मनुष्यतालाई जिवितै राख्नु छ भने अब तनावबाट मुक्त भई ध्यानपूर्ण जीवनशैली अपनाउनुको कुनैे विकल्प छैन । यस युगमा अत्यन्त वैज्ञानिक र मानव मनको सहज उपचार गर्न सक्षम ध्यान पद्दतिहरु लिएर आउनुभएका सद्गुरु ओशोसँग तनाव व्यवस्थापनका अनेकौं विधीहरु छन् जसले आजको युगको मानव जीवनलाई आमूल रुपान्तरण गर्न सक्दछन् ।
जय ओशो ! जय अरुण स्वामीजी !!
(लेखक पेशाले ईन्जिनियर हुनुहुन्छ तथा ओशो उपवन ध्यान आश्रम पोखराका अध्यक्ष हुनुहुन्छ । उहाँले नेपाल तथा अन्य देशमा सद्गुरु ओशोको विधीहरुबाट ध्यान शिबिरहरु तथा तनाव ब्यवस्थापन कार्यशाला सञ्चालन गर्नुहुन्छ । यदि कोही पाठकलाई ध्यान तथा तनाव व्यवस्थापनको सम्बन्धमा बुझ्नु परेमा उहा“को मोवाईल नम्बर ९८४६०२५४७८ मा सम्पर्क गर्न सक्नुहुनेछ )
१कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ