
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
पोखरा, २५ कार्तिक । जेन-जी आन्दोलनको क्रममा प्रहरी कार्यालयबाट लुटिएको हतियारसहित कास्की प्रहरीले एक जना १६ वर्षीय बालकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार गत भदौ २४ गते जेन-जी आन्दोलनका नाममा देशभर भएका तोडफोड, आगजनी र हतियार लुटपाटका घटनाहरूको अनुसन्धानका क्रममा ठूलो सफलता हात परेको हो।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका-४ मा डेरा गरी बस्ने १६ वर्षीय बालक (परिवर्तित नाम) २०८२।०८३ कास्की ३१०० रहेका छन्। उनीबाट वडा प्रहरी कार्यालय बगरको आम्दानीमा रहेको चाइनिज पेस्तोल टाइप-५४ (म्यागजिन बिना) बरामद गरिएको प्रहरीले जनाएको छ।
“आन्दोलनका क्रममा लुटिएको उक्त हतियार आज ९कात्तिक २३ गते० पोखरा-४ स्थित डेराबाट बरामद भएको हो,” जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरी बहादुर वस्नेतले भने, “निजलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुने मुद्दामा ५ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।”
जेन-जी आन्दोलनका क्रममा कास्कीसहित देशका विभिन्न जिल्लामा प्रहरी चौकी, अदालत र कारागारमा आक्रमण गरी हतियार लुटिएका थिए। प्रहरीले ती सबै घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारेको जनाएको छ। यो पक्राउसँगै जेन-जी आन्दोलनका नाममा भएका आपराधिक गतिविधिमा संलग्नहरूमाथि कानुनी कारबाहीको शृङ्खला सुरु भएको प्रहरीको भनाइ छ।