
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, ६ मंसिर । पोखरास्थित एमिटी ग्लोबल इम्प्लोइमेन्ट सर्भिसेज प्रालिको शाखा कार्यालयमा समाचार संकलनका लागि पुगेका चारजना पत्रकारलाई कम्पनीका ब्राञ्च डाइरेक्टर दिनेश मगरले बन्धक बनाई गुन्डागर्दी शैंलीमा धाकधम्की दिदैं अभद्र व्यवहार गरेका छन् ।
घटनामा संलग्न पत्रकारहरूमा विजय नेपाली, सुरेश सुनार, अर्जुन हिताङ र विष्णु विक रहेका छन्। उनीहरू मंसिर १ गते विदेश रोजगारीमा ठगिएका पीडितहरूको गुनासो सुन्न र कम्पनी पक्षको प्रतिक्रिया लिन पोखरा–८, सभागृहग्रह नजिकको कार्यालयमा पुगेका थिए।
पत्रकारहरूका अनुसार ब्राञ्च डाइरेक्टर मगरले २०–२५ जनाको समूह बोलाएर कार्यालयमा घेरा हालेका थिए। उनीहरूलाई करिब दुई घण्टासम्म बाहिर निस्कन नदिई डर, धम्की, गालीगलौज र अपशब्द प्रयोग गरिएको थियो। साथै खिचिएको फोटो–भिडियो डिलिट गर्न बाध्य पारिएको र हातपातको प्रयाससमेत भएको पत्रकारहरूले बताएका छन्।
पीडित पत्रकारहरूले शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीमा दिनेश मगरविरुद्ध लिखित उजुरी दर्ता गराएका छन्। प्रहरीले दुवै पक्षलाई छलफलका लागि आइतबार कार्यालयमा उपस्थित हुन बोलाएको छ।
यस घटनाको प्रेस सेन्टर नेपाल कास्की , नेपाल प्रेस युनियन कास्की, प्रेस चौतारी नेपाल कास्की र खेलकुद पत्रकार मञ्च गण्डकीले संयुक्त विज्ञप्तिमार्फत कडा आपत्ति जनाएका छन्। उनीहरूले यो कार्यलाई प्रेस स्वतन्त्रतामाथिको चुनौती, पत्रकारिताको मर्यादामाथिको आघात र कानुनी शासनको उपहास भएको ठहर गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “समाचार सन्तुलित बनाउन आरोपित पक्षको भनाइ लिन पुगेका पत्रकारलाई फोटो–भिडियो डिलिट गर्न लगाउने, बन्धक बनाउने र गलत कामको साक्षी बस्न बाध्य पार्ने जस्ता अमानवीय कार्यको घोर निन्दा र भत्र्सना गर्दछौं।”
संस्थाहरूले संवाद र कानुनी प्रक्रियाबाट समस्याको समाधान खोज्ने विकल्प हुँदाहुँदै पत्रकारमाथि भएको दुव्र्यवहारको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्। साथै समाजका विकृति–विसंगति उजागर गर्ने र पीडितको आवाज बुलन्द गर्ने पत्रकारितामाथि यस्ता आक्रमण नगर्न/नगराउन चेतावनीसमेत दिएका छन्। प्रहरीले घटनाको छानबिन अघि बढाएको जनाएको छ।