
१राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
३जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
४राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
६लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
७माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
८रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
९प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१०रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
११रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
७जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
८पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
९प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१०पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
काठमाडौं, २७ कार्तिक । सुशासनको नारा दिएर जेन–जी आन्दोलनको जगमा बनेको वर्तमान सरकारमै महान्यायाधिवक्ता सविता भण्डारीमाथि आफ्नै छोरी संलग्न क्लिनिकलाई डिम्ब तस्करीको मुद्दामा उन्मुक्ति दिन पदको दुरुपयोग गरेको गम्भीर आरोप लागेको छ।
बबरमहलको होप फर्टिलिटी र महाराजगन्जको एन्जल फर्टिलिटी क्लिनिकले आर्थिक रूपमा कमजोर १६–१९ वर्षका किशोरीहरूलाई बिचौलियामार्फत ल्याउँथे, १० हजार रुपैयाँमा डिम्ब किन्थे र निस्सन्तान दम्पतीसँग १८–२० लाखसम्म असुल्थे। प्रक्रिया यस्तो हुन्थ्यो–महिनावारी सकिएपछि क्लिनिक ल्याएर लिखित सहमति लिइन्थ्यो, १० दिनसम्म इन्जेक्सन दिएर घर पठाइन्थ्यो, त्यसपछि बेहोस बनाएर सानो शल्यक्रिया गरी डिम्ब झिकिन्थ्यो र अर्की महिलाको पाठेघरमा प्रत्यारोपण गरिन्थ्यो। डिम्ब दिएका किशोरीलाई नै थप किशोरी खोज्न लगाइने र प्रलोभन दिइने गरिन्थ्यो।
२६ असारदेखि सीआईबीले अनुसन्धान थालेपछि डा. स्वस्ती शर्मा, डा. असिम अधिकारी, म्यानेजर सकिल भण्डारी र अलिसा ओली, बिचौलिया जस्टिना प्रधान र सविना गुरुङसहित ७ जनालाई पक्राउ गर्यो। तर चलखेल गरेर सबैलाई हाजिर जमानीमा छोडियो। २५ दिनको अनुसन्धानपछि सीआईबीले बालबालिका ऐन, २०७५ को दफा ६६(२०) ’थ’ अन्तर्गत मुद्दा चलाउन सिफारिस ग¥यो, जसमा स्पष्ट लेखिएको छ – औषधि वा परीक्षणका लागि बालबालिकालाई प्रयोग गर्नु हिंसा हो।
तर डेढ महिना प्रतिवेदन रोकेर ३० असोजमा महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचलाउने निर्णय गर्यो। यो क्लिनिकमा महान्यायाधिवक्ताकी छोरी डा. प्रत्युषा बराल सञ्चालक छिन्। स्रोतका अनुसार पक्राउ परेपछि भण्डारीले तत्कालीन महान्यायाधिवक्ता रमेश बडाललाई दबाब दिएकी थिइन् र सुशीला कार्कीले २९ भदौमा नियुक्त गरेपछि आफैंले मुद्दा तुहाउने काम गरिन्।
भण्डारीले दबाब नदिएको दाबी गरेकी छिन् र नायव महान्यायाधिवक्तालाई जिम्मा दिएको बताएकी छिन्। तर उनले सीआईबीको अनुसन्धानलाई ’अतिरञ्जित’ भन्दै पीडित किशोरीहरूलाई ’कन्ट्रोलभन्दा बाहिरका बच्चा’ र ’झुक्याउने’ भनेर उल्टै लाञ्छना लगाएकी छिन्। नेपालमा महिलाको डिम्ब दानको कुनै कानुन छैन, यो पूर्ण अवैध छ।
यो घटनाले सुशासनको दाबी गर्ने सरकारकै महान्यायाधिवक्ताले आफ्नै परिवारको स्वार्थका लागि राज्यको अनुसन्धान र कानुनलाई बेवास्ता गरेको देखाएको छ। पीडितहरूले अदालत जाने बाटो खुला रहे पनि न्याय प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए