
१‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
५‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
कञ्चनपुर । लोप हुने सङ्घारमा पुगेको लठौवा नाच जोगाउनका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ नौखरीका थारु युवाहरु जुटेका छन । डौना वेवरी लठौवा नाच टोली गठन गरी युवाहरु यो नाच जगेर्नामा लागेका हुन् ।
युवाहरुले नाच जोगाउनका लागि १२ जनाको टोली बनाएका छन । “थारु समुदायको दशैँ, तिहार, माघीलगायतका चाडपर्वमा देखाइने लठौवा नाच लोप हुन थालेपछि जोगाउनका लागि अगाडि बढेका छौँ”, टोलीका एक सदस्य डुठन डगौराले भन्नुभयो, “बूढापाकाहरुबाट सर्दै आएको संस्कृति जोगाउनका लागि टोलीनै गठन गरेका छौँ । नाचलाई कसरी पुरानै तरिकाले देखाउन सकिन्छ र मौलिकता थप्न सकिन्छ भनेर दैनिक अभ्यासमा समेत जुटेका छौँ ।”
सांस्कृतिक समारोह र अन्य कार्यक्रममा समेत युवाहरुले लठौवा नाच देखाउने गरेका छन । नाचका लागि आवश्यक पर्ने पहिरन बनाउने सीपसमेत सिकेका छन । “सामाजिक, राजनीतिक र सांस्कृतिक समारोहमा लठौवा नाचलाई देखाउँदा संस्कृति जोगाउनका लागि मद्दत पुग्छ”, अर्का सदस्य बिहारी चौधरीले भन्नुभयो, “नाचबारे सबैले जानकारी पाउँछन । पछिल्लो पुस्ताले समेत नाच बारे जानकारी पाउने भएकाले निरन्तरता दिँदै आएका छौँ ।”
नाच देखाउँदा पहिरन, तन्त्रमन्त्र र अन्यमा गरी धेरै खर्च लाग्ने गर्दछ । नाच देखाउन माग आएको ठाउँबाट निश्चित शुःल्कसमेत युवाहरुले लिने गरेका छन । तान्त्रिक विधिको प्रयोग गरी लठौवा नाच देखाइने गरिन्छ । नाच निकै आकर्षक र मनमोहक हुने भएकाले दर्शकले यस नाचको बढी माग गर्ने गर्दछन । हातमा लाठी(लौरो) लिएका युवाहरुले पिठ्युँमा मयुरको प्वाँख बाँधेर आकर्षक तरिकाले परम्परागत गीत गाउँदै नाचलाई प्रस्तुत गर्दछन ।
यो नाच समूहमा देखाइने गरिन्छ । दुई वटा लहरमा आकर्षक पहिरनमा रहने युवाहरुले मादलको तालसँगै विभिन्न मुन्द्रमा नाचलाई पस्कने गर्दछन । नाच टोलीलाई भवितव्यबाट जोगाउन गुरुबासमेत सँगसँगै हिँड्ने गर्दछन । गुरुबाले निश्चित घेरा बनाएपछि नाचलाई सोही ठाउँमा देखाउने गरिन्छ । थारु समुदायको यस सामूहिक लोक नृत्यमा एक जना हास्यव्यङ्ग्य गर्ने व्यक्ति पनि रहने गर्दछन् । यिनलाई थारु भाषामा ‘सोङ्ग्या’ भन्ने गरिन्छ । नृत्यमण्डलीमा रहने गुरुबा (तान्त्रिक) ले परम्परागत विधिद्वारा नाचको प्रारम्भ गर्ने र पूजा विधिद्वारानै समापन गर्ने गर्दछन् ।
“नाच परापूर्वकालदेखि चल्दै आएको छ”, स्थानीय चन्द्रबहादुर चौधरीले भन्नुभयो, “नाच आयोजना गर्न निकै खर्च लाग्ने भएकाले धेरैले छाड्दै आएका थिए । हाल युवाले अन्य जिल्लाबाट यस नाचबारे सिकेर जगेर्नामा जुटेका छन् ।” कञ्चनपुरमा यस नाचको लोकप्रियता बढ्दो छ । परापूर्व कालमा गोठाला जाँदा गोठालाहरुले खेल्दाखेल्दै यस नाचकलाको विकास गरेको थारु बूढापाकाहरुको भनाइ छ ।
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन