
१पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दा पर्यटनमन्त्री गनेस पौडेलको ‘अवैध’ घर जोगिएला त ?
२समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
३संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
४‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
५लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
६बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
७आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
८अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
९राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
१०राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
११फेवातालमा डुबेर १० वर्षीय बालकको मृत्यु
१२सुकुको हत्यामा जन्मकैद भएका सञ्जय जेनजी आन्दोलनमा जेलबाट भागेर नवलपुरमा लिए जिउनरामको ज्यान
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
१०अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
११सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
सन्तोष गौतम, म्याग्दी, १७ फागुन । म्याग्दीको बेनी नगरपालिका–६ मा रहेको जामुनाखर्क माविमा कार्यान्वयन भएको नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी बनेको छ ।
शिक्षा मन्त्रालयको सहयोगमा आर्थिक वर्ष २०७८÷०७९ देखि शुरु भएको कार्यक्रमले विद्यार्थीको सिकाई उपलब्धि वृद्धि, व्यवस्थापनमा सुधार र भौतिक पूर्वाधार विस्तार भएको हो । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा शैक्षिकसत्र २०७८ को औसत सिकाई उपलब्धी दुई दशमलब ८४ जिपिए रहेकोमा २०८० मा तीन दशमलब शून्य एक जिपिए पुगेको प्रअ सोमनाथ ढुङ्गानाले बताउनुभयो ।
“पाँच वर्षे गुरुयोजना अनुसार कमजोर विद्यार्थीलाई लक्षित गरेर अतिरिक्त कक्षा, १–३ मा कक्षा शिक्षण, पठनपाठनमा प्रविधिको प्रयोग, विद्यार्थीलाई मौलिक सिप हस्तान्तरण र उत्पे्ररणमुलक क्रियाकलाप गरिएको छ,” उहाँले भन्नुभयो “शिक्षकहरुको क्षमता विकाससँगै विद्यार्थीको क्षमता पहिचान गरेर पठन क्रियाकलाप सञ्चालन गरेपछि सिकाई उपलब्धी वृद्धि हुन थालेको छ ।”
कक्षा १ देखि ३ सम्म एउटा कक्षामा एक जना शिक्षकले सबै विषय पठनपाठन गराउने अभ्यास थालिएको छ । यसबाट विद्यार्थीको आनीबानी र क्षमता पहिचान गरेर सिकाई क्रियाकलाप सञ्चालन गर्न सहज भएको शिक्षक नवराज शर्माले बताउनुभयो ।
कक्षा ८ सम्मका सबै विद्यार्थीलाई अनिवार्य, नौ र १० मा कम्प्युटर विषयको ऐच्छिक कक्षा सञ्चालन गरेको जामुनाखर्कले विज्ञान प्रयोगशाला र पुस्तकालय स्थापना गरेको छ । गणित, सामाजिक प्रयोगशाला (स्टिम ब्याग) पनि छ । कक्षा ११ र १२ मा पूर्ण रुपमा निशूल्क पठनपाठनको ब्यवस्था मिलाएको छ ।
सबै कक्षाकोठामा ‘स्मार्टबोर्ड’ राखिएको छ । सबै शिक्षकहरुको साथमा ल्यापटप छ । शिक्षकले ल्यापटपमा इन्टरनेटको सहयोगमा सिकाई सामग्री खोज्ने र पढाउने गर्छन् । प्राथनाको समयमा शिक्षक र विद्यार्थीहरुले विबिध विषयमा प्रश्नउत्तर गर्छन् ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले कक्षा ९ र १० का विद्यार्थी टिकाउ र २०८० को एसईई परीक्षाको उत्तीर्णर्णदरका आधारमा गरेको मूल्याङ्कनमा जामुनाखर्क म्याग्दी जिल्लामा पहिलो भएको थियो ।
विषयगत विभाग गठन गरेर शिक्षकहरुको कार्यविभाजन, शैक्षिक प्रर्दशनी र महोत्सव आयोजना गरेको छ । विद्यार्थीहरुलाई सिर्जनशिल र अध्ययनशिल बनाउन अतिरिक्त क्रियाकलाप, व्यवसायिक, व्यवहारिक सिप सिकाउन गुन्द्रि बुन्ने, पाक शिक्षा, वायरिङ र पलम्बीङ तालिम सञ्चालन गरेको छ ।
कक्षा १० का विद्यार्थीका लागि छात्रावास सञ्चालन गरेको विद्यालयले अभिभावकसँग नियमित अन्तरक्रिया र योग प्रशिक्षण चलाएको छ । शिक्षकहरुलाई सूचना प्रविधि, मूल्याङकन् र कक्षा व्यवस्थापन तालिम दिएको छ ।
शिक्षा मन्त्रालयले बेनी नगरपालिका मार्फत उपलब्ध गराउने बजेटबाट भौतिक, शैक्षिक र व्यवस्थापनकीय सुधारका गुरुयोजनामा प्रस्तावित कार्यक्रम गरिएको प्रअ ढुङ्गानाले बताउनुभयो । यसअघिका तीन वटा आर्थिक वर्षमा रु. तीन करोड ९० लाख बजेट पाएको विद्यालयमा यस वर्ष प्राप्त भएको रु. एक करोड बजेटबाट प्रशासनिक, प्रयोगशाला भवन र घेराबार निर्माणका लागि ठेक्का आव्हान भएको छ । गत वर्षको बजेटबाट ठेक्का मार्फत चार कोठे भवन निर्माणको अन्तिम चरणमा छ ।
हालसम्म ब्लक (ए)मा चार कोठे कक्षाकोठा, ब्लक (बि)मा १० कोठे छात्रावास भवन र शौचालय निर्माण भएको छ । ब्लक (ए)मा रहेको खेलमैदानमा पेभर ब्लक बिछ्याई बालमैत्री खेलकुदका सामग्री राखिएको छ । नयाँ भवन निर्माणका लागि ब्लक (बि) मा विद्यालयले नौ रोपनी १४ आना जग्गा खरिद गरेको छ ।
हाल दुई सय १५ जना विद्यार्थी रहेको जामुनाखर्कमा नमुना विद्यालय कार्यक्रमबाट विद्यार्थीहरुलाई छात्रवृत्तिको पनि ब्यवस्था मिलाइएको छ । गत वर्ष स्थापना भएको हिराबहादुर बानिया स्मृति छात्रवृत्ति कोषले विद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री र दिवा खाजामा सघाएको छ । हाल रु. आठ लाख १२ हजारको अक्षयकोषको रकम वृद्धि गरेर पाँच वर्षमा रु. २५ लाख पु¥याउने संरक्षकले घोषणा गरेका छन् ।
जामुनाखर्कको सेवाक्षेत्रबाट १२ जना विद्यार्थी अन्यत्रको विद्यालयमा अध्ययनका लागि जाँदा सेवा क्षेत्रभन्दा बाहिरबाट आउने विद्यार्थीको संख्या १८ जना छ । कक्षा छ भन्दा माथिल्लो कक्षामा निजी विद्यालय छाडेर पढ्न आएपनि तल्लो कक्षामा भर्ना हुने विद्यार्थी संख्या कम छ ।
जन्मदर कम हुनु र बसाईसराईका कारण विद्यार्थी सङ्ख्या बढाउने, अहिले भएको शैक्षिक उपलब्धीलाई टिकाउने र वृद्धि गर्ने चुनौति रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यादव सुवेदीले बताउनुभयो ।
तीन किलोमिटर नजिक रहेको बेनीका विद्यालयमा देखिएको विद्यार्थीको चाप घटाउन जामुनाखर्क विकल्प बन्न सक्ने सम्भावना छ । यसका लागि विद्यालय बस र प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्ने योजना बनाएको अध्यक्ष सुवेदीले बताउनुभयो ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म