
१फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
३‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
४पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१२मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
९‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१०पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
पोखरा, ८ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिका–१, पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालय (पोखरा–१) को नाममा रहेको सरकारी जग्गा तथा भवन कानुनविपरीत निजी संस्थागत विद्यालय अञ्जुली आवासीय माध्यमिक विद्यालय (बोर्डिङ)लाई १२ वर्षका लागि भाडामा दिएको आरोपमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, पोखरा–१ का वडाध्यक्षसहित ८ जना व्यक्ति र अञ्जुली बोर्डिङ स्कूल प्रालिविरुद्ध आइतबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम १५ लाख २९ हजार ४०८ रुपैयाँ बिगो कायम गरी कैद, बिगोबमोजिमको जरिवाना र दफा १९ को उपदफा (२) बमोजिम थप सजाय मागदाबी गरेको छ। यसैगरी, गलत प्रतिवेदन पेश गरेको आरोपमा तीन जनाविरुद्ध पनि थप सजाय माग गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
मुद्दा दायर हुनेमा राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणा, वडाध्यक्ष एवं पदेन सदस्य साहारा प्रधान, सदस्यहरू बरुणविक्रम राणा, सोवनाथ भट्टराई, विष्णुमाया लामिछाने, नारायणप्रसाद चापागाईं, अञ्जुली बोर्डिङ स्कूल प्रालिका सञ्चालक राजु केसी र प्रिन्सिपल सुनिता कुँवर केसी तथा अञ्जुली बोर्डिङ स्कूल प्रालि स्वयम् रहेका छन्।
आयोगका अनुसार पोखरा–१ मा कित्ता नं. ३४३ को क्षेत्रफल ३७–८–०२ (लगभग १९ हजार वर्गफिटभन्दा बढी) जग्गामा बनेका सरकारी÷सार्वजनिक भवन तथा पूर्वाधारहरू नै प्रयोग गर्ने गरी २०८० फागुन २९ गते १२ वर्षे भाडा सम्झौता गरिएको थियो। उक्त सम्झौता कानुनविपरीत भएको, सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको तथा निजी लाभ लिएको ठहर गर्दै आयोगले मुद्दा चलाएको हो।
घटनाक्रम यसप्रकार छ — २०८० भदौ २३ गते बसेको व्यवस्थापन समिति बैठकले बरुणविक्रम राणाको संयोजकत्वमा विष्णुमाया लामिछाने र नारायणप्रसाद चापागाईं सदस्य रहेको उपसमिति गठन गरी स्थलगत प्रतिवेदन माग गरेको थियो। सो उपसमितिले पूर्वयोजनाबमोजिम नै अञ्जुलीलाई ३० वर्षसम्म भाडामा दिन सिफारिस गरेको प्रतिवेदन पेश ग¥यो।
त्यही प्रतिवेदनलाई आधार मानेर २०८० फागुन २६ गते सदस्य–सचिव (प्रधानाध्यापक) लाई अनुपस्थित राखी बैठक बसेर १२ वर्षका लागि भाडामा दिने निर्णय गरियो। सोही निर्णयका आधारमा २०८० फागुन २९ गते अध्यक्ष रामविक्रम राणा र अञ्जुलीकी प्रिन्सिपल सुनिता कुँवर केसीबीच २०८० चैत १ गतेदेखि लागू हुने गरी भाडा सम्झौता भएको थियो।
पछि पोखरा महानगरपालिकाको शिक्षा महाशाखा र वडा नं. १ को कार्यालयले समेत उक्त सम्झौता कानुनविपरीत भएको भन्दै २०८१ साउन २० गते व्यवस्थापन समितिलाई करार रद्द गर्न पत्राचार गरेको थियो। तर समितिले पत्रको बेवास्ता गरेपछि यो विषय अख्तियारमा पुगेको थियो। लामो छानबिनपछि आयोगले सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले सार्वजनिक सम्पत्तिको संरक्षण र दुरुपयोग रोक्न यस्ता कार्यमा कडाइका साथ प्रस्तुत हुने जनाएको छ। यो मुद्दाले सरकारी तथा सामुदायिक विद्यालयका जग्गा–भवन निजी प्रयोजनमा लगाउने प्रवृत्तिमाथि गम्भीर प्रश्न उठाएको छ। पोखरामा वडा नं. ५ मा रहेको बाराही मावि र धर्मस्थल माविको जग्गामा समेत व्यवसायिक प्रयोजनका लागि नियम विपरित निजी कम्पनीहरुलाई दिएर होटल, रेष्टुरेण्ट र भवन निर्माण गरी सेटिङमा चलखेल गरिएको छ । यस विषयमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नुपर्ने माग स्थानीय जनताहरुले राखेका छन् ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई