
१संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
२‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
३लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
४बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
५आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
६अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
७राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
८राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
९फेवातालमा डुबेर १० वर्षीय बालकको मृत्यु
१०सुकुको हत्यामा जन्मकैद भएका सञ्जय जेनजी आन्दोलनमा जेलबाट भागेर नवलपुरमा लिए जिउनरामको ज्यान
११अध्यादेशले खोस्यो ठगहरूको राजनीतिक ‘सुरक्षा कवच’
१२सहकारी क्षेत्रमा आमूल परिवर्तन
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
१०पोखराका मेयरले हौसियर ‘बढि गफ’ लगाउँदा गृहमन्त्री विवादमा
११सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
पोखरा, २४ फागुन । जनप्रिय बहुमुखी क्याम्पसको आयोजना तथा विश्वविद्यालय अनुदान आयोग सानोठिमी, भक्तपुरको सहयोगमा डिजिटल साक्षरता तथा ई–प्रशासन विषयक दुई दिने कार्यशाला सुरु भएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख अतिथि वीरेन्द्रनारायण विजुक्छेले सेवा प्रदायक कर्मचारीहरू प्रविधिसँग अभ्यस्त हुन आवश्यक भएकाले कर्मचारीको क्षमता तथा दक्षता अभिवृद्धिका लागि कार्यशाला आयोजना गरिएकाको बताए । विजुक्छेले प्रविधिको बढ्दो प्रयोग गर्दा शैक्षिक प्रशासनमा नयाँ अवसरहरू सिर्जना गर्ने भएकाले सिक्ने र सिकाउने समयको उपयोग गर्दै कर्मचारीलाई निपूर्ण बन्न आग्रह गरे ।
क्याम्पस प्रमुख कृष्णबाबु बरालले विश्वविद्यालय अनुदान आयोगबाट जनप्रिय लिड क्याम्पसका रूपमा छनौट भएकाले गण्डकी प्रदेशभित्रका सामुदायिक क्याम्पसका शिक्षक तथा कर्मचारीको दक्षताका लागि कार्यशाला तय गरिएको बताए । बरालले प्रशासन, लेखा, परीक्षा, पुस्तकालयमा कार्यरत कर्मचारीलाई डिजिटल साक्षरता सहित प्रविधिमैत्री प्रशासन चलाउनका लागि कार्यशाला प्रभावकारी हुने बताए ।
सूचना प्रविधि र ई–प्रशासनको उपयोग, डिजिटल प्रणालीमा आधारित कागजात व्यवस्थापन, सूचना सुरक्षाका उपायहरू तथा प्रभावकारी प्रशासन सञ्चालनका विषयमा कम्प्युटर ल्यावमा प्रशिक्षण प्रदान गरिने आइटी सपोर्ट युनिटका संयोजक तथा स्रोतव्यक्ति यामकुमार बरालले जानकारी दिए ।
कार्यशालामा पोखराका कालिका बहुमुखी क्याम्पस, जनप्रकाश बहुमुखी क्याम्पस, कालिका पब्लिक कलेज, शिवशक्ति क्याम्पस, भद्रकाली बहुमुखी क्याम्पस, कन्या क्याम्पस गरी सात वटा सामुदायिक क्याम्पसका प्रशासनिक कर्मचारीहरू सहभागी भएका छन् । क्याम्पस प्रशासनलाई प्रविधिमैत्री बनाउने, डिजिटल साक्षरता अभिवृद्धि गर्ने तथा आधुनिक प्रविधिको अधिकतम उपयोग गरी शैक्षिक संस्थाको कार्यसम्पादन सुधार गर्ने उद्धेश्य रहेको जानकारी उपप्रशासक एकनारायण अर्यालले दिए ।
क्याम्पस प्रमुख कृष्णबाबु बरालले अध्यक्षता गरेको कार्यक्रममा कर्मचारी संघ जनप्रिय इकाइका अध्यक्ष देवी पनेरुले स्वागत मन्तव्य राखेका थिए भने उपप्रशासक एकनारायण अर्याले कार्यक्रम सञ्चालन गरेका थिए ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म