
१स्कुटरको ठक्करबाट वृद्ध मनबहादुर पुनको मृत्यु
२पत्रकार पक्राउ र न्यायालयका विषयमा संसदीय समिति बनाउन काँग्रेसको माग
३‘भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्रै सबै स्थानीय तहबाट हुनेछ’: प्रधानमन्त्री बालेन
४गण्डकी प्रदेशभर एकैसाथ ४६ डाक्टर खटाइयो
५कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
६‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
७पक्राउ परेका सबै पत्रकार रिहा
८पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
९‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
१०आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
११ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
१२सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
गोरखा, २४ फागुन । गोरखाको धार्चे गाउँपालिकाले भएका व्यक्तिलाई आयआर्जनसँग जोड्दै स्वरोजगार बनाउन मुढा बन्ने तालिम प्रदान गरेको छ । पालिकाले ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचय भएका व्यक्तिलाई छनोट गरेर १० दिने मुढा बुन्ने तालिम दिएको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरूङले जानकारी दिनुभयो ।
“अपाङ्गता भएका व्यक्तिले केही गर्न सक्दैनन् भन्ने सोचाइ समाजमा छ”, उहाँले भन्नुभयो, “त्यस्तो धारणालाई परिवर्तन गर्दै अपाङ्गता भएका व्यक्तिलाई सीप प्रदान गरेर आत्मनिर्भर बनाउन तालिम दिइएको हो ।” गाउँपालिकाले तालिमपछि उनीहरूले उत्पादन गरेका मुढा वडावडामार्फत बजार व्यवस्थापनको पहल गर्ने उपाध्यक्ष गुरूङको भनाइ छ ।
तालिममा लाप्राक, खोर्लाबेँसी, हुल्चुक, सिङ्लालगायत विभिन्न क्षेत्रका गरी १५ भन्दा बढीको सहभागिता रहेको थियो । “सामाजिक सुरक्षा भत्ता ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिले पाउँदैनन्”, उपाध्यक्ष गुरूङले भन्नुभयो, “उनीहरूलाई केही न केही सीप सिकाउन सके आयआर्जनसँग जोड्न सकिने र आत्मनिर्भर बनाउन सकिन्छ भन्ने पनि हाम्रो विश्वास हो ।”
गाउँपालिकाले धादिङबाट अपाङ्गता भएका व्यक्तिलाई नै प्रशिक्षकका रूपमा ल्याएर तालिम प्रदान गरेको हो । पालिकाले आवासीय सुविधासहित सहभागीलाई तालिम दिएको उहाँले बताउनुभयो । “सीप सिकेर मुढा उत्पादन गर्ने चाहानेले आआफ्नो उत्पादन सम्बन्धित वडाका बजारमा बिक्रीका लागि व्यवस्था मिलाइने छ”, उपाध्यक्ष गुरूङले भन्नुभयो, “वडाबाट बाहिर पठाउन परे पनि पालिकाले आवश्यक पहल गर्नेछ ।”
तालिमले अपाङ्गता भएका व्यक्तिलाई घरमै बसेर जीविकोपार्जनसँग जोड्न मद्दत पुग्ने उहाँले बताउनुभयो । धार्चे गाउँपालिकाभित्र प्रसस्त मात्रामा निगालो पाइने भएकाले पनि कम लागतमा मुढा उत्पादन गर्न सकिने हुँदा मेहनत गरे सीप सिकेकाले राम्रो आम्दानी गर्न सक्नेछन् ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा