
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
१०असई बनाइदिन्छु भन्दै १० लाख ठगी
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
पोखरा, १८ फागुन । पोखरा ७ रत्नचोस्थित सबलाइम अङ्ग्रेजी माध्यमिक विद्यालयको २९ औं वार्षिकोत्सव, पुरस्कार वितरण समारोह तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगर शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले आफ्ना सन्तानलाई सकरात्मक कुरा र जीवनोपयोगी सिप घरमै सिकाएर हौसला बढाउन अभिभावकले समय छुट्याउन अपरीहार्य रहेको बताए ।
आचार्यले पढाइसँगै सिकाइ आवश्यक रहेकोले समयसमयमा अभिभावक र शिक्षक बिच अन्तरक्रिया गरी विद्यार्थी आफैले अध्ययनसँगै अभ्यास र अनुसन्धान गरी अब्बल बन्न कोसिस गर्नुपर्ने बताए । गुणस्तरीय तथा समयसापेक्ष शिक्षामा जोड दिँदै पोखराको शैक्षिक क्षेत्रमा सबलाइमको भूमिका महत्वपूर्ण रहेको धारणा राखे ।
हिसान कास्कीका अध्यक्ष दिवाकार जैशी, प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्ण केसी, प्याब्सन गण्डकी प्रदेश सचिव विश्वराज बास्तोला, प्याब्सनका केन्द्रीय सल्लाहकार गणेशमासिंह भण्डारी, राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश परीक्षा व्यवस्थापन कार्यालयकी वरिष्ठ अधिकृत ईश्वरी शाह पाण्डे, अभिभावक सुरेश रानाभाट, विद्यार्थी अनुष्का लिगल लगायतका वक्ताले विद्यालयको प्रगति र उन्नतिका लागि शुभकामना मन्तव्य राखेका थिए । विद्यालयले दिने शिक्षासँगै माटोप्रतिको ममता जगाउन, अनुशासन र संस्कार सिकाउन अपरीहार्य रहेको शुभकामना दिने वक्ताहरूको धारणा रहेको थियो ।
कार्यक्रममा विद्यार्थीले सामूहिक नृत्य, लोकनृत्य, सचेतनामूलक नाटक, विभिन्न जनजातिका नृत्य, कराँते प्रदर्शन, अबाकस सिप प्रदर्शन एवम् बालगीत लगायतका प्रस्तुति राखेको थिए । शैक्षिक कार्यक्रमतर्फ कक्षा नर्सरीदेखि १२ कक्षासम्मका उत्कष्ट जिपिए ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
वि.सं. २०५२ सालमा स्थापित विद्यालयमा हाल नर्सरीदेखि १२ सम्म १२ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । आफ्नै भवनमा सञ्चालित विद्यालयले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्टको पढाइ सञ्चालन गर्दै आएको छ । उच्चशिक्षाका लागि सम्बन्धन पर्खिरहेको विद्यालयले विविए र विआइएम कार्यक्रम सञ्चालन गर्ने योजना रहको प्राचार्य पुष्प पराजुलीले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् संस्थापक निर्देशक त्रिभुवन पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल पुष्पराज पराजुलीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने नेपाली विभाग प्रमुख कमलापति शर्माले कार्यक्रम सञ्चालन गरेको थिए ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ