
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
७जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
८प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
९कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
१०विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
११पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१२लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
पोखरा, २४ फागुन । जनप्रिय बहुमुखी क्याम्पसको आयोजना तथा विश्वविद्यालय अनुदान आयोग सानोठिमी, भक्तपुरको सहयोगमा डिजिटल साक्षरता तथा ई–प्रशासन विषयक दुई दिने कार्यशाला सुरु भएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख अतिथि वीरेन्द्रनारायण विजुक्छेले सेवा प्रदायक कर्मचारीहरू प्रविधिसँग अभ्यस्त हुन आवश्यक भएकाले कर्मचारीको क्षमता तथा दक्षता अभिवृद्धिका लागि कार्यशाला आयोजना गरिएकाको बताए । विजुक्छेले प्रविधिको बढ्दो प्रयोग गर्दा शैक्षिक प्रशासनमा नयाँ अवसरहरू सिर्जना गर्ने भएकाले सिक्ने र सिकाउने समयको उपयोग गर्दै कर्मचारीलाई निपूर्ण बन्न आग्रह गरे ।
क्याम्पस प्रमुख कृष्णबाबु बरालले विश्वविद्यालय अनुदान आयोगबाट जनप्रिय लिड क्याम्पसका रूपमा छनौट भएकाले गण्डकी प्रदेशभित्रका सामुदायिक क्याम्पसका शिक्षक तथा कर्मचारीको दक्षताका लागि कार्यशाला तय गरिएको बताए । बरालले प्रशासन, लेखा, परीक्षा, पुस्तकालयमा कार्यरत कर्मचारीलाई डिजिटल साक्षरता सहित प्रविधिमैत्री प्रशासन चलाउनका लागि कार्यशाला प्रभावकारी हुने बताए ।
सूचना प्रविधि र ई–प्रशासनको उपयोग, डिजिटल प्रणालीमा आधारित कागजात व्यवस्थापन, सूचना सुरक्षाका उपायहरू तथा प्रभावकारी प्रशासन सञ्चालनका विषयमा कम्प्युटर ल्यावमा प्रशिक्षण प्रदान गरिने आइटी सपोर्ट युनिटका संयोजक तथा स्रोतव्यक्ति यामकुमार बरालले जानकारी दिए ।
कार्यशालामा पोखराका कालिका बहुमुखी क्याम्पस, जनप्रकाश बहुमुखी क्याम्पस, कालिका पब्लिक कलेज, शिवशक्ति क्याम्पस, भद्रकाली बहुमुखी क्याम्पस, कन्या क्याम्पस गरी सात वटा सामुदायिक क्याम्पसका प्रशासनिक कर्मचारीहरू सहभागी भएका छन् । क्याम्पस प्रशासनलाई प्रविधिमैत्री बनाउने, डिजिटल साक्षरता अभिवृद्धि गर्ने तथा आधुनिक प्रविधिको अधिकतम उपयोग गरी शैक्षिक संस्थाको कार्यसम्पादन सुधार गर्ने उद्धेश्य रहेको जानकारी उपप्रशासक एकनारायण अर्यालले दिए ।
क्याम्पस प्रमुख कृष्णबाबु बरालले अध्यक्षता गरेको कार्यक्रममा कर्मचारी संघ जनप्रिय इकाइका अध्यक्ष देवी पनेरुले स्वागत मन्तव्य राखेका थिए भने उपप्रशासक एकनारायण अर्याले कार्यक्रम सञ्चालन गरेका थिए ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की