
१पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
३ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
४पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
५डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
६पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
७विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
८सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१०फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
११‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
पोखरा, १६ पुस । पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले पोखरा वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेका छन् । गुरुङ समुदायको ल्होसार तथा पुस पन्द्रको अवसर पारेर विद्यार्थीहरुले पोखरा १७ सितापाईलामा रहेको वृद्धाश्रमलाई दश हजार रुपैयाँ बराबरको खाद्यन्न सहयोग गरेका हुन् ।
कास्की जिल्लाको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो खाजा खर्चको रकम जम्मा गरेर सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धाश्रमलार्ई सहयोग प्रदान गरेको सहयोग कार्यक्रमका संयोजक तथा विद्यार्थी गुणस्तर सर्कलका अध्यक्ष मनोज बरालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,’ विद्यार्थीहरुले थोरै–थोरै रकम सङ्कलन गरेर समाजसेवामा जोडिएका हौं ।’
पारिवारिक वातावरणमा अध्ययन/अध्यापन हुने यस क्याम्पसमा शैक्षिक पाठ्यक्रमका अलावा व्यवारिक ज्ञान र सामाजिक भावनामा पनि विकास गर्न आफूहरु सफल भएको भन्दै क्याम्पस प्रमुख शिशुकला पराजुलीले विद्यार्थीको सामाजिक जिम्मेवारीको बोधको प्रशंसा गर्नुभयो । पराजुलीले समाजमा अनुकरणिय कामका लागि विद्यार्थीहरुलाई शुभकामना दिनुभयो ।
विद्यार्थीहरुले आश्रमका सूचना अधिकारी तथा स्वास्थ्य प्रमुख सिद्धि कुमार रेग्मीलाई सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गरेका हुन् । रेग्मीले सेवा र मानवीय धर्म नै ठूलो धर्म भएको भन्दै सहयोगको लागि विद्यार्थीहरुलाई कृतज्ञताज्ञापन गर्नुभयो ।
वि.सं. २०५३ मा स्थापना भई विभिन्न आरोह–अवरोह पार गर्दै आएको पोखरा वृद्धाश्रम हाल ४४ जना असहाय तथा जीवनको उत्तर्राद्धमा पुगेकाहरूका लागि साहारा बनेको छ ।