
१२०६२ देखिका उच्च पदस्थ कर्मचारी र प्रमुख राजनीतिक पदाधिकारीहरूको सम्पत्ति छानबिन हुने
२मन्त्री बन्न नपाएको झोंकमा द्रोर्णकुमारले दिए राजीनामा
३गण्डकी प्रदेशका नयाँ मन्त्रीहरुले आजै लिए सपथ
४गण्डकी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेरको तयारी
५सिर्जनाको हत्यामा थप दुईजना आफ्नै भाञ्जा र ज्वाई पक्राउ
६सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका कँडेल
७सर्वोच्च अदालतबाट दोषी ठहर भएकाहरु अझै फरार
८अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
९मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक
१०डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
११सेनाद्वारा अन्नपूर्ण गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर
१२झुट्टा अभिलेख तयार पारि लाईसेन्स दिने शंकर र जगत विरुद्ध विशेष अदालतमा मुद्दा दायर
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
६कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
७पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
८लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
९अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
१०ढोरपाटनमा दादुरा प्रकोप, ३० जना अझै अस्पतालमा, नियन्त्रणका लागि खोप अभियान
११मक्किएको काँग्रेसलाई बचाउन खोज्दा खोज्दैं आफैं ढले गगन थापा, दिए सभापति पदबाट राजीनामा
१२कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
पोखरा, १६ फागुन । पर्यटन राजधानी पोखरामा पहिलोपल्ट आयोजना भएको नेपाल, भारत, चीन प्रदर्शनी, २०२५ नेपाललाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने नयाँ अवसर भएको सरोकारवालाले बताएका छन् ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अगुवाइ ‘नाइस फर माइस एण्ड मोर’ भन्ने नारासहित पर्यटकीय सहर पोखरामा सम्पन्न तीनदिने प्रदर्शनीले तीन देशको पर्यटन उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने महत्वपूर्ण अवसर उपलब्ध गराएको पाटाका सदस्य तथा कार्यक्रम संयोजक सुनीलबहादुर भट्टराइले बताउनुभयो ।
“तीन देशका व्यवसायी र उद्योगलाई एकै स्थानमा ल्याएर व्यापारिक सम्बन्ध विस्तार गर्ने एउटा राम्रो अवसर मिल्यो र कार्यक्रम उद्देश्यअनुसार नै सफल भयो”, उहाँले प्रदर्शनीभर व्यापार सम्झौता र नयाँ साझेदारीको नवीनतम सोच र प्रदर्शन भएको बताउनुभयो । प्रदर्शनीबाट महत्वपूर्ण सञ्जाल विस्तार र साझेदारीको अवसर प्राप्त गरेको उहाँको भनाइ थियो ।
तीन देशका उद्योगलाई आर्थिक सञ्जालको सुदृढीकरण गर्दै, व्यापार र लगानीको नयाँ अवसर सिर्जनाका लागि थप सहजता प्रदान गरेको उहाँले उल्लेख गर्नुभयो । पाटाका सदस्य दिनेश महर्जनले प्रदर्शनीमा ८५ भन्दाबढी अन्तर्राष्ट्रिय खरिदकर्ता, एक सय ५० बिक्रेता र ७५ अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी रहेको बताउनुभयो । साथै त्यसअवसरमा छ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी थिए ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरा अब अन्तर्राष्ट्रिय व्यापारिक तथा पर्यटन प्रदर्शनीको केन्द्र बन्दै गएको बताउनुभयो । “यस प्रदर्शनीले नेपालमा पर्यटक सङ्ख्यामा वृद्धिसँगै व्यापारिक अवसरहरू सिर्जना गरेको छ”, उहाँले भन्नुभयो, “हामीले पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरेका छाँै, अहिले विभिन्न कार्यक्रमले पोखराको पर्यटकीय गतिविधि चलायमान भएको छ ।” उहाँले छिमेकी मुलक भारत र चीनका पर्यटकलाई नेपाल भित्र्याउन सके नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन सकिने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “पोखरा भ्रमण वर्ष सफल पार्न माइस पर्यटनमा महानगरले जोड दिएको छ । यो प्रदर्शनीले यसलाई थप मजबुत बनाएको छ ।” उहाँले पोखरा प्राकृतिक सुन्दरतासँगै अन्तर्राष्ट्रिय कार्यक्रमहरु आयोजना गर्ने सम्भावनालाई थप्दै लगेको र यसले नयाँ लगानी भित्र्याउने, पर्यटन पूर्वाधारको विकास गर्ने र रोजगारी सिर्जना गर्ने बताउनुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारनाथ पहारीले यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूले पोखराको पर्यटन अर्थतन्त्रलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा टेवा पु¥याउने बताउनुभयो । उहाँले भन्नुभयो, “पोखराको विशेषतालाई उजागार गरेर पर्यटन प्रवद्र्धन गर्ने हामी लागेका छौँ, यस प्रदर्शनीले पोखरालाई विश्वव्यापी पर्यटन केन्द्रका रूपमा स्थापित गर्न मद्दत गर्नेछ ।”
उहाँले यस कार्यक्रमले आउने दिनमा अन्तर्राष्ट्रिय उडान विस्तार, पूर्वाधार सुधार र पर्यटनसम्बन्धी विभिन्न क्षेत्रमा दीर्घकालीन फाइदा पुग्ने बताउनुभयो । स्थानीय व्यवसाय, होटल–रेस्टुरेन्ट, ट्राभल एजेन्सी, साना तथा ठूला उद्यममा सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ छ ।
कार्यक्रममा ‘भिसा सहजीकरण, दिगो पर्यटन र आतिथ्य सेवा’ जस्ता विषयमा विज्ञहरूसँग अन्तरक्रिया गरिएको थियो । साथै बी२बी बैठक, प्रदर्शनी र व्यवसाय सञ्जाल विस्तारका कार्यक्रमहरूले अन्तर्राष्ट्रिय व्यापार तथा पर्यटन प्रवद्र्धनलाई विषयलाइ प्राथमिकता दिइएको थियो ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ